×

NMB BANK
NIC ASIA

आलेख

कांग्रेसलाई रूपान्तरणको सन्देश– झुसिल्किरै रहने कि पुतली बन्ने ?

काठमाडाैं | असार १७, २०८०

NTC
Premier Steels

एउटा सुन्दर कविताबाट आजको प्रसंग प्रारम्भ गरौं, जसले फरक प्रसंगलाई पनि लाक्षणिक वा सांकेतिकरूपमा चित्रण गर्दछ ।

Muktinath Bank

झुसिल्किरा अहा! कस्तो कति कोमल सुन्दर,


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शान्त सौम्य र निर्दोष हेर्दैमा छ मनोहर ।


Advertisment
Nabil box
Kumari

खरायोको ऊन जस्तै भुवाको वस्त्र कोमल,

Vianet communication

मौन वाणी, स्निग्ध आँखा, चाल चल्दछ सल्बल । ।

 

अनगिन्ती हात गोडा कहाँ के-के समाउँछ,

बगैँचाको हरियोमा राज गर्दै रमाउँछ ।

कमला फूलका पत्र, कमला पातका मुना,

निःशब्द भै चपाएर पचाइबस्छ दिन्दिन । ।

 

फूलका पत्रको खाजा, बास्ना केशरको धुलो,

सुग्घरी ठाँटमा बस्छ, लाग्न दिन्न कतै हिलो ।

फूलबारी छ बिर्ता झैं, माली छन् सब सेवक,

पुर्पुरो नै बलियो छ, झुसिले मोज गर्दछ । ।

 

न कुनै कामको चिन्ता, न मनमा कुनै व्यथा,

फूलको डसनामाथि परीको कल्पना कथा ।

चराचुरुङ्गी छन् शत्रु, देख्तैमा चाल पाउँछ,

कुनातिर लुकी बस्छ, भित्रभित्रै हराउँछ । ।

 

मालीले छुन खोज्दामा उसका कलिला भुवा,

चिलाउने झुस बन्छन् मालीको हुन्छ दुर्दुवा ।

सिन्को लिई चलाएमा गुँडुल्किन्छ सरक्कन,

दया लाग्दो बनी बस्छ मन नै थाल्छ पग्लन । ।

 

विभिन्न रङका फूल खाएर तिनको रस,

पखेटामा सजाएर पुतली बन्न पुग्दछ ।

आकाशमा शयर गर्छ, मस्कँदै मस्त चालमा,

परीझैँ पुतलीसाथ नाचे झैं ताल तालमा । ।

 

विश्व नै उसको देश स्वागतम् छ सबैतिर,

सबैतिर छ सम्मान चर्च या मठ मन्दिर ।

फूलकै पत्रका बीच हुर्कन्छन् उसका भुरा,

कहिलेको पुण्यले हो भाग्यमानी झुसिल्किरा । ।

-कवि रमेश खकुरेल

किराहरूमध्ये झुसिल्किरा निकै खञ्चुवा र हानिकारक हुन्छ । यसले बालीनाली बिगार्छ । यसैगरी डालेघाँस पनि सखापै पार्छ ।  विभिन्न सर्वेक्षणले के देखाएको छ भने झुसिल्किराको प्रकोपका कारण नेपालभरीका किसानहरू प्रताडित छन् । उनीहरूका बाख्रा पालन, भैँसी पालन, तरकारी खेती, अन्नबाली र टपरी उद्योग समेत सखाप भएका छन्, त्यसैले यसलाई किराहरूमध्ये निकै खतरनाक मानिन्छ ।

पुतलीको अण्डाबाट निस्कने लार्भा नै झुसिल्किरा हो, जो किराहरूमा निकै बदनाम छ । जब झुसिल्किरा पुतली बन्छ, फेरि प्रतिष्ठित बन्छ । यसको जीवनचक्र यही हो । पुतली छोटो समय लगभग दुई हप्ता बाँच्छ तर शानका साथ । गतिशील हुन्छ । प्रकृतिलाई थप सुन्दर बनाउँछ । मान्छे पुतलीसँग हुरुक्क हुन्छ । नजिकिन खोज्छ । समाउन खोज्छ र असाध्यै प्रेम गर्छ, तर झुसिल्किरा भने घृणाको पात्र हुन्छ । पुतलीको पूर्वरूप भए पनि कर्मले गर्दा छि छि! दुरदुर गरिन्छ । एक प्रकारले निष्प्राणजस्तो देखिएर गुडुल्किएरै जीवनचक्र पूरा गर्दछ, तर अस्तित्वविहीन भएर ।

