×

NIC ASIA

नक्कली शरणार्थी प्रकरण

इजलासमा वरिष्ठको लर्को लाग्दा खाँणको 'असल चरित्र'को व्याख्या !

काठमाडाैं | जेठ ३१, २०८०

Prabhu Bank
NTC
Premier Steels

नक्कली शरणार्थी प्रकरणमा पक्राउ गरी प्रतिवादी बनाइएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको पक्षमा दोस्रो दिन बुधवार दुई पूर्वमहान्यायाधिवक्तादेखि वरिष्ठ अधिवक्तासम्मले बहस गरेका छन् ।

Muktinath Bank

बहसका क्रममा खाँण देशको प्रधानमन्त्री तथा नेपाली कांग्रेसको सभापति समेत हुनसक्ने नेता भएकाले उनलाई सम्मानपूर्वक साधारण तारेखमा रिहा गर्नुपर्ने जिकिर उनीहरूले गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा खाँणको पक्षमा पूर्व महान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, निवर्तमान महान्यायाधिवक्ता खम्मबहादुर खाती, नेपाल बार एसोसिएसनका अध्यक्ष समेत रहेका वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता डा. सुरेन्द्रकुमार महतो र अधिवक्ता ललित बस्नेतले बुधवार बहस गरेका थिए ।


Advertisment
Nabil box
Kumari

'बयान नै नलिइएको मुद्दा ल्याइयो'

Vianet communication

बहसका क्रममा पूर्व महान्यायाधिवक्ता रमन श्रेष्ठले अनुसन्धान अधिकारीले बयान नै नलिएका तीन मुद्दामा अभियोजन गरिएको भन्दै प्रश्न उठाए ।

'मेरो पक्ष बालकृष्ण खाँणजीसँग अभियोजनकर्ताले ठगी र संगठित अपराध मुद्दामा मात्र बयान लिएका छन्,' वरिष्ठ अधिवक्ता श्रेष्ठले इजलासमा भने, 'सरकारी लिखत कीर्ते, राष्ट्रहितविरुद्धको कसूर र एकीकृत मुद्दामा बयान नै नलिई ती मुद्दामा कसरी अभियोग ल्याइयो ? बयान नै नलिइएको विषयमा मुद्दा आएकाले ती विषयमा अदालत प्रवेश गर्नै मिल्दैन श्रीमान् ।'

कुनै पनि मुद्दा ल्याउँदा त्यस मुद्दामा अनुसन्धान अधिकारी र अभियोजनकर्ताले अभियुक्तलाई सुनुवाइको मौका दिनुपर्छ, तर ठगी र संगठित अपराध मुद्दामा आफ्नो पक्षलाई सुनुवाइको मौका नै नदिई अभियोग लगाइएको जिकिर उनले गरे ।

'यो सामान्य मुद्दा हुँदै होइन श्रीमान्, मिडियाभरि हल्ला छ । मुद्दा लगाउनु मात्र ठूलो कुरा होइन,' उनले थपे, 'मुद्दा लगाउँदा स्वच्छ अनुसन्धान र अभियोजन भएकै छैन ।'

ठगीतर्फ मुद्दा लगाइएको भए पनि त्यसका लागि बिगो खाएको हुनुपर्ने उनले उल्लेख गरे । 'बालकृष्ण खाँणलाई केशव दुलालले १ करोड २४ लाख ५० हजार रुपैयाँ नगदै दिएको भनी  थप बयानमा भनिएको छ, अन्य कसैले दिएको भनेको छैन,' श्रेष्ठले थपे, 'तर, केशव दुलाले पहिलोपटक र दोस्रोपटकको बयानमा मेरो पक्षलाई पोलेको छैन । तेस्रोपटक ततिम्बा बयान गर्दा दबाबमा पोल्न लगाए पनि इजलासमा इन्कारी बयान गरेका छन् ।'

