कात्तिक ३०, २०८०
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
भारत र चीनजस्ता दुई ठूला अर्थतन्त्रको बीचमा रहेको नेपाल दुवै देशमा विकसित भइरहेको डिजिटल मुद्रा कारोबारको प्रभावबाट टाढा रहन सक्दैन ।
अहिले बजारमा डिजिटल मुद्रा सम्बन्धमा विभिन्न चर्चा, परिचर्चाचा भइरहेको छ, त्यसमध्ये चर्चितरूपमा बाहिर आइरहेको नाम हो, केन्द्रीय बैंक डिजिटल मुद्रा (सीबीडीसी) । नयाँ पुस्ताका मानिसलाई यस सम्बन्धमा जानकारी भएतापनि पुरानो पुस्तामा यसबारे अन्योल हुन सक्दछ ।
तर, ढिलो वा चाँडो संसारभरि नै डिजिटल मुद्राको प्रचलन बढ्दै जाने र त्यसको प्रभाव नेपालमा पनि पर्ने हुनाले अर्थशास्त्री, वित्तीय र प्रविधि क्षेत्रमा कार्यरत संस्था तथा व्यक्ति एवं नीतिनिर्माताहरू मात्र होइन सबै नागरिकले यसबारेमा जानकारी लिनु नितान्त आवश्यक छ ।
सन् २००७/०८ को विश्वव्यापी आर्थिक मन्दीको कारणले केही अमेरिकी बैंकहरू टाट पल्टिए । त्यसको परिणाम स्वरूप अमेरिकी डलरको भाउमा गिरावट आयो । त्यसले केन्द्रीय मौद्रिक अधिकारीमाथिको विश्वासलाई कमजोर बनायो । त्यही परिप्रेक्ष्यमा सन् २००९ मा साताकी नाकामोतो नामक व्यक्तिले बिटक्वाइन सफ्टवेयरको विकास गरेसँगै डिजिटल मुद्राको कारोबार शुरू भयो । त्यसयता विभिन्न नामका क्रिप्टो मुद्राहरू प्रचलनमा आए ।
यस्तो मुद्रालाई विश्वका धेरै सरकारले स्वीकार नगरे पनि कतिपयले स्वीकारे । नेपाल राष्ट्र बैंकले क्रिप्टोलाई प्रतिबन्ध लगाएको छ । नेपालमा क्रिप्टो मुद्रा प्रतिबन्धित भए तापनि यहाँ ठूलो मात्रामा त्यसको कारोबार भइरहेको चर्चा छ । यसबाट नेपाली पूँजी अवैध रूपले पलायन भइरहेको कुरा त्यसको अध्येता र व्यवसायी स्वयंले बताइरहेका छन् ।
सरकार वा विभिन्न देशका केन्द्रीय बैंकहरूले स्वीकार गरून् या नगरून्, विश्वमा त्यसको प्रभाव बढ्दै गयो । कुनै केन्द्रीय नियमन नभएको र वितरित खाता (डिस्ट्रिब्युटेड लेजर)मा आधारित क्रिप्टो करेन्सीको प्रभाव बढ्दै गएपछि केन्द्रीय बैंकहरू दबाबमा पर्न थाले । त्यसपछि केन्द्रीय बैंकहरू स्वयं डिजिटल मुद्रा सम्बन्धमा अनुसन्धान र निष्कासन गर्न सहमत र बाध्य हुँदै आए । केन्द्रीय बैंक डिजिटल करेन्सीहरू क्रिप्टो करेन्सीभन्दा फरक हुन् ।
केन्द्रीय बैंक डिजिटल मुद्रा विभिन्न प्रकारका छन् । विभिन्न देशमा भिन्न–भिन्न दृष्टिकोणका साथ त्यसको प्रयोग र परीक्षण भइरहेको छ । कुनै खाता आधारित अर्थात् डिक्यास मोडलमा छन् । यस्तो अभ्यास पूर्वी–क्यारेबियन मुलुकहरूमा शुरू भएको छ । ती देशहरूमा उपभोक्ताहरूले प्रत्यक्ष रूपमा केन्द्रीय बैंकमा निक्षेप खाता खोल्ने गर्छन् ।
