×

NMB BANK
NIC ASIA

स्थानः आम्रपाली व्याक्वेटको सभाकक्ष ।
समयः दिउँसो १ बजे ।

Muktinath Bank

ढोकामै भेटिए साहित्यिक हस्ती नइ दम्पती । नइ दम्पती अर्थात् नरेन्द्रराज प्रसाईं तथा इन्दिरा प्रसाईं । शरीर २ भए पनि मन र मुटु एउटै । दैहिकरूपमा व्यक्ति भए पनि नाम र कामले संस्थागतरूप लिएका जोडी । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निम्तो थियो नइ प्रकाशनको, कार्यक्रम थियो ‘नइ प्रकाशनः कीर्ति र आकृति’ नामक पुस्तक विमोचन र लेखकलाई ‘नइ कीर्ति रत्न’ले विभूषित गर्ने । विशिष्ट अतिथिहरूका आसनमा विराजमान थिए पूर्व कूलपति (नेपाल प्रज्ञा प्रतिष्ठान) वैरागी काइँला, प्रा.डा. वासुदेव त्रिपाठी, प्रा. मुकुन्दशरण उपाध्याय, सुश्री भद्राकुमारी घले ।


Advertisment
Nabil box
Kumari

कवि तथा लेखकहरूको वर्णानुक्रमअनुसार नाम टाँसेर राखिएका कुर्सीहरूले सजाइएको थियो सभाकक्ष । देख्दैमा लाग्थ्यो कार्यक्रम सायद नयाँ शैलीमा प्रस्तुत हुँदैछ । आखिर भयो पनि त्यस्तै ।

Vianet communication

करीब ३०० जना पाहुनाको उपस्थित कार्यक्रम ठूलै हो तर थियो शान्त, सभ्य र शिष्ट । न हल्ला न चाँचुँ । चुइँक्क आवाज आउनासाथ नरेन्द्रराज प्रसाईं बोलीहाल्थे मञ्चबाटै । विशिष्ट अतिथिहरूसँगै कवि तथा लेखकहरूबाट संयुक्त रूपमा विमोचन भएको थियो पुस्तकको । अन्त्यमा ‘नइ कीर्ति रत्न’ पदकले विभूषित भई खाजा खाएर बिदा भएका थिए अतिथिहरू ।  
   
झण्डै ३० वर्षअघि (२०५२ साल) स्थापना भएको सेवामूलक साहित्यिक संस्था हो नइ प्रकाशन, जसले नेपाली वाङ्मयको सक्दो सेवा गर्दै आएको छ स्थापनाकालदेखि नै । यसो त केही सरकारी संस्थाहरू पनि नभएका होइनन् नेपाली वाङ्मय सेवाको क्षेत्रमा ।

सरकारी ऐन कानूनद्वारा निर्दिष्ट ती संस्थाहरू प्रायः विवादमा पर्ने गरेका छन् खासगरी पछिल्ला वर्षहरूमा । मुख्य कारण सत्ताधारीहरूको हालीमुहाली नै हो भन्छन् जानिफकारहरू । प्राज्ञ तथा पदाधिकारी चयनदेखि तिनका गतिविधिलाई समेत नराम्ररी गाँजेको छ यस रोगले । फलतः हुनुपर्ने भएका छैनन्, नहुनुुपर्ने सबै हुँदै आएका छन् तर नइ प्रकाशन सदैव टाढा रहँदै आएको छ यसबाट ।

न वाद न वादी, न नजिक न टाढा । सबै समान उसका लागि । निष्पक्ष ढंगले ओझेलमा परेका प्रतिभा खोजेर सम्मान र पुरस्कृत गर्ने गरेको छ उसले ।

२ करोड ५० लाख रुपैयाँभन्दा बढीको अक्षय कोष छ नइसँग । त्यसैको ब्याजबाट बर्सेनि विभिन्न विधाका प्रतिभा पुरस्कृत हुने गर्छ नइबाट । यसबाहेक साहित्यिक, प्राज्ञिक, ऐतिहासिक र आध्यात्मिक क्षेत्रका अनुसन्धानात्मक कृतिहरू प्रकाशनमा पनि उत्तिकै ध्यान पुगेको छ उसको । हालसम्म झण्डै २०० हाराहारीमा प्रकाशित भइसकेका छन् यस्ता पुस्तकहरू । यिनमा केही नइ आफैंले खोज, अनुसन्धान गरी लेखिएका पुस्तक छन् भने केही विभिन्न विद्वान्हरूद्वारा खोज अनुसन्धान भएका पुस्तकहरू पर्छन् । ‘नइ प्रकाशनः कीर्ति र आकृति’ पनि यसै प्रकाशन मालाको १७१औं पुष्प हो ।

