×

NMB BANK
NIC ASIA

सीसीटीभीको बेहाल

राजधानीमा नाम मात्रका सीसीटीभी– कुनै चाहिने बेला बन्द, कुनै निकै धमिलो

काठमाडाैं | जेठ ३२, २०८०

NTC
Premier Steels

घटना नं १ – वैशाख ८ गते काठमाडौंको सरस्वतीनगरमा भाँडा पसल गर्ने नीरा आर्चायको छुरा प्रहार गरी हत्या भयो ।

Muktinath Bank

घटनाको वास्तविकता पत्ता लगाउन प्रहरीले सीसीटीभी क्यामेराको सहायता खोज्यो । नीराको पसलअगाडि सीसीटीभी क्यामेरा त थियो तर बिग्रिएको थियो । हत्यारा पत्ता लगाउन प्रहरीलाई परपरका क्यामेराको सहायता लिनुपर्‍यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घटना नं. २ – जेठ ३ गते साँझ राजधानीको व्यस्त सडक रत्नपार्कमा अर्घाखाँचीका चिन्तामणि भुसाललाई मोटरसाइकलले ठक्कर दियो । गम्भीर घाइते भुसालको दुई हप्तापछि उपचारका क्रममा मृत्यु भयो । तर ठक्कर दिने मोटरसाइकल आजसम्म पनि पत्ता लागको छैन । रत्नपार्क क्षेत्रमा सीसीटीभी त राखिएका छन्, सीसीटीभीले भिडियो कैद गरेको भेटिएन । 


Advertisment
Nabil box
Kumari

null

Vianet communication

यी प्रतिनिधिमूलक घटनाले राजधानीमा जडित सीसीटीभीको अवस्थाको चित्रण गर्छ । शान्ति सुरक्षा कायम गर्न तथा घटनाको अनुसन्धान गर्न प्रहरीले प्रविधिको पनि सहारा लिनुपर्ने हुन्छ । तर यी उदाहरण हेर्दा प्रहरीले प्रविधिको भरपूर उपयोग गर्न नसकेको प्रष्ट देखिन्छ । 

काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा रहेका सीसीटीभी क्यामेराको निगरानी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले गर्दै आएको छ । प्रहरी कार्यालयमा पुग्दा सीसीटीभीले राम्रोसँग काम गर्न नसकेको प्रष्ट देखियो । धेरैजसो डिस्प्ले ‘ब्ल्याक’ थिए । कुनैमा सिग्नल अड्किएका थिए । देखिएका कतिपय डिस्प्लेमा धमिलो फूटेज देखिन्थ्यो । 

null

सीसीटीभी क्यामेरा निगरानी कक्षमा पुग्दा शहरका चोकचोकमा जडित क्यामेराहरूमा अधिक प्राविधिक समस्या रहेको र राम्रोसँग काम नगरेको प्रष्ट देखिन्छ । प्रहरीले सीसीटीभी क्यामेरा मर्मतका लागि टोली पनि परिचालन गर्ने गर्ने गरेको छ, तर  पनि बिग्रिएका क्यामेरा भने मर्मत भएका छैनन् ।

यता प्रहरी कार्यालयले भने अहिलेको समस्यालाई विस्तारै समाधान गर्दै लैजाने बताएको छ । 

null

कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनाली यी चुनौतीलाई समाधान गर्ने बताउँछन् । ‘यो प्रविधि हो, ठ्याक्कै गणितजस्तो हुन्न,’ उनी भन्छन्, बिग्रिएका छन् भने बनाउनुपर्छ, हामी बनाउने प्रयासमा रहने छौं ।’

सरकारले सबै स्थानमा सीसीटीभी क्यामेरा नजोडेको भन्दै उनले कतिपय क्षेत्रमा निजी सीसीटीभी क्यामेराको पनि सहायता लिने गरेको बताए ।

‘प्रहरीले जसरी प्रविधिको सहयोग लिनुपर्ने हो, त्यसलाई प्रभावकारी तबरले काम गर्न लागि परेका छौं,’ उनी भन्छन्, ‘आवश्यक स्थान तथा बिग्रिएको क्यामेरा फेर्न नयाँ क्यामेरा खरिद प्रक्रिया अघि बढेको छ ।’ 

null

प्रहरीले आफूलाई प्रविधिमैत्री बनाउँदै लगेको दाबी गरे पनि यी प्रविधिलाई भने राम्रोसँग उपयोग गर्न नसकेको प्रष्ट देखिन्छ । हाल प्रहरीसँग कतिवटा सीसीटीभी क्यामेरा छन् भन्ने यकिन तथ्यांक पनि प्रहरीले सार्वजनिक गरेको छैन ।

चौबीसै घण्टा ‘इगल आई’को रूपमा काम गर्ने सीसीटीभी क्यामेरामा आउने त्रुटि तथा अवरोधलाई हटाउन प्रहरी तत्पर रहनुपर्ने हुन्छ ।

भएका साधन तथा गरिएको खर्चको उचित उपयोगमा प्रहरी तथा सम्बन्धित निकायहरूको ध्यान जानु आवश्यक छ । 

हेर्नुहोस्, भिडियो :

 

 

 

 

 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x