×

NMB BANK
NIC ASIA

सन्दर्भ: माधव नेपालको अभिव्यक्ति

माधव नेपालको फेरिँदो बोली– नेकपा ब्युँताउन तयार होलान् प्रचण्ड र ओली ?

काठमाडाैं | जेठ २९, २०८०

NTC
Premier Steels

'हाम्रो पार्टी अर्को कुनै पार्टीमा विलय हुनेवाला छैन । कसै–कसैलाई यस्तो लागेको हुनसक्छ ।  हामी कसैप्रति पूर्वाग्रह राख्दैनौं । एमालेमा आफैं रुवाबासी चलिरहेको छ,’ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले शनिवार भने, ‘यदि हुन्छ भने पुरानो पार्टी (तत्कालीन नेकपा) फेरि ब्युँताउँछौं । प्रचण्डजीलाई आउनुस् भन्छु । नेकपा फेरि ब्युँताउन हामी तयार हुन्छौं । केपी ओली तयार हुन्छन् ?’ 

Muktinath Bank

करिब दुई वर्षअघि एमाले फुटाएर एकीकृत समाजवादी पार्टी बनाएका नेपालले नेकपा ब्युँताउन चुनौती दिँदै गर्दा ओलीलाई ७० वर्षको उमेर हदले तनाव दिएको पनि दाबी गरे । ‘मैले कुर्सी छोड्नुपर्ला भनेर केपी ओलीले ७० वर्ष उमेरहद नै हटाइएदिए । सल्लाहकार भएर बसे हुँदैन ? केटाहरूले राम्रो काम गरेनन् भनेर फेरि आएर जिम्मा लिए भइहाल्छ,’ नेपालले भने, ‘अरूले ७० वर्ष पुगेकालाई बोलाउँदैछन् । हामी त ७० वर्ष नाघेपछि भयो आराम गर्नुस्, सल्लाहकार भएर बस्नुहोस् भनिरहेका छौं । मेरै पनि उमेर पुग्यो भने म पनि बिदा हुन्छु ।  देश र जनताको कल्याण र हित नै हाम्रो उद्देश्य हो ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केही दिनअघि मात्रै एमालेले पार्टीको पदाधिकारी र केन्द्रीय सदस्य बन्न ७० वर्ष उमेर हलको प्रावधान निलम्बन गरेको थियो । मुख्यत: एकीकृत समाजवादी परित्याग गरी आएका मुकुन्द न्यौपाने र खाली रहेका वामदेवलाई समेट्न एमालेले उमेरहद हटाएको बताइन्छ। 


Advertisment
Nabil box
Kumari

एकीकृत समाजवादी लगायतमा रहेका असन्तुष्ट नेताहरूलाई तान्न एमालेले उमेर हद हटाएका बेला नेता नेपालले भने नेकपा ब्युँताउन कुनै समस्या नहुने बताउन थालेका छन् । कम्युनिष्टको मोर्चा बनाउने पहिलो प्राथमिकता भएको बताउने नेपालले आफू नेकपा ब्युँताउने हदसम्मको लागि तयार रहेको बताएका छन् । 

Vianet communication

‘नेकपा नेता विप्लव, उहाँको सहयोद्धा जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ हुनुहुन्थ्यो, हामीले बसेर छलफल गर्‍यौं, समाजवादको पक्षमा एक ठाउँमा छौँ भने हामी एउटा मोर्चा बनाऔँ’ नेपालले भने, ‘मोर्चा बनाएपछि शक्ति बन्छ, शक्तिको परिचालन गरौँ, सडकमा पनि संसदमा जनताको आवाज उठाऔँ ।  सरकारमा बसेर पनि राम्रो काम गरौँ । हामीले छिट्टै यसबारेमा मिलेर अघि बढ्ने सोच बनाएका छौँ ।’ 

पार्टीकै नेता झलनाथ खनालले समेत एमालेसँग एकता गर्ने विषयमा पटक-पटक सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । कम्युनिष्ट पार्टीबीच अझ एमालेसँगै एकता गर्नुपर्ने भन्दै उनले नेपालमाथि निरन्तर दबाब बढाएका छन् । १० मध्ये केही सांसद खनाल पक्षका पनि छन् । यसैले कुनै पनि बेला संकट आउन सक्ने बुझाइले नेपाल फेरि पार्टी एकताको कार्ड फ्याँक्न तम्सिएका हुनसक्ने राजनीतिक विश्लेषकहरू बताउँछन् । 