भूपालमानसिंह कार्की प्रज्ञा परिषद्को सौजन्यमा प्रकाशित यस पुस्तकमा १३९ जना देश–विदेशका लब्ध प्रतिष्ठ लेखक तथा साहित्यकारहरूको निबन्ध समावेश छ, जहाँ विगत २५ वर्षमा आफूले देखेको र भोगेको नइ प्रकाशनको गतिविधिलाई शब्दचित्रमा उतारेका छन् उनीहरूले । अब्बल दर्जाका छन् सबै लेख निबन्ध । उदाहरणका लागि केही प्रसङ्ग उठाउने अनुमति चाहन्छु । 

‘आफूलाई मिटाई अरूलाई दिने’ शीर्षकको आलेखमा डा. जगमान गुरुङले लेखेका छन्, ‘भानुभक्त र मोतीरामको प्रसङ्गमा नइ प्रकाशनको कुरा आउँछ । नइ नभए धेरै भानुभक्तहरूले छोपिएरै अथवा अलप भएरै पनि रहनुपर्ने हुन्थ्यो । नइका कामले सरकार तथा सम्बन्धित प्रज्ञा प्रतिष्ठान र विश्वविद्यालयलाई पनि सघाउ भएको छ । नेपालमा धेरै विश्वविद्यालयहरू छन् र प्रज्ञा प्रतिष्ठानहरू पनि छन् । यी सबै सरकारी अनुदानबाट चलेका छन् तर नइ प्रकाशन सरकारी अनुदानबाट चलेको संस्था भने होइन ।

जनस्तरबाट उठेको यस संस्थाको बनोट र कार्य गराई नै फराकिलो छ, अनुकरणीय र पे्ररक छ । वास्तवमा नइ त देवकोटाको ‘आपूm मिटाइ अरूलाई दिनु जहाँ छ’ भन्ने आदर्श वाक्यको पदमार्गमा हिँड्ने संस्था हो ।’ (पृष्ठ २२३) 

प्रा.डा. प्रेम खत्रीको भनाइ पनि करीब त्यस्तै छ । उनले ‘सम्मान र पुरस्कारको क्रान्ति’ शीर्षकको आलेखमा भनेका छन्, ‘नइ प्रकाशन एउटा ठूलो प्रज्ञा प्रतिष्ठान हो, जहाँ २ जना कूलपति छन् तर ती अन्यत्र जस्तो लड्ने–झगड्ने गरेको सुनिएन । न भत्ता, न चिल्ला गाडी, न दलसित नाता, न परिषद्, न सहयोगी हातहरूको चिन्ता, न अपारदर्शिताको आरोप–प्रत्यारोप छ यिनलाई । यो ऐतिहासिक जोडी घरभित्र बसेर पनि कुदिरहेछ । रेसमा कसैले उछिन्ला भन्ने चिन्ताले हैन, यस जोडीले समयलाई उछिन्न खोजिरहेछ ।’ (पृष्ठ ३८६)

यसै क्रममा हेरौं प्रा.डा. महादेव अवस्थीको भनाइ पनि । ‘गौरवमय उपलब्धि’ शीर्षकको आलेखमा उनले भनेका छन्, ‘नइ प्रकाशनको ध्येय नै फरक सोच र फरक उद्देश्य कार्यान्वयनद्वारा नेपाली वाङ्मय जगत्लाई सबल बनाउनु रहेको छ । यो स्वयंमा प्रकाशन गृह त हुँदै हो र यसले नेपाली वाङ्मयका विविध विधाका उत्कृष्ट ग्रन्थहरूको स्तरीय प्रकाशन त गर्छ नै, साथै यसले मौलिक सिर्जनात्मक लेखन र प्राज्ञिक अध्ययन, अनुसन्धान एवं संगीत अनि नृत्यकला र खेलकुदका, कलाकौशलका क्षेत्रमा क्रियाशील स्थापित तथा नवोदित प्रतिभाहरूलाई खोजीखोजी उचित मूल्यांकन गरी सम्मानित र पुरस्कृत पनि गर्छ ।’ (पृष्ठ ४६८)

त्यसैगरी ‘अविराम र गतिशील यात्रा’ शीर्षकको आलेखमा प्रा.डा. लक्ष्मणप्रसाद गौतमले लेखेका छन्, ‘नइ प्रकाशनलाई म एउटा संस्था मात्र मान्दिनँ । मलाई लाग्छ यो एउटा साहित्यिक अभियान पनि हो, यो अभियान कस्तो र किनभने अरूले नगरेका, ठूला संस्थाले पनि गर्न आँट नगर्ने सम्मेलनहरू गर्ने, विशिष्ट स्रष्टा र साधकहरूका विशिष्टतालाई हेरेर उपाधि सिर्जना गरी प्रदान गर्ने, विभिन्न विधा, विषय र क्षेत्रमा योगदान पुर्‍याउने उमेर समूहगत प्रतिभाहरूलाई पुरस्कृत गर्ने, नवपुस्तालाई प्रोत्साहन दिने, स्थापित पुस्तालाई सम्मान गर्ने र विशिष्टता प्राप्त गरी साधना एवं समर्पणद्वारा प्रतिष्ठित भएका पुस्तालाई अभिनन्दन गर्ने र स्रष्टाका कृति तथा कीर्तिलाई सार्वजनिक गरेर पाठकसमक्ष पुर्‍याउने अभियान नै नइ प्रकाशन हो ।’ (पृष्ठ ५७६)

