मंसिर १५, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
काठमाडाैं | असार ८, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो वार्षिकोत्सव मनाएको छ । पार्टी स्थापनको एक वर्ष छोटै अवधि भए पनि रास्वपाले राष्ट्रिय राजनीतिमा बलियो उपस्थिति जनाएको छ ।
पार्टी स्थापनाको पाँच महिनामै भएको आम निर्वाचनमा रास्वपाले परम्परागत दलहरू प्रभावविरुद्ध सनसनीपूर्ण नतिजा ल्यायो । सञ्चार कर्म छोडेर राजनीतिमा हामफालेका सभापति रवि लामिछानेले छोटो तयारीमै चुनावमा प्रभावशाली नतिजा ल्याउन सफल भए । गत ४ मंसिरको निर्वाचनमा प्रत्यक्षमा ७ र समानुपातिकमा १३ सिट जिताउन उनी सफल देखिए । सहरी मतदाता र युवाको मत आफ्नो पक्षमा पारेको रास्वपाले वैशाखमा भएको उपनिर्वाचनमा झन् आँधीबेहरी नै ल्यायो ।
स्थापनाको छोटो समयमै चुनावमा प्रभाव, सरकारमा सहभागिता, नागरिकता प्रकरणमा सभापतिको सांसद पद खारेज, मन्त्री फिर्ता र सरकारलाई समर्थन कायम राखेर रास्वपा वैशाखको उपनिर्वाचनमा होमिएको थियो ।
परम्परागत कांग्रेस र एमालेका उम्मेदवारलाई पाखा लगाउँदै चितवन २ र तनहुँ १ मा रास्वपाका उम्मेदवारले सानदार जीत दर्ता गरे । रविले ४ मंसिरमा भन्दा उपनिर्वाचनमा झन् मत बढाए । कांग्रेसबाटै विद्रोह गरेर आएका स्वर्णिम वाग्लेले रामचन्द्र पौडेल जितेको क्षेत्रमा सानदार जीत दर्ता गरे ।
उपनिर्वाचनपछि रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो । समर्थन फिर्ता लिएर विपक्षी भएपछि रास्वपाले सम्पूर्ण ध्यान पार्टीको संगठन विस्तार र २०८४ को निर्वाचनतिर मोडेको छ । सभापति लामिछानेले आगामी स्थानीय तह र प्रतिनिधिसभा निर्वाचनको तयारीमा पार्टी जुटिसकेको घोषणा गरेका छन् ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माओवादी हावी भयो । तर त्यसबाहेकका अरू निर्वाचनमा कांग्रेस–एमाले आलोपालोजस्तो पहिलो दल बन्दै आएका छन् । तर निर्वाचन र उपनिर्वाचनमा नयाँ दल रास्वपाप्रति देखिएको सहरी मतदाता र युवाको आकर्षणले परम्परागत दल दबाबमा देखिएका छन् ।
उपनिर्वाचनले प्रभाव क्षेत्रमै प्रमुख दलको मत कटौतीमा परेको छ । साथै गठबन्धन गर्दा समेत नयाँ दललाई चुनौती दिने गरी मतदातामा प्रभाव पार्न नसक्दा कांग्रेस र माओवादी पनि दबाबमा आएका छन् । एमालेले आफ्नै पार्टी सदस्यको मतसमेत ल्याउन नसक्दा रास्वपा अर्को चुनावमा चुनौती बनेर उभिने पक्का जस्तै देखिएको छ, जबकि रास्वपाले अझै राम्रोसँग दलको आकार ग्रहण गरिसकेको छैन ।
उपनिर्वाचनमा कांग्रेस, माओवादी, नेकपा एसले चितवन २ र तनहुँ १ मा तालमेल गरेका थिए । तर चितवनमा रविले यो गठबन्धनको र एमालेका उम्मेदवारले पाएकोभन्दा पनि बढी मत ल्याएर जिते । यसले चुनावी गठबन्धन झन् जोखिम हुने सन्देश दिन रवि सफल भएका छन् ।
नयाँ दलले उठाएका भ्रष्टाचार, महंगी, मूल्यवृद्धि, बेथिति र विसंगतिको पपुलिस्ट मुद्दाप्रति सहरी मतदाता र युवाको आकर्षण देखिएको छ । नयाँ दलको प्रभाव क्रमशः गाउँतिर पनि विस्तार हुँदै छ ।