अर्का प्रतिवादी आङटावा शेर्पाले नरेन्द्र केसीमार्फत खाँणबाट रकम लिएर ३० लाख रुपैयाँ सानु भण्डारीको दाजु राजु भण्डारीलाई फिर्ता गरेको भनेर दबाबमा बयान गरिएको भए पनि इजलासमा इन्कारी बयान भएकाले आफ्नो पक्ष निर्दोष रहेको उनले उल्लेख गरे ।

खाँणको अनुपस्थितिमा घरको  खानतलासी

अर्का वरिष्ठ अधिवक्ता डा. सुरेन्द्रकुमार महतोले बहसको शुरूआतमै खाँणको चरित्र असल रहेको जिकिर गरेका थिए ।

गृहमन्त्री भएर मन्त्रालय सम्हाल्दासम्मको अवस्थामा कुनै पनि दाग नलागेको उल्लेख गर्दै उनले भने, 'उहाँ गृहमन्त्री भएर पनि आफ्नो संसदीय क्षेत्रमा चुनाव हार्नुभयो । आफ्नै संसदीय क्षेत्रमा चुनाव हुँदा उहाँले स्वच्छ, सफा र फेयर चुनाव गराउनुभएको भन्दै त्यहाँको प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकृत, सुरक्षा निकायका प्रमुखले दिएको प्रशंसा पत्रले पनि उहाँको स्वच्छ छविलाई पुष्टि गर्छ,' उनले उक्त सम्मान पत्र पनि इजलासमा पेश गरे ।

त्यसैगरी कुनै व्यक्तिले गरेको संवादकै आधारमा अभियुक्तमाथि अभियोजन गर्ने पर्याप्त प्रमाण हुँदैन भनेर यही मुद्दाका सन्दर्भमा नेपाल प्रहरी प्रधान कार्यालयबाट जारी भएको प्रेस विज्ञप्ति पनि उनले इजलाससमक्ष पेश गरेका थिए ।

खाँणलाई पक्राउ गरेको भोलिपल्ट उनको अनुपस्थितिमा प्रहरीले घर खानतलासी गरेको विषयलाई पनि महतोले आफ्नो बहसका क्रममा उठाएका थिए ।

'मेरो पक्षलाई २०८० वैशाख २७ गते आफ्नो निवासबाट प्रहरीले पक्राउ गरेको थियो । उहाँलाई पक्राउ गरी हिरासतमा लिइसकेको अवस्थामा भोलिपल्ट वैशाख २८ गते उहाँको अनुपस्थितिमा घरको खानतलासी गरिएको छ,' उनले थपे, 'फौजदारी कार्यविधिसंहिताको दफा १९ (२) मै पनि खानतलासी गर्दा सूचना दिने जाहेरकर्तादेखि पक्राउ परेका व्यक्तिको पनि अनिवार्य अनुपस्थिति हुनुपर्ने उल्लेख छ ।'

सामान्यतया पक्राउ गर्ने बेलामा नै अभियुक्तको घर खानतलासी गर्ने गरिन्छ, यो केसमा पक्राउ परेकै दिन खाँणको घरमा केही नभेटिएपछि फेरि दोस्रोपटक उनको अनुपस्थितिमा खानतलासी गरिएको महतोले उल्लेख गरे । हिरासतमा रहेको व्यक्तिलाई घटनास्थिति मुचुल्का किन गराइएन भन्ने उनको प्रश्न थियो ।

खाँण पक्राउ परेपछि मात्र गृहमन्त्रालयका कर्मचारीहरूसँग कागज गराइएको उनले बताएका थिए ।

'तत्कालीन गृहमन्त्री, गृहसचिव पक्राउ परिसकेका छन्, प्रतिवेदन विषयमा टिप्पणी उठाएर सिलसिलेवार निर्णयार्थ पेश गर्ने तपाईंहरूलाई पनि पक्राउ गर्न सकिन्छ भन्ने त्रास देखाएर कर्मचारीहरूलाई मेरो पक्षविरुद्ध कागज गराइएको छ,' महतोले जिकिर गरे ।