‘उत्कृष्ट प्राज्ञिक प्रवद्र्धक संस्था’ शीर्षकको आलेखमा प्रा.डा. वासुदेव त्रिपाठीले लेखेका छन्, ‘नइ प्रकाशन नेपाली भाषा र साहित्यका साथै साहित्येतर वाङ्मयका प्रवद्र्धनमा अविच्छिन्न साधनारत एक अग्रणी प्राज्ञिक संस्था हो । यसको योगदान समकालिक नेपाली वाङ्मयको श्रीवृद्धिमा विशेष व्यापक र बहुआयामिक पनि छ । नइ प्रकाशनलाई नेपाली जीवन र जगत्को आँखाको नानीजस्तो प्रिय तुल्याई ठेट नेपाली ढंगले नेपालको गौरववृद्धिका अनुष्ठानको अभिन्न अंगका स्वरूपमा हुर्काउन आफ्ना गाँस समेत काटी दृढ रूपमा साधनारत ‘नइ’ द्वयको र उनका उदार हृदयी संरक्षकहरूको म दिल खोलेर मुक्तकण्ठ रूपमा विशेष सराहनी गर्छु ।’ (पृष्ठ ६१३)

त्यसैगरी ‘विश्वव्यापक संस्था’ शीर्षकको आलेखमा प्रा.डा. सुरेन्द्र केसीले लेखेका छन्, ‘नभन्दै आज जसरी नइ प्रकाशनले २७ वर्ष पूरा गर्दै पूर्वतिर फर्केर रजत महोत्सवको स्मारिकका नै तयार गरिरहेको छ । त्यो आफैंमा उसको कार्यकुशलता र कार्यक्षमताकै प्रमाण हुन पुगेकै छ । अन्यथा व्यक्तिगत रूपमा साहित्य र प्रकाशनजस्ता रूखो जंगलमा व्यक्तिको निजी बुताबाट यति लामो यात्रा गर्न सक्नु आफैंमा पनि कम चुनौतीपूर्ण विषय होइन । आज नइ जहाँ आइपुगेको छ, यसलाई आश्चर्य पनि मान्नुपर्ने हुन्छ । किनभने एउटा दम्पतीबाट निरन्तर सेवा गरेपछि नइ प्रकाशन आज विश्वव्यापक बनेको मेरै आँखाले यस सत्ताइस वर्षभरि हेरिरहेको छ । नइको आजको कार्यशैलीबाट म ज्यादै दंग परेको छु  किनभने नइले झैं आफैं घुँडो र मुन्टो दोबारेर साहित्यको काम गर्ने मान्छे मैले देखेको छैन ।’ (पृष्ठ ७६६)

यी त केही प्रतिनिधि प्रसङ्ग मात्र हुन् । वास्तवमा सबै लेखकले आ–आफ्ना लेख निबन्धमार्पmत् यसैगरी नइ प्रकाशनको गतिविधि र कार्यशैलीलाई मुक्तकण्ठले प्रशंसा गरेका छन् । स्थानाभावले सबैलाई समेट्न नसकिएकोप्रति क्षमा चाहन्छु ।
 
लेखक तथा साहित्यकारहरूका यस्ता अमर अभिव्यक्ति नइ प्रकाशनको अवसर र चुनौती दुवै हो भन्ने लाग्छ । अवसर यस अर्थमा कि नइलाई देशविदेशका तमाम साहित्यकारहरूको साथ र सद्भाव छ । चुनौती यस अर्थमा कि ती साथ, स्नेह र सद्भावलाई बचाइराख्नु पनि परेको छ । उक्लिन जति कठिन हुन्छ टिकिरहन त्योभन्दा बढी कठिन हुने भुक्तभोगी सबैलाई थाहा भएकै कुरा हो । 
  
अन्त्यमा नइ प्रकाशनको काम साँच्चै अनुकरणीय पनि छ । झण्डै ३० वर्षदेखि अनवरत यस क्षेत्रमा लाग्दै आएको भए पनि ऊ थाकेको छैन, बरू झन् जवान र सक्रिय हुँदै आएको छ । आशा छ यो सक्रियता जारी नै रहनेछ भविष्यमा पनि । अस्तु अहिलेलाई यति नै ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x