ओली आफैंले दुई दुईपटक प्रतिनिधिभसा भंग गर्दाको परिणाममा नेकपा विभाजन र एमालेको विभाजन भयो । विभाजनको सिकार भएको एमाले पछिल्लो निर्वाचनमा तुलनात्मक रूपमा कमजोर देखियो । स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा एमाले दोस्रो दल बन्न पुग्यो । 

१० पुसमा माओवादीलाई आफूतिर तानेर ओली गठबन्धन बनाउन सक्षम भए । तर सत्ताको सबै लगामले प्रधानमन्त्रीलाई कस्न खोजेपछि प्रचण्ड भड्किए । त्यसपछि एमालेले केन्द्र र प्रदेशका सत्ता निरन्तर गुमाउँदै गयो । 

अझ ४ मंसिरको निर्वाचन र ४ वैशाखको उपनिर्वाचनपछि परम्परागत प्रमुख दलमाथि झन् चुनौती थपिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले परम्परागत शक्तिविरुद्ध धावा बोलेको र २०८४ को चुनाव झन् पेचिलो बन्ने अवस्था देखिएको छ । यसैले दलहरू ढिलोचाँडो पार्टी एकतासम्मको प्रक्रियामा पुग्ने आकलन भइरहेको छ । 

संकट आउने देखेपछि एकता 'कार्ड'

माधव नेपाल एकाएक किन नेकपा ब्युँताउने बहसमा लागे ? यसका केही निश्चित कारण छन् । आगामी दिनमा आउने चुनौती मनन् गर्दै उनी फेरि नेकपा ब्युँताउने बहसमा लागेको हुन सक्ने केही आधार छन् । 

कांग्रेस र माओवादीसँग तालमेल गरेर चुनावमा जाँदा नेकपा एसले ४ मंसिरमा १० सीटमात्रै जितेको थियो । केही हजार मत नपुग्दा राष्ट्रिय दल बन्न सकेन । गठबन्धन हुँदा पनि कांग्रेस र माओवादीको मत ट्रान्सफर नभएकोमा नेपाल असन्तुष्ट छन् । 

यतिमात्रै होइन ओलीको विभिन्न कार्डका सामु पार्टी विभाजन र प्रभावशाली नेतालाई रोक्न समेत नेपाललाई चुनौती देखिएको छ । अर्कोतिर नेकपा एसकै रूपमा २०८४ को चुनाव जाँदा थप कठिनाइ हुन सक्ने बुझाइ पनि नेपालमा रहेको देखिन्छ । 

साथै पार्टीकै नेता झलनाथ खनालले समेत एमालेसँग एकता गर्ने विषयमा पटक-पटक सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । कम्युनिष्ट पार्टीबीच अझ एमालेसँगै एकता गर्नुपर्ने भन्दै उनले नेपालमाथि निरन्तर दबाब बढाएका छन् । १० मध्ये केही सांसद खनाल पक्षका पनि छन् ।

एकीकृत समाजवादीका नेता खनाल अन्तर्विरोध, आधार र निश्चित उद्देश्यले मात्रै पार्टीबीच मोर्चा वा एकतासम्म पुर्‍याउने बताउँछन् । अन्यथा कुनै मञ्चबाट गरिने घोषणा कथाहरूमात्रै हुने उनको टिप्पणी छ ।

‘पार्टीबीच मोर्चा बनाउने र एकतासम्म पुग्न आधार चाहिन्छ । कहाँ के अन्तर्विरोध भयो ? कुन शक्तिविरुद्ध लाग्नुपर्ने भयो र मोर्चा बनाउने र पार्टी एकतासम्म जाने ?’ उनले भने, ‘विचार मिल्नेसँग एकता गर्नै हुन्न भन्ने होइन तर कुनै प्रष्ट आधारविना कुनै मञ्चबाट गरिने घोषणा भन्ने र लेख्ने कथामात्रै हुन् । स्थिति परिपक्व बन्नुपर्ने, विश्वाश कायम हुनुपर्ने पहिलो शर्त हुन् ।’

कुनै पनि बेला संकट आउन सक्ने बुझाइले नेपाल फेरि पार्टी एकताको कार्ड फ्याँक्न तम्सिएका हुनसक्ने राजनीतिक विश्लेषकहरू बताउँछन् । 

राजनीतिक विश्लेषक झलक सुवेदी पार्टीको भविष्य जोगाउन र शक्ति आर्जन गर्न नेपाल र ओलीका लागि फेरि एक ठाउँमा उभिन जरुरी रहेको बताउँछन् ।