आङटावा शेर्पालाई २०८० जेठ १ गते गिरफ्तार गरी त्यही मितिमा घटना विवरण कागज गराइएको भए पनि अन्य कुनै पनि अभियुक्तसँग घटना विवरण कागज नगराइएको उनले बताए ।

'अन्य कुनै पनि प्रतिवादीसँग घटना विवरण कागज नगराइनु र शेर्पासँग मात्र कागज गराइनुले पनि नरेन्द्र केसीबाट फिर्ता लिएको पैसा राजु भण्डारीलाई दिएको भनेर लेख्न लगाइएको पुष्टि हुन्छ श्रीमान्,' उनले थपे, 'फेरि उहाँलाई चरम यातना दिएर, घाइते बनाएर गराइएको कागज नियतवश खडा गरिएको प्रमाण भएकाले त्यसलाई प्रमाणको रूपमा लिन मिल्‍दैन ।'

च्यातिएको कागजमा लेखिएको अक्षर र मसी फरक रहेको दाबी

नेपाल बार एसोसिएसनका अध्यक्ष समेत रहेका वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले खाँणको घरबाट बरामद गरिएको भनिएको कागजको तीन टुक्राका सम्बन्धमा प्रश्न उठाए ।

'च्यातिएको कागज जुन टाँसेर इजलास समक्ष पेश गरिएको छ, त्यो कागजमा लेखिएको शब्दको अक्षर र मसी नै फरक छ श्रीमान्,' उनले भने, 'फेरि त्यो कागजमा हस्ताक्षर पनि छैन । ल्याप्चे पनि छैन । त्यसलाई प्रमाणको रूपमा लिने सकिँदैन ।'

'मन्त्रीज्यूका लागि गिफ्ट' भनेर अर्का प्रतिवादी टेकनारायण पाण्डेले मौकामा गरेको बयानलाई पनि उनले खण्डन गरेका थिए ।

'मध्यरातमा निद्रामा भएको अवस्थामा मेट्रोमा लगेर प्रहरीले पटक-पटक दबाब दिई घेरामा राखेर बयान लिएको हो, पछि सरकारी वकिलकोमा लगेर उक्त बयानमा सही गरिएको छ भनेर प्रतिवादी पाण्डेले नै इजलासमा बयान गर्नुभएको छ श्रीमान्,' उनले थपे, 'प्रहरीको बहकाउमा उक्त बयान गराइएको हो भनेर उहाँ (पाण्डे)ले नै भनिसकेपछि त्यस विषयमा मेरो पक्षविरुद्ध प्रमाण हुँदैन ।'

प्रधानमन्त्री बन्ने नेताको पोलिटिकल डिफेमेसन गरिएको जिकिर

बार अध्यक्ष घिमिरेले भोलि प्रधानमन्त्री र कांग्रेस सभापति समेत बन्न सक्ने नेता भएकाले राजनीतिक जीवन नै ड्यामेज गर्न खोजिएको आरोप लगाए ।

'यो मुद्दामा अब्जेक्टिभ इभिडेन्स नै छैन । मेरो पक्षको पोलिटिकल डिफेमेसन गरिएको छ श्रीमान्,' उनले थपे, 'अहिले उहाँमाथि मुद्दा लगाएर गरिएको पोलिटिकल डिफेमेसनको भरपाइ कसले गर्ने ?'

घिमिरेले अगाडि भने, 'कुनै प्रमाण नभेटिएपछि जबर्जस्ती प्रमाण बनाउन खोजिएको छ । खडा गर्न खोजिएको छ । प्रमाण खडा गर्ने होइन, संकलन पो गर्ने हो । तथ्यको स्वीकारोक्ति कसूरको स्वीकारोक्ति होइन ।'

खाँण बाहिर मेरो नेता हो : निवर्तमान महान्यायाधिवक्ता खाती

निवर्तमान महान्यायाधिवक्ता खम्मबहादुर खातीले पनि खाँणको बचाउ गर्दै विभिन्न तर्क पेश गरेका थिए ।

