पुस १९, २०८०
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
काठमाडाैं | असार ६, २०८०
एउटा यस्तो सामाजिक व्यवस्था जसको जन्म समाजवादी क्रान्तिपश्चात हुन्छ, त्यो नै समाजवाद हो । उत्पादनको साधनलाई सामाजिक स्वामित्वमा आधारित बनाउनु र वर्गविहीन समाजको परिकल्पना, मानव जातिको भावनात्मक सम्बन्ध र पारस्परिक सहायतालाई स्थापित गर्नु समाजवादको चरित्र हो ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द्र)सहित चार दल सम्मिलित ‘समाजवादी मोर्चा’को घोषणाले नेपाली राजनीतिमा समाजवादको चरित्रलाई कति महत्त्व राख्ला ? सत्ता साझेदार नेकपा (एस), जसपा र सत्ताबाहिर रहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सोमवार समाजवादी मोर्चा घोषणा गरिरहँदा त्यसले दिन खोजेको सन्देशप्रति फरक–फरक धारणाहरू बनिरहेका छन् ।
समाजवादी मोर्चामा सम्मिलित तीन दल मार्क्सवादी दर्शनबाट प्रेरित छन् । पृष्ठभूमि वामपन्थी रहे पनि जसपाले मार्क्सवादी दर्शन स्वीकार्दैन । समाजवाद कस्तो हुन्छ भन्नेबारे नेकपा (माओवादी केन्द्र)को हेटौंडा एकताको महाधिवेशन (२०६९ माघ २१)मा कांग्रेसका तत्कालीन उपसभापति राष्ट्रपति रामचन्द्र पौडेल (हाल राष्ट्रपति)ले स्वागत भाषणमा भनेको भनाइ निकै रोचक थियो ।
‘प्रचण्डजी, तपाईंले समाजवादका लागि बाटो तय भयो भन्नुभएको छ । समाजवाद खहरे खोला बगेजस्तो होइन, यसले एउटा चरण पार गर्नैपर्छ भन्ने सोच्नुहोला, मेरो अग्रिम शुभकामना’, पौडेलले उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिँदै भनेका थिए ।
प्रचण्डले सोही महाधिवेशनस्थलबाट दुईवटा कुरामा जोड दिएका थिए, पहिलो ‘उत्पादन बिर्गेड’ निर्माण र दोस्रो गैरदलीय नेतृत्वको सरकार गठन । उनले घोषणा गरेको पहिलो उत्पादन बिर्गेड निर्माणपछि मुलुकलाई दश वर्षभित्र धनी बनाउने उल्लेख थियो । उत्पादन बिर्गेड समाजवादको आधार रहेको विश्लेषण उनले गरेका थिए । तर उत्पादन बिर्गेड निर्माण हुन सकेन, बरु दोस्रो बुँदा कार्यान्वयन भयो ।
तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा दोस्रो संविधान सभाका लागि चुनावी सरकार गठन भयो । दोस्रो संविधान सभाले जारी गरेको ‘नेपालको संविधान– २०७२’ को प्रस्तावनामा नै ‘समाजवादप्रति उत्तरदायी’ हुने भनी उल्लेख गरियो । संविधानमा उल्लेख भएजसरी समाजवादप्रतिको उत्तरदायित्व अहिलेसम्मका सरकारले व्यवहारमा उठाएको देखिएन ।
मार्क्सवादी दर्शनलाई तिलाञ्जली दिएर समाजवादी मोर्चाका लागि पहल गरिरहेका डा. बाबुराम भट्टराई मंगलवार घोषणा गरिएको समाजवादी मोर्चामा सामेल भएनन् ।
समाजवादी मोर्चा घोषणापछि डा. भट्टराईले टिप्पणी गर्दै भनेका छन्, ‘कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थका निम्ति भित्री र बाहिरी शक्तिहरूसँग बार्गेनको हतियार बनाउने दुष्कर्म नहोस् । केहीलाई सधैं र धेरैलाई केहीबेर ठग्न सकिन्छ, तर सबैलाई सधैं ठग्न सकिन्न भन्ने हेक्का रहोस् ।’
नेपाली राजनीतिमा पछिल्लो समय पुरानो र नयाँ राजनीतिक दल भन्ने भाष्य निर्माण भइरहेका बेला घोषित समाजवादी मोर्चाप्रति भट्टराईको भनाइले गहिरो अर्थ राख्छ ।
समाजवादी मोर्चा निर्माणका लागि प्रचण्डसँग उनले धेरथोर ‘होमवर्क’ गरेका हुन् । उनले भित्री उद्देश्य बुझेर मोर्चा कसरी निर्माण भएको छ भन्नेबारे राजनीतिक प्रश्न गरेका छन् ।