‘एमालेबाटै विभाजित भएर बनेको पार्टी जोगाउन माधव नेपाललाई सहज छैन । कार्यकर्ता र नेताहरू फुत्तफुत्त बाहिरिँदै छन् । यसैले पार्टीको भविष्य जोगाउनुपर्ने चुनौती नेपाललाई देखिन्छ,’ सुवेदी भन्छन्, ‘एमालेको लागि पनि शक्ति आर्जन गर्न एकता आवश्यक छ । सरकारमा जान खोजेको पार्टी चुनावमा कमजोर भएर आयो । पार्टीको भविष्य चुनौतीपूर्ण देखिएकाले बाहिर कडा कुरा गरे पनि एमाले पनि भित्री रूपमा नेकपा एससँग एकता चाहन्छ ।’

माओवादीका लागि भने तत्काल समाजवादी मोर्चा बनाएर बलियो हुने र चुनावसम्म पुग्दा कम्युनिष्टसँग मिलेर जाने विकल्प भएको सुवेदी बताउँछन् । २०६४ को निर्वाचनपछि निरन्तर कमजोर बन्दै आएको माओवादी पनि माओवादी धारका दलको पुनर्गठनमा लागेको छ । डा. बाबुराम भट्टराई, विप्लव, मोहन वैद्य किरण, आहुतिसहितका नेताका दललाई मिलाएर अघि बढ्ने नीति माओवादीको छ । तर पर्याप्त सम्वाद र वातावरण भने बनिसकेको छैन । 

संकटमा साथ खोज्दै ओली-नेपाल
पार्टी विभाजनदेखि नै ओली नेपालप्रति क्रुद्ध हुँदै आएका छन् । तर आफूले बनाएका प्रधानमन्त्री अर्को कित्तामा पुगेर राष्ट्रपति पद पनि गुम्ने देखेपछि ओलीले नेपालसँग दोस्तीको हात बढाउन खोजेका थिए । राष्ट्रपतिको निर्वाचनअघि ओलीले आफैं प्रस्ताव गर्दै राष्ट्रपतिको उम्मेदवार बन्न नेपालसमक्ष आग्रह गरेका थिए । तर माओवादी कांग्रेसतिर उभिँदा उम्मेदवार बने पनि पराजित हुने भएपछि नेपालले ओलीको प्रस्ताव अस्वीकार गरे । 

एकातिर पार्टी विभाजनको असर, अर्कोतिर अहिलेको सत्ता गठबन्धन निरन्तर चल्ने र २०८४ को चुनावमा रास्वपाले धावा बोल्ने चुनौतीपछि मिलेर अगाडि बढ्नेबारे यी नेताबीच पनि एकै मत बन्न सक्ने बताइन्छ । ओलीलाई पनि सानो समूह भनेर पेल्ने र व्यंग्य मात्रै गर्दा चुनावी जीतहारमा त्यही समूह कतिपय क्षेत्रमा निर्णायक बनेको हेक्का पनि राम्रै छ । 

एमाले नेता नेता प्रदीप ज्ञवाली अहिले पार्टीका लागि कुनै दलसँग एकता वा एकीकरण बहसको विषय नभएको बताउँछन् । कम्युनिष्ट आन्दोलनलाई धोका दिएको भन्दै नेपालसँग तत्काल एकताको कुनै साइनो नरहेको उनको भनाइ छ । ‘उत्कर्षमा पुगेको कम्युनिष्ट आन्दोलनलाई धोका दिने र विभाजनको पीडा दिनेगरी माधव नेपालजीहरू अगाडि बढ्नुभयो । यसैले तत्काल उहाँरूसँग एकता वा एकीकरणको कुनै छलफल, तयारी वा योजनामा एमाले छैन ।’ 

असहज र अप्ठ्यारो पर्दै गएपछि नेकपा एसले यस्ता विषय ल्याए पनि इमान्दारिता नभएको ज्ञवालीको मत छ । ‘जब असहज अवस्थामा पुग्नुहुन्छ । यस्ता प्रस्ताव ल्याउनुहुन्छ । फेरि कम्युनिष्ट पार्टीमा फर्कौं भन्नेमा इमान्दारिता छैन,’ ज्ञवाली भन्छन्, ‘२०७७ मा फागुनमा नेकपा अलग हुँदा कानूनी हिसाबले पनि नेकपा ब्युँतिन अब सम्भव छैन । उहाँहरूलाई कांग्रेससँग टाँसिएर एकताको कुरा गर्न सुहाउँछ भन्ने नै लाग्दैन ।’ 