जनस्य गोपा अजनिष्ट जागृतिः - सामवेद ।

सनातन धर्मका प्रमुख धर्मग्रन्थ चारवेदमध्ये सामवेदको महत्त्वपूर्ण विचार हो यो । अर्थात् जागृत व्यक्तिले मात्र समुदायको रक्षा गर्न सक्छ । यसलाई वृहत् अर्थमा बुझ्नुपर्छ । जन्मको तात्पर्य बुझेको वा अन्त:स्करण खुलेको र मानव सभ्यताप्रतिको दायित्व थाहा पाएको व्यक्तिले मात्र लोककल्याणकारी कार्य गर्न सक्छ । र, विभिन्न संकटबाट समुदायलाई जोगाउन सक्छ । समुदायको रक्षा भनेको उसको भूगोल, नश्ल, बहुमूल्य परम्परा, भाषा, संस्कृति र पहिचान नै हो । समाजका सबै समुदायले आफ्नो भरपर्दो सुरक्षा चाहन्छन् । यस वास्तविकतालाई औसत व्यक्तिले छाम्न र बुझ्न सक्तैन । मानव सभ्यताका सबै धाराहरू यसै मान्यतामा अडिएका हुन्छन्, त्यसैले कसैले पनि कसैको अस्तित्व माथि खेलबाड गर्नु हुँदैन, नजरअन्दाज गर्नु हुँदैन ।

समयक्रममा व्यक्तिको चालचलन र व्यवहारले उसको योग्यता पुष्टि गर्दछ । दुनियाँमा धेरै मानिसहरूले धेरै ठूल्ठूला भूमिका प्राप्त गरे, तर मान्छेका नजरमा आफूलाई गतिला सावित गर्न सकेनन् । उनीहरूसँग नाम चलेका विश्व विद्यालयका ठूल्ठूला डिग्री थिए, विद्वान देखिन्थे, ज्ञानी मानिन्थे, सफल ठानिन्थे, तर उनीहरूमा शिक्षाको सर्वथा कमी थियो । मानिसहरूलाई लाग्नसक्छ- धेरै पढेपछि शिक्षित भइन्छ, तर वास्तविकता के हो भने मानिसमा भएको ज्ञानलाई हटाइदिने र बाँकी जे रहन्छ हेर्ने हो भने त्यो मात्र शिक्षा हो । माथि नै उल्लेख भैसक्यो कि मानिसको आनिबानी, संस्कार र व्यवहार नै शिक्षा हो ।

अलिकति पढेपछि, थोरै पैसा कमाएपछि र सानोतिनो ओहोदामा पुगेपछि मान्छे अहंकारी बन्छ र आफूलाई अरूभन्दा उच्च देखाउन थाल्छ । यसलाई अंग्रेजीमा 'मेगालोमेनिया' भनिन्छ । यस रोगबाट हाम्रो समाज ग्रस्त छ । सबैभन्दा बढी त राजनीतिज्ञहरू ग्रसित छन् । नेपालको राजनीतिमा पदारुढहरूको एउटा वर्ग छ, जसले आफूलाई अरूभन्दा फरक र निकै उच्च ठान्छ । त्यस्ता अहंकारीहरूले हाम्रो समाजको सनातन सौहार्दतालाई बिथोलेका छन् । उनीहरूमा भएको शक्तिको सनकपूर्ण अभ्यासले हाम्रो समृद्ध सभ्यतामा निरन्तर प्रहार गरेको छ । यिनीहरू झुसल्किरा जस्तै हुन्, जसलाई आफ्नोबाहेक अरूको चिन्ता छैन । देश, समाज र सिंगो मानव जातिले भोग्नु परेका पीडाप्रति कुनै सरोकार छैन ।

नेपाली कांग्रेस रुपान्तरण अभियानमा सहभागी साथीहरूले कांग्रेसलाई पुतली बनाउने कि झुसिल्किरा नै रहन दिने भनेर प्रश्न गर्दा शुरूमा धेरैजना अल्मलियौं । छलफलका क्रममा पुतलीको जीवनचक्र थाहा पाएपछि सबैले संकल्प गर्‍यौं कि पुतली बनाएरै छाड्ने । पूरा जीवनचक्र सफल हुन सकेन भने लार्भा पुतली नबन्न पनि सक्छ । लार्भापीडित किसान या कृषि उद्यमीहरूले किटनाशक औषधी छर्किएर पुतलीको जीवनचक्र रोकिदिन पनि सक्छन्, किनभने झुसिल्किराको प्रकोपले मान्छेको जीवनचक्रलाई तहसनहस पारिदिएको छ ।