अर्को के सत्य हो भने जो मोर्चामा आबद्ध छन्, उनीहरू प्रयोगमा आइसकेका पात्रपहरू नै हुन् । जसका सिद्धान्त, आचरण, विचारले मुलुकको मुहार फेर्छ भन्ने आशा जाग्ने स्थिति छैन ।
‘माओवाद’लाई कहाँ सेलाउने भन्ने कुरा प्रचण्डलाई पछिल्लोपटक समस्याका रूपमा देखिएको छ । माधव नेपाललाई ‘जबज’को ‘ह्याङ’ बिर्सनुपर्ने छ । उपेन्द्र यादवलाई मधेशवादी गौर काण्डको दाग पुछ्नुछ ।
अलिक भिन्न पात्रजस्ता देखिने नेत्रविक्रम चन्द ‘विप्लव’को ‘सशस्त्र संघर्ष’ चन्दा असुलीपछि छिन्नभिन्न भयो । अहिले उनका सहकर्मीहरू तितरबितर भइसकेका छन् । आफ्नो क्रान्तिकारी धार कसरी अवतरण गराउने भन्ने समस्यामा रहेका पात्र हुन्, विप्लव ।
सत्ता गठबन्धनमै रही छुट्टै मोर्चा निर्माण कसैका विरुद्ध होइन भनेर उद्घोषसँगै १५ बुँदे प्रतिबद्धता समेत सार्वजनिक गरिएको छ । त्यसमा संघीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक, आर्थिक न्यायसहितको ‘नेपाली विशेषताको समाजवाद’को स्थापना गर्ने उद्देश्य राखेको औंल्याइएको छ ।
शब्दमा नेपाली विशेषताको समाजवाद भनिए पनि त्यसको व्याख्या गरिएको छैन, बरु संसदीय अंकगणितको हिसाबमा ५४ सीटको मोर्चा बनेको छ । समाजवादको यात्राभन्दा सत्ताका लागि शक्ति सञ्चय गर्ने उद्देश्यका साथ मोर्चा गठन भएकोमा कसैको शंका छैन ।
कसैका विरुद्ध मोर्चा होइन भनेर बारम्बार भनिए पनि यसले अन्ततः दुई ध्रुवीय राजनीतिलाई मद्दत पुगेको छ । समाजवादी खाकाको दार्शनिक पक्ष कहीँ उल्लेख गरिएको छैन ।
परम्परागत दल वा नयाँ भनिनेहरूले उठाएका एजेन्डालाई पूरा गर्ने ध्येय राखेर समाजवादको कोरा कल्पना अन्ततः खहरे खोला नै हो । समाजवादको बहस छेड्दै गर्दा बरु दुईध्रुवीय राजनीतिका लागि समाजवादी धार र नवउदारवादीहरूले आ–आफ्नो नीति तथा कार्यक्रममा बहस गर्दा उपयुक्त हुन्छ ।
वर्तमान परिस्थितिका लागि राजनीतिक सहकार्य अपरिहार्यता हो । मुलुकसामु देखिएको राजनीतिक चुनौतीको मुख्य कारण अस्थिरता हो । बहुदल आएपछि मुलुकले २८ वटा प्रधानमन्त्री पायो, तर त्यसको परिणाम सामाजिक अराजकता, सांस्कृतिक मूल्यहरूमाथि विघटन प्रक्रियाको तीव्रता र आर्थिक संकट बढ्दो छ ।
यी तमाम समस्या समाधानका लागि बलियो राष्ट्रिय राजनीतिक शक्ति निर्माण आजको आवश्यकता हो । जुन ढंगले समाजवादी मोर्चा घोषणा गरियो यो अर्को राष्ट्रिय समस्याको रूपमा उपस्थित हुने झन् ठूलो खतरा बढेको छ ।
समाजवादलाई सरल भाषामा बुझ्दा समाजवादी जनवाद, श्रम, विश्राम, स्वास्थ्य रक्षा, वृद्धावृद्धको सुरक्षा, आवास, निःशुल्क शिक्षा, कानूनमा नागरिकको समान पहुँच हुनु हो । यी मूल्य मान्यतामा समाजवादी मोर्चा घोषणा भएको देखिन्न, बरु यो उग्र वामपन्थीहरूको दक्षिणपन्थमा अवसान मात्रै हो ।
जनताले विश्वास गर्न छाडिसकेकाले आफ्नो पुरानो साख कसरी जोगाउने भन्नेमा मोर्चाको मूल ध्यान गएको देखिन्छ । प्रचण्डलाई माओवाद छाड्न हतार छ । मार्क्सवादी दर्शनबाट विमुख भएर आध्यात्मवादतिरको पछिल्लो यात्रा त्यसैको संकेत हो ।
उग्रवामपन्थी धारमा रही हतियार उठाएर विफल भएका विप्लव, मधेशवादीहरूबाटै जनमत गुमाएका उपेन्द्र, एमाले छाडेर ‘जनताको बहुदलीय जनवाद’ (जबज)बाट मुक्त हुन चाहेका माधवकुमार नेपालहरूका लागि ‘समाजवादी मोर्चा’ केही समयका लागि ‘टाइम पास’ मात्रै हुनेछ ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...