निरर्थक वार्ता समिति
मोर्चाबन्दीदेखि कम्युनिष्ट पार्टीबीच एकतासम्म पुग्ने भन्दै अलगअलग दलले वार्ता समिति पनि गठन गरेका छन् । २०७८ कात्तिकमै नेकपा एसले बेदुराम भुसाल, गंगालाल तुलाधर, विजयकुमार पौडेल र प्रकाश ज्वाला सदस्य रहेको वार्ता समिति गठन गरेको थियो । माओवादी केन्द्रले पनि २०७९ पुसमा कृष्णबहादुर महराको नेतृत्वमा पाँच सदस्य सदस्य वार्ता टोली गठन गरेको थियो । जसमा देव गुरुङ, जनार्दन शर्मा, शक्ति बस्नेत र गिरिराजमणि सदस्य थिए । 

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ फेरि नेकपा ब्युँताउन चाहनेले काम गरे मिल्नै हुँदैन भन्नेमा आफूहरू नरहेको बताउँछन् । उनको तर्क छ, 'नेकपा हामीले फुटाएको होइन । जुटाउन चाहनेले काम गरे भने मिल्नै हुँदैन भन्नेमा हामी छैनौं । एकता भन्ने कुरा त शाश्वत हो । एकता भए राम्रो नभए मोर्चा बन्न सक्छ । तत्काल मोर्चा स्वाभाविक हो । आवश्यकताले पार्टी एकतासम्म पनि पुग्न सकिन्छ ।'

त्यस्तै, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले पनि राजेन्द्र श्रेष्ठको संयोजकत्वमा रकम चोम्जोङ र गोविन्द चौधरी सदस्य रहेको वार्ता टोली गठन गरेको थियो । तर, ती सबै निरर्थक बनेका छन् । 

जसपा र नेकपा एसबीच वार्ता प्रयास नभएको पनि होइन । समाजवादी मोर्चा बनाउने जसपाको माग र वाम एकतालाई प्राथमिकतामा राखेको कारण यी दुईबीच कुनै प्रभावकारी छलफल र निष्कर्ष निस्किन सकेन । माओवादीले बनाएको वार्ता टोलीले पनि अनौपचारिक छलफललाई नै सीमित बनाएको छ । प्रधानमन्त्री प्रचण्डले समेत पटक-पटक वामपन्थी मोर्चा बनाउने भन्दै वार्ता गर्नेमा जोड दिँदै आएका छन् । तर, प्रगति शून्यजस्तै छ । कतिसम्म बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टी र माओवादीबीच समेत एकता हुन सकेको छैन । जबकि उनीहरूबीच छिट्टै एकता हुने भनिएकै लामो समय भयो । 

माओवादी सकारात्मक
तत्कालीन नेकपा ब्युँताउने कुरामा माओवादी भने सकारात्मक छ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ फेरि नेकपा ब्युँताउन चाहनेले काम गरे मिल्नै हुँदैन भन्नेमा आफूहरू नरहेको बताउँछन् । उनको तर्क छ, 'नेकपा हामीले फुटाएको होइन । जुटाउन चाहनेले काम गरे भने मिल्नै हुँदैन भन्नेमा हामी छैनौं । एकता भन्ने कुरा त शाश्वत हो । एकता भए राम्रो नभए मोर्चा बन्न सक्छ । तत्काल मोर्चा स्वाभाविक हो । आवश्यकताले पार्टी एकतासम्म पनि पुग्न सकिन्छ ।'

माओवादीले विचार मिल्ने दलहरूसँग मोर्चा बनाउने प्रयास गरिरहेको उनी बताउँछन् । त्यसका लागि पार्टीको वार्ता समितिले विभिन्न चरणमा छलफल गरिरहेको उनले बताए । 'हामी पहिलो चरणमा माओवादी र अन्य दलबीच तत्काल मोर्चा बनाउने र भएसम्म पार्टीबीच एकता गरेर जाने भन्नेसम्मको तयारीमा छौं,' उनले भने, 'हाम्रो वार्ता समितिले पनि विभिन्न चरणमा कुराकानी गरिरहेको छ । गृहकार्य भइरहेको छ । तर फाइनलमा पुगिएको अवस्था होइन ।'

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x