'बालकृष्ण खाँणजी बाहिर मेरो नेता हो । भित्र म उहाँको कानून व्यवसायी हुँ,' उनले भने, 'उहाँ ६१/६२ वर्षको भइसक्नुभयो । प्रजातन्त्र प्राप्तिका लागि लडाईं लड्नुका साथै चारपटक सांसद र गृहमन्त्री समेत भइसक्नुभएको छ । तर, उहाँले अहिलेसम्म औषधि उपचारको खर्च पनि राज्यबाट लिनुभएको छैन ।'

उनले हिरासतमा खाँणलाई भेट्न खोज्दा कानून व्यवसायीहरूलाई सुरक्षाकर्मीले नराम्रो व्यवहार गरेको भन्दै 'पञ्चायतकालमा पनि यस्तो दुर्व्यवहार हुँदैनथ्यो' भन्ने जिकिर गरे ।

२२ दिनसम्म ठगीमा अनुसन्धान गरेको प्रहरीले थुन्नकै लागि अन्य मुद्दा ल्याएको आरोप खातीको थियो ।

'ठगी मुद्दामा मेरो पक्षको कुनै संलग्नता छैन । यहाँ ठगी मुद्दाको जाहेरी दिने व्यक्ति नै विदेशी नागरिक छ । उसैले ठगेको छ,' खातीले थपे, 'जाहेरी दिने व्यक्ति आफैंले अपराध गरेको छ भने त्यो व्यक्तिको जाहेरी वैध हुन्छ र श्रीमान?' जाहेरीकर्ता गजेन्द्र बुढाथोकीतर्फ इंगित गर्दै उनले भने । बुढाथोकीविरुद्ध यही प्रकरणमा जिल्ला अदालत दाङमा ठगी मुद्दा रहेको यसअघि नै सार्वजनिक भइसकेको छ ।

२२४ पृष्ठको जाहेरीमा १/२ पेजबाहेक सबैको व्यहोरा अन्य प्रतिवादीसँग जस्ताकोतस्तै कपी पेस्ट गरेर ल्याइएको उनको जिकिर थियो । हचुवाको भरमा अभियोजन गरिएको खातीले बताए ।​

अख्तियार र सम्पत्ति शुद्धीकरणमा लेखी पठाउने कुरामा खातीको आपत्ति

 अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा समेत लेखी पठाउने भनेर मिसिलमा उल्लेख गरिएको विषयमा पनि उनले आपत्ति जनाएका थिए । खाँणलाई अपराधको नाइके भनिएकोमा पनि उनले 'अब्जेक्सन' गरेका थिए ।

राज्यविरुद्धको अपराधमा मुद्दा ल्याएर सरकारी वकिलले राष्ट्रको छवि बिगारेको आरोप समेत उनले लगाएका थिए ।

'सन् २०१६ डिसेम्बर ३१ पछि कुनै पनि भुटानी शरणार्थी अमेरिका गएको छैन । यो अभियोगपत्रमा पनि कहीँ कतै नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्ने शब्द उल्लेख गरिएको छैन,' उनले थपे, 'यहाँ प्रतिवादीका कारण देशको छवि बिग्रिएको छैन, बरु सरकारी वकिलले राज्यविरुद्धको अभियोग लगाएर राष्ट्रको छवि बिगारेका हुन् ।'

आफ्नो पक्ष निर्दोष भएकाले स-सम्मान साधारण तारेखमा रिहा हुनुपर्ने जिकिर उनले गरे । खाँणको पक्षमा बहस गर्ने सबैले उनीविरुद्ध किटानी जाहेरी नरहेको, देख्ने, सुन्ने, बुझ्नेले पनि नाम नलिएको, उनीविरुद्ध कुनै प्रमाण पेश गर्न नसकेको, सह-अभियुक्तले इजलासमा इन्कारी बयान गरेको आधारहरू पेश गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x