बैशाख २४, २०८१
इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो । जितसँगै केकेआर अंक तालिका...
काठमाडाैं | जेठ २९, २०८०
नेपाल ब्याडमिन्टन संघको सचिवालय बैठकले प्रधानमन्त्री (पीएम) कप सञ्चालन गर्ने जिम्मा अवैध बागमती प्रदेश कमिटीलाई दिने निर्णय गरेको छ ।
असार १३ देखि १६ गतेसम्म सञ्चालन हुने पीएम कप संघले आफैंले सञ्चालन नगरी बागमती प्रदेश कमिटीलाई सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
२/३ महिनाअघि नै अवैध तरिकाले चयन गरिएको बागमती प्रदेश कमिटीको तदर्थ समितिका संयोजक रुद्र थिङलाई त्यसको व्यवस्थापन गर्न दिने निर्णय गरिएपछि बैठकमै त्यसको विरोध भएको थियो ।
संघको विधान नै संशोधन नगरी गठन गरिएको तदर्थ समिति अवैधानिक रहेको अवस्थामा संघ आफैंले उक्त प्रतियोगिता सञ्चालन गर्नुपर्ने माग उपाध्यक्ष सुवास श्रेष्ठले गरेका थिए । यसअघि पहिलो र दोस्रो पीएम कप व्यवस्थापनको जिम्मेवारी उपाध्यक्ष श्रेष्ठले नै सम्हालेका थिए ।
'मलाई व्यवस्थापनको जिम्मेवारी नदिए पनि संघ आफैंले त्यसको सञ्चालन तथा व्यवस्थापन गर्नुपर्ने हो । तर, संघले सञ्चालन नगरी अवैध बागमती प्रदेश कमिटीलाई जिम्मेवारी दिने निर्णय गरेपछि मैले उक्त निर्णयमा हस्ताक्षर नगरी विरोध गरेको हो,' उपाध्यक्ष श्रेष्ठले लोकान्तरसँग भने ।
विधि, विधान नमानी निर्णय हुँदा त्यसलाई स्वीकार गर्न नसकिने उनको भनाइ छ ।
'ब्याडमिन्टन संघले कार्यक्रम गर्न सकेन, संघ लाचार भयो भनेर निर्णयमै लेख्नुस् अनि मात्र प्रदेश कमिटीलाई जिम्मेवारी दिनुस् भनेर भन्दा किन लेख्ने भनेर उहाँहरूले मान्नुभएन,' श्रेष्ठले थपे, 'हामी सक्दैनौं, लाचार भयौं अनि प्रदेश कमिटीलाई दियौं भन्नुपर्नेमा उहाँहरू उल्टै चर्काचर्कीमा उत्रिनुभयो । साइन गरे गर्नुस्, नगरे नगर्नुस् भनेपछि म साइन नगरी बैठकबाट बाहिरिएँ ।'
निर्णय गरिएको सचिवालय बैठकमा कोरम समेत नपुगेको उनले बताए । ११ सदस्यीय सचिवालय रहेकोमा पाँच जना मात्र उपस्थित भएको उनको भनाइ छ ।
अध्यक्ष रामजीबहादुर श्रेष्ठ, उपाध्यक्षहरू सुवास श्रेष्ठ र उदयकुमार श्रेष्ठ, सचिव नवीन विक्रम शाह र सदस्य विनोद थापा गरी बैठकमा ५ जना मात्र उपस्थित भएको उपाध्यक्ष श्रेष्ठले बताए ।
सचिवालयको कोरममा समेत नपुगी गरिएको निर्णय कार्यान्वयन गराउन माइन्युट पदाधिकारीको घर–घरमा लगेर हस्ताक्षर गराउने तयारीमा अध्यक्ष श्रेष्ठ लागेका छन् ।
इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो । जितसँगै केकेआर अंक तालिका...
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ । साहसिक खेल ‘रक क्...
भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ । सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...