यतिबेला कांग्रेसले गर्नुपर्ने धेरै कामहरू छन्, यसका दुईवटा पक्ष छन्, आन्तरिक र बाह्य । अहिले सरसरती हेर्दा दुवै क्षेत्र अव्यवस्थित छन् । र, दुःखको कुरा जिम्मेवारी पाएको पक्ष कुम्भकर्ण निद्रामा छ । कहाँ के बिग्रेको छ र ? भनेझैं निस्फिक्री देखिन्छ । यसले निकट भविष्यमा ठूलो विनाश निम्त्याउँदैछ । यसको हेक्का पटक्कै देखिँदैन । लापरवाहीको चरम नमूना यो भन्दा अर्को पाइँदैन । मनमा जागृति या होश नभएपछि हुने यस्तै हो ।

सामाजिक उत्तरदायित्व लिएपछि बेहोशी हुन पाइँदैन । तर, जिम्मेवारीमा रहनु भनेको स्वेच्छाचारी बन्न पाउनु हो भन्ने बुझाइ छ । लोकतान्त्रिक शासन व्यवस्थामा सुझाव र आलोचनालाई दिशानिर्देश मानिन्छ । मन, वचन र व्यवहारले लोकतान्त्रिक भएका व्यक्ति वा शक्तिले विरोधको आमन्त्रण गर्दछन् र बाटो पहिल्याउँछन् । फगत आवरणले लोकतान्त्रिक देखिने पात्र र प्रवृत्तिले आलोचना रुचाउँदैनन् । समयक्रममा आफू पनि डुब्छन्, संस्था र देशलाई पनि डुबाउँछन् । सबै डुबेपछि पुर्पुरोमा हात लगाएर बस्नुको अर्थ रहँदैन ।

हामी सबैले बुझ्नुपर्छ कि कुनै पनि जिम्मेवारी पूरा गर्न सकिएन भने र आफूमाथि प्रश्न उठ्यो भने सहकर्मीलाई मार्गप्रशस्त गर्नुपर्छ । नेपालको राजनीतिमा यो प्रसंग ठ्याक्कै मेल खान्छ । वर्षौं सत्तामा बस्दा पनि देशका लागि उल्लेखनीय कार्य गर्न सकिएन भने अरूलाई पालो दिनुपर्छ । यस सन्दर्भमा कांग्रेस अपवाद हुन सकेन । न सरकार न दल, कुनै पनि राम्रो चलाउन नसकेकै हो ।

अहिले गठबन्धन सरकार छ र यसको ठूलो घटक कांग्रेस हो । प्रधानमन्त्री जोसुकै भएपनि सरकारको कार्यसम्पादन र यसको प्रभावकारीताप्रति कांग्रेस जवाफदेही हुनुपर्छ । राम्रोको जश र खराबीको अपजस कांग्रेसले नै बोक्नुपर्छ । बितेका ६ महिनामा भष्टाचारको एउटा विषयबाहेक कहाँ के काम भयो, कसैलाई थाहा छैन । ६ महिना राम्रो कार्यको प्रभावकारी शुरूआतका लागि पर्याप्त समय हो । सरकारको शासकीय शैली बिल्कुल परम्परागत छ । सुधारको कुनै संकेत देखिँदैन ।

यसको जिम्मा कसले लिने ? कांग्रेस झुसिल्किराजस्तो गुँडुल्किएर बसेको छ । परचक्रीहरूको निशाना बनेको छ । किसानहरूले छर्ने किटनाशक औषधीको प्रभावमा पर्‍यो भने जीवनचक्र पूरा हुन पाउने छैन । पुतली बन्ने प्रक्रिया अधुरै रहन्छ । तसर्थ, आफ्नो जीवनमाथिको जोखिमलाई ख्याल गरेर कसरी सुरक्षित रूपमा पुतली बन्ने भन्ने चिन्तनमा अघि बढ्नु वर्तमानको दायित्व हो । यसका लागि आफ्नो होशलाई ठेगानमा राख्नु पर्दछ । सामवेदको मार्गदर्शन पनि यही हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x