तर चीनले त्यसको विपरीत निजी क्षेत्रका बैंकमार्फत डिजिटल मुद्रा खाता खोली कारोबार शुरू गरेको छ । युरोपीयन बैंकहरूले अनुमति प्राप्त ‘ब्लक चेन’को च्यानल प्रयोग गरी कारोबार गर्नेबारे अध्ययन शुरू गरेका छन् ।
चीनको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइनाले सन् २०१३ देखि नै केन्द्रीय बैंक डिजिटल मुद्राको अनुसन्धान शुरू गरेको बताइन्छ । अहिले विश्वभरका केन्द्रीय बैंक समेत ११४ भन्दा बढी संस्था केन्द्रीय बैंक डिजिटल मुद्राको अनुसन्धान र प्रयोगात्मक परीक्षण कार्यमा संलग्न र सक्रिय छन् । त्यसमा नेपाल पनि रहेको छ ।
अफ्रिकाको सानो टापु राष्ट्र बहामाजले सन् २०२० मा स्यान्ड डलर नामको केन्द्रीय बैंक डिजिटल मुद्रा जारी गरेको थियो । नाइजेरियाले २५ अक्टोबर २०२१ देखि इ-नाइराको प्रयोग शुरू गरेको छ । अमेरिकाले पाइलट प्रोजेक्टको रूपमा अमेरिकी र विश्वका अरू देशका बैंकहरूबीच थोक कारोबार शुरू गरेको छ । जून २०२२ मा जमैकाको केन्द्रीय बैंक, बैंक अफ जमैकाले केन्द्रीय बैंक डिजिटल मुद्रासम्बन्धी कानून बनाएको छ ।
भारतले सन् २०२२ को नोभेम्बर र डिसेम्बरमा डिजिटल रुपीको पाइलट प्रयोग थोक र खुद्रा कारोबार दुवै क्षेत्रको अध्ययन शुरू गरेको छ र १ डिसेम्बर २०२२ देखि नयाँदिल्ली, मुम्बई, बैंगलुरु र भुवनेश्वरमा त्यसको परीक्षण प्रयोग शुरू गरेको छ । त्यसमा भारतका ८ वटा निजी क्षेत्रका बैंकहरू सक्रिय रहेका छन् । सव-सहारान अफ्रिकी मुलुकहरूले एम–पेसा नामक घुम्ती मुद्रा हस्तान्तरण सेवा शुरू गरेका छन् र निकट भविष्यमा केन्द्रीय बैंक डिजिटल मुद्रा प्रयोग गर्न खोज्दैछन् ।
साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सको केन्द्रीय बैंक मिलेर ‘एबेर’ नामक संयुक्त परियोजना शुरू गरी डिजिटल मुद्रा जारी गर्न र दुई देशका आन्तरिक र अन्तरदेशीय भुक्तानी उपकरणको रूपमा प्रयोग गर्न सहमति गरेका छन् ।
पछिल्लो समयमा चिनियाँ केन्द्रीय बैंकले स्थानीय समुदायबीच विभिन्न पाइलट परियोजना सञ्चालन गरेको छ । जनतालाई त्यसको प्रयोग बढाई वस्तु तथा सेवा खरिद गर्न प्रोत्साहित गरिरहेको छ । सन् २०२२ को अगष्टसम्ममा ‘ई–सियनवाई’ अर्थात् ई–युआनको कारोबार १३.९ अर्ब अमेरिकी डलर नाघिसकेको छ ।
