मंसिर १५, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो काम गरेबापत एमालेलाई सरकारमा जान नदिन निरन्तर प्रयास भइरहेको टिप्पणी गरेका छन् ।
‘देश समृद्धि होस्, जनता सुखी रहून्’ भन्ने ध्येयका साथ काम गरिरहँदा पनि केही मानिसहरू एमालेलाई सरकारमा पुग्न नदिनका लागि अनेक उपायको खोजीमा लाग्ने गरेको ओलीको भनाई छ ।
सोमवार भक्तपुरमा निर्माण गरिएको ‘छोरीको घर ज्येष्ठ नागरिक आश्रम’को उद्घाटन गर्दै उनले आफू भने कुनै प्रतिफलको आशा नगरी देश र जनताको समृद्धिको काममा लागिपर्ने बताए । ओलीले आफू सरकारमा नभए पनि देश र जनताका लागि केही न केही काम गरिरहेको दाबी समेत गरे । उनले आफू सरकारमा सहभागी भएको बेला शुरू गरिएको ज्येष्ठ नागरिक भत्ता ४ हजार पुर्याउने लगायतका थुप्रै काम आफूले गरेको तर त्यसको जस आफूलाई नै दिनुपर्छ भन्ने मान्यता नलिएको पनि पटक–पटक दोहोर्याए ।
अध्यक्ष ओलीले देश र जनताको सेवा गरेबापत प्राप्त हुने सन्तुष्टि नै आफ्नो लागि सबैभन्दा ठूलो प्राप्ति हुने गरेको बताए । उनले आफूले नै सडक बालबालिकाको व्यवस्थापनको काम शुरू गरेको, दुर्गम ठाउँहरूको अन्त्य हुने गरी सडक सञ्जाल निर्माणको काम शुरू गरेको भए पनि त्यसको श्रय लिनुपर्छ भन्ने नलागेको बताए ।
उनले भने, ‘कमसेकम के चाहिँ भन्न सक्छु भने म सरकारमा हुँदा ज्येष्ठ नागरिक भत्ता शुरू गरिएको थियो । पछिल्लो पटक म सरकारमा हुँदा ज्येष्ठ नागरिक लगायत एकल महिला, असक्तता भएका व्यक्तिहरू, अपाङ्गता भएका व्यक्तिहरू समेतलाई प्रतिमहिना ४ हजार दिने गरी त्यो प्रबन्धमा मैले पुर्याएको छु आफैंले निर्णय गरेर । हाम्रा बालबालिकाहरू अनाथ भएर, सडकमा खाते भएर बस्न सक्दैनन्, नेपालमा त्यस्तो सुहाउँदैन भनेर बालबालिकाहरू खाते भएर सडकमा अलपत्र पर्ने होइन, त्यसको व्यवस्था सरकारले गर्छ भनेर मैले ती बालबालिकाहरूको प्रबन्धहरू, कोही पनि सडकमा हुनुहुन्न भनेर तिनको खाने, बस्ने, पढ्ने प्रबन्ध, त्यो शुरू गराएँ । नेपाल भिखमंगाको देश होइन भनेर भिख माग्न कसैले नपरोस् भनेर, सोधेर, खोजेर भिख माग्नु नपर्ने स्थिति बनाइयो । सडकमा अलपत्र परेका मानिसहरूलाई विभिन्न संघसंस्थाहरूसँग मिलेर तिनको व्यवस्थापन गर्ने प्रबन्ध गरिएको हो र नेपालका बाटाघाटाले नेपाल जोडियोस् । दुर्गम ठाउँ कहीँ पनि नरहोस् भनेर हुलाकी बाटो थियो । त्यसलाई राजमार्ग बनाइएको हो २ लेनको । मदन भण्डारी राजमार्ग नयाँ बनाइएको हो । पुरानो राजमार्गलाई ४ लेन, ६ लेनको बनाइएको हो । जनकपुरमा रेल ल्याइएको हो । पूर्वपश्चिम रेलको