‘रास्वपासँग मुलुक बनाउने भिजन र नीति-कार्यक्रम छैन, २१ सिट जित्दैमा एमाले आत्तिँदैन’
एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पुराना दलको तौरतरिकाविरुद्ध गत निर्वाचन र उपनिर्वाचनबाट रास्वपाले मत बटुलेको टिप्पणी गर्छन् ।
‘पुराना पार्टीको आचरण, व्यवहार र काम गर्ने तौरतरिकाबाट जनता आजित भएर रास्वपालाई मत दिएका हुन् । तिमीहरूले आफूलाई सुधार र आन्तरिक लोकतन्त्रलाई बलियो बनाऊ भन्ने मत त्यो दलमा देखिएको हो’ गुरुङ भन्छन्, ‘हामीविरुद्ध आवेग, आक्रोश र असन्तुष्टिभन्दा रास्वपासँग मुलुक बनाउने भिजन र नीति कार्यक्रम छैन । यसैले हामी डराइहाल्न आवश्यक छैन ।’
२०६४ सालमा माओवादी पनि आँधीबेहरी बनेर आएको, विवेकशीलले नयाँ दलको रूपमा आशा जगाउन खोजे पनि सफल नभएकोले रास्वपाले २१ सिट जित्दैमा एमाले नआत्तिने उनको भनाइ छ ।
‘२०६४ मा माओवादीले देशै खाने भोजस्तो देखिएको थियो । तर त्यसयता माओवादी लागेको लागेको दुनियाँले देखेको छ । अघिल्लो निर्वाचनमा विवेकशील पार्टीले उस्तैगरी हल्ला खल्ला गरेको थियो । तर केही भएन’ उनले भने, ‘त्यसैले यसपटक २७५ मा रास्वपाले २१ सिट ल्याउनु केही होइन । कांग्रेसको नेता र संगठन राम्रो छैन । नीति र संगठन राम्रो भएकोले एमालेले कार्यशैलीलाई सुधारे फेरि मत एमालेतिरै फर्किन्छ भन्नेमा ढुक्क छौँ ।’
रास्वपा चुनौतीजस्तो देखिए पनि सच्चिन तयार हुँदा ठूलो जोखिम नहुने उनको तर्क छ । ‘रास्वपा चुनौती हो । तर हामीले राम्रो बन्ने, आचरण र व्यवहार सुधार्ने र प्रजातान्त्रिक बन्ने हो भने डराउनुपर्दैन,’ गुरुङ भन्छन्, ‘परिवर्तन धान है भनेर हाम्रो मत उता गएको हो । प्रजातान्त्रिक बन तर रोबर्ट मुगाबे नबन भन्ने मत देखिएको हो ।’
‘आफू सुधारिँदा जुन दल आए पनि कांग्रेस डराउनु पर्दैन, सच्चिएनौं भने विकल्प पनि खडा हुँदैछ’
कांग्रेस नेता अर्जुननरसिंह केसी रास्वपा होइन परम्परागत दलको विधि विहीनता र गिरोहतन्त्र नै चुनौती रहेको बताउँछन् । ‘उहाँहरू (रास्वपा) आफैंमा चुनौती होइन । हाम्रो विकृति, विधिविहीनता, स्वार्थ र गिरोहतन्त्रको फाइदा उहाँहरूले संकलन गर्नुभएको हो,’ केसीले लोकान्तरसँग भने, ‘हामी २००७ सालदेखिका परिवर्तनको नेतृत्व गर्ने दल हौं । हामीले परिवर्तन गरेर ल्याएको व्यवस्थामा अरू दल पनि फक्रिने मौका मिलेको हो । हामी आफू सुधारिँदा जुन दल आए पनि डराउनु पर्दैन ।’
गत चुनावबाट २१ सिट जिते पनि रास्वपाको संगठनको शक्ति नभएको केसी बताउँछन् । ‘एक वर्षमा जति मत रास्वपाले पोको पारेको छ । ती हाम्रै विकृति विरुद्धका मत हुन् । जनता परिवर्तनको पक्षमा छन् । हामीले सुधार्न नसक्दाको मत हो । जनजीविकाका सवाल र विकृतिविरुद्धका मुद्दाप्रति नागरिकले आशा गरेको देखिन्छ । यस्तो मुद्दा उठाउनेले समर्थन बटुलेको मात्रै देखियो,’ केसी भन्छन्, ‘तर रास्वपाले संगठन र शक्तिले यो मत ल्याएको होइन । हाम्रो गल्ती र कमजोरीको मत आएकाले हामी सुध्रियौं भने आत्तिनुपर्दैन ।’