केन्द्रीय बैंक डिजिटल मुद्रा विच्याट पे, एप्पल पे, अलि पेभन्दा भिन्न छ किनकि स्मार्ट फोनको माध्यमबाट जब कुनै वस्तु वा सेवा खरिद गरिन्छ ती एपमार्फत एउटा खाताबाट अर्को खातामा रकम भुक्तानी गर्ने वा सर्ने गर्दछ । तर, केन्द्रीय बैंक डिजिटल मुद्रा वास्तविक मुद्रा भएकाले तिनीहरू सिक्का वा नोटको रूपमा मूल्य र छुट्टै पहिचानसहित व्यक्तिको फोनमा सुरक्षित रूपले भण्डारण हुन्छ । यो डिजिटल मुद्राको विकासमा नयाँ सीमा हो ।
नयाँ वैज्ञानिक प्रयोग सँगसँगै आजको संसार छिटो गतिले अगाडि बढिरहेको छ । त्यति मात्र होइन सरकारहरू दक्ष, पारदर्शी, जनउत्तरदायी बन्नुपर्ने दबाब पनि दिनानुदिन बढ्दै गएको छ । डिजिटल मुद्रा यसको परिणति त भन्न नमिल्ला, तर आजको सन्दर्भमा यो मुद्राले समाजलाई तुलनात्मकरूपले बढी प्रभावकारी ढंगले अघि बढाउन मद्दत मिल्दछ ।
डिजिटल मुद्राको कारोबारले दक्षता अभिवृद्धि, समयको बचत, लागत कटौती, तत्काल क्रेता र बिक्रेताबीच पहुँच र कारोबारकै समयमा तत्क्षण सम्पन्न हुने गर्दछ । यसको माध्यमबाट बैंकिङ पहुँच नपुगेका जनसंख्यामा पहुँच सहज हुन्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को भारत भ्रमणका सिलसिलामा नेपाल–भारतबीच डिजिटल पेमेन्ट प्रणाली शुरू गर्ने सहमति भएका कारणले पनि नेपालले केन्द्रीय बैंक डिजिटल मुद्राको विकास र डिजिटल पेमेन्टबारे स्पष्ट गर्न र तयारी कार्य अगाडि बढाउन जरुरी भएको छ ।
डिजिटल मुद्रा प्रयोगको विस्तार सँगसँगै सेवालाई गरीब र ज्येष्ठ नागरिकसम्म कसरी पहुँच पुर्याउने भन्ने विषयमा पनि अन्तर्राष्ट्रिय समुदायको ध्यान गएको छ किनकि त्यसका लागि अनिवार्य रूपमा स्मार्ट फोन र इन्टरनेटको पहुँच आवश्यक पर्दछ । यस समस्याको समाधानमा चिनियाँ केन्द्रीय बैंकले अफलाइनमा पनि सेवाको पहुँच हुने नयाँ प्रविधिको विकास गरेको छ । इन्टरनेटविना नै केही सेकेन्डमा भरपर्दो ढंगले भुक्तानी दिने र भुक्तानीको ग्यारेन्टी गरेको छ ।
प्रत्येक सुनौलो कुराको राम्रा र नराम्रा पक्ष हुन्छन् र यो डिजिटल मुद्राको पनि हुन्छ । हामीहरू सधैँ नयाँ प्रविधिको खतराप्रति पनि चनाखो हुनैपर्छ । केन्द्रीय बैंक डिजिटल मुद्रा पनि त्यसको अपवाद हुन सक्दैन ।
विश्वव्यापीरूपमा मात्र होइन नेपालका समेत धेरै जनताले डिजिटल भुक्तानीलाई रोजिसकेका छन् । केन्द्रीय बैंक डिजिटल मुद्राको प्रयोगसँगै नयाँ अवस्थामा फड्को मार्नेछ । हाम्रा फोनहरू हाम्रा बैंक बन्नेछन्, जसभित्र डिजिटल सिक्का वा नोटहरू भण्डारण हुनेछन् ।
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...