लेन बनाइएको हो । मध्य पहाडी राजमार्ग खनाइएको हो । अब मध्यपहाडी राजमार्गबाट यही मंसिरको अन्त्यतिर पश्चिमबाट शुरू गरेर पूर्व पहाडै–पहाडतिरबाट जाने यो योजना बनाएको थिए र मैले दुर्गमभन्दा दुर्गम ठाउँहरू नेपालको हिमाल पारीका गाउँहरू म घुम्न गएको छु, चाहे मिली भ्याली होस्, चाहे रुवि भ्याली होस् । चाहे अरु ठाउँहरू हुन् । झापाको मात्रै कुरा होइन नि ! म देशभरका जनतालाई माया गर्छु । झापाको बाटो बनाउने कुरा होइन, म देशभर बाटो बनाउँछु । झापाका जनतालाई मात्रै खानेपानीको व्यवस्था गर्ने होइन, देशभरका जनतालाई खानेपानीको व्यवस्था गर्छु भन्ने मेरो उद्देश्य हो । मेरा ठाउँका, मेरा गाउँका ज्येष्ठ नागरिकहरूलाई मात्रै होइन, देशभरका ज्येष्ठ नागरिकलाई व्यवस्था गरिनुपर्छ भन्ने कुरा हो । यो बापत मैले श्रेय पाउँ भनेर होइन । मलाई श्रेय पाउनु/नपाउनुसँग खासै अर्थ राख्दैन । कसैले राम्रो भनोस्, राम्रो नभनोस् तर राम्रो काम चाहिँ गर्नैपर्छ । राम्रो काम अनवरत गरिरहनुपर्छ । गर्दै जानुपर्छ । कसले के भन्यो भन्ने कुरा होइन । कसैले भन्न सक्ला– कस्तो लोभी रहेछ ? परलोकमा पनि सुख पाउन यस्तो यस्तो काम गरिरहेछ भनेर आरोप लगाई दिन्छन नि ! विजय मूर्तिजीले यो काम गर्नुभएको छ । आ, यो परलोक सपार्नका लागि यो काम गरेको हो भनेर आरोप लगाइदिन सक्छन् । अब के गर्नुहुन्छ ? परोलोक कसैले देखेको छैन । यसको कुरा नगरौं तर यो लोक बनाउनुपर्छ । यो लोकलाई बनाउनुपर्छ आनन्दमय । समृद्ध देश र जनतालाई सुखी बनाउनुपर्छ । देश समृद्ध होस्, जनता समृद्ध होस् । यस देशको आधुनिकीकरण गर्नुपर्छ, विकास गर्नुपर्छ । मेरो कुरा सुनेपछि यो मान्छेलाई सरकारमा पुग्न नदिन केही न केही उपाय गर्नैपर्छ भनेर थाल्छन् । किनभने यी कामहरू गर्नुको अर्थ उनीहरूको कारोबार बन्द हुन्छ । त्यसकारण केही मान्छेहरू त्यसको विरुद्धमा लाग्छन् फेरि तर यो चिन्ताको विषय होइन । हामी कर्मणेवाधिकारस्ते भनेजस्तो प्रतिफल के आउँछ भन्ने कुरा होइन । तपाईंले दान दिएपछि के प्रतिफल आउँछ ? दान दिएपछि प्रतिफलभन्दा सन्तुष्टि मिल्छ । आनन्द मिल्छ तपाईंलाई । त्यसकारण सेवा गरेपछि के प्रतिफल आउँछ ? आनन्द मिल्छ त्यसबाट । सन्तोष मिल्छ त्यसबाट । त्यही हो प्राप्ति ।’
ओलीले जनताको सेवा गरेर प्राप्त हुने सन्तुष्टिबाट नै आफूलाई सन्तुष्टि मिल्ने गरेको बताए । त्यस अवसरमा उनले ज्येष्ठ नागरिक आश्रमहरूलाई जातको आधारमा भेदभावपूर्ण व्यवहार नगर्न पनि सचेत गराएका थिए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...