कांग्रेस स्थानीय तह, प्रदेश र केन्द्रमा सबैभन्दा ठूला दल छ । तर कांग्रेसका जिम्मेवार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका पछिल्ला अभिव्यक्तिमा चरम डर देखिन्छ ।
पार्टी केन्द्रदेखि स्थानीय तहसम्म पहिलो हुँदा पनि उनीहरू खुशी छैनन् । उनीहरू दुवैजना महामन्त्री छन् तर डेढ वर्ष अघिमात्रै आएको नेतृत्व बीचमै नफेरिए कांग्रेसलाई संकट आउने तर्क गरिरहेका छन् । सहरी मतदाता र युवा पुस्ताको मत रविको रास्वपाले लगेपछि अर्को चुनावको सम्भावित परिणामलाई लिएर उनीहरूमा अहिलेदेखि नै डर देखिएको छ ।
तर सच्चिन तयार नभए २०८४ को चुनाव परम्परागत शक्तिका लागि ठूलो चुनौती हुने केसी स्वीकार्छन् । ‘एक वर्षमा उहाँहरूले गर्नुभएको उपलब्धिको लागि शुभकामना नै छ । किनकि लोकतन्त्रको विकल्पमा लोकतान्त्रिक पार्टी आउनु शोभनीय नै हो,’ केसी भन्छन्, ‘हामी सच्चिएनौं भने अब हाम्रो विकल्प पनि खडा हुँदैछ भनेर हामीले बुझ्नुपर्छ । जनताले पनि विकल्प हेरिरहेका छन् हामी बिग्रँदा जनतालाई अरूलाई साथ दिँदा रहेछन् भनेर कांग्रेसले बुझ्नुपर्छ ।’
नयाँ दलको उदयले बिग्रँदै गएका दललाई सुधार्ने मौका दिनु सकारात्मक भएको केसी बताउँछन् । ‘नयाँ दल उदाउँदा नराम्रो मात्रै हुँदैन बिग्रँदै गएका दल आफैं सुधारिनुपर्ने सन्देश पनि हो’ केसी भन्छन् ।
पाँच वर्ष नागरिकका सवाल उठाउन अधिकतम काम गर्छौँ : रवि लामिछाने
पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा रास्वपा सभापति रवि लामिछानेले दलहरूको समाजवादी मोर्चा आफ्नो लागि नौलो नभएको बताए ।
‘दलहरूले गठबन्धन चुनावमा गरेका होइनन् र ? डा. स्वर्णिम वाग्लेको निर्वाचन क्षेत्रमा गरेको होइन र ? दलहरूको लागि नयाँ होला त्यो मोर्चा, हाम्रा लागि नौलो कुरा होइन । घोषित, अघोषित मोर्चा तोडेर गत उपनिर्वाचनमा नयाँ रेकर्ड नै राखेका हौं । उहाँहरूको कदममा मैले केही प्रतिक्रिया दिनुहुँदैन, त्यो अरू दलको कुरा हो । तर, हामीले नदेखेको दल चाहिँ देखेको छैन ।’
रविले सरकारमा जानुभन्दा प्रतिपक्षमा बसेर अर्को चुनावमा जाने सुझाव आइरहेको पनि बताएका छन् । ‘हामी सरकारमा नेतृत्व गर्ने हो भने पनि प्राथमिकता के हो भनेर छुट्याएका छौं । तर तत्काल सरकारमा जानु हुँदैन भन्ने मत बलियो छ,’ रविले पार्टी स्थापनाको पहिलो वर्षमा भने ।
अबको पाँच वर्षमा संगठन र नागरिकका सवालमा उठानमा अधिकतम काम गर्न तयार रहेको पनि उनको प्रस्टोक्ति छ । ‘हाम्रा सांसदहरूले संसददेखि संसदीय समितिमा कसरी नागरिकका सरोकारलाई उठाउने भन्नेमा ध्यान केन्द्रित गरिरहनुभएको छ,’ रविले भने, ‘यो पाँच वर्ष हामी नागरिकका सवाललाई उठाउन अधिकतम काम गर्न तयार छौं ।’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...