कात्तिक ८, २०८०
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितको नाम २०३३ सालतिर वनारसमै सुनेको हुँ । यसो त उनी २०१५ सालदेखि नै लागेका हुन् साहित्यिक क्षेत्रमा ।
यस अर्थमा उनको साहित्यिक यात्रा र पंक्तिकारको जीवनयात्रा सँगसँगै शुरू भएको देखिन्छ । तथापि विभिन्न कारणवश उनलाई पढ्न भने २०३८ सालतिरबाट मात्रै थालेको हुँ ।
२०६८ सालमा भने एउटा भूमिका नै लेखाएको छु उनीबाट । यस निम्ति व्यस्त मानिस समय नदिने हुन् कि भनेर डराइडराई फोन गरेको थिएँ १ दिन साँझ । सहजै हुन्छ नि भन्दै पाण्डुलिपि ल्याउने आश्वासन पाएकाले गएको थिएँ भोलिपल्टै । पाण्डुलिपि छाडेर आए पनि पहिलो कृति हो कस्तो भयो, हेरौंला त भनेका छन्, लेखिदिने पो होइनन् कि भन्ने पनि नलागेको होइन फर्किंदा तर उनले यथासमयमै भूमिका मात्र लेखिदिएका थिएनन्, अपितु हौसला बढाउने काम समेत गरेका थिए ।
उनको जीवनी पढ्ने इच्छा भएर पनि अवसर मिलेको थिएन लामो सयमसम्म । हालै यो पनि पूरा भयो, अर्का साहित्यिक हस्ती नरेन्द्रराज प्रसाईंको सौजन्यमा । नरेन्द्रराज प्रसाईंद्वारा लिखित र नइ प्रकाशनद्वारा प्रकाशित मोदनाथ प्रश्रितः भुइँदेखि शिखरसम्म नामक जीवनी कृतिमा उनको जीवनवृत्त सम्बन्धी २२ वटा प्रकरण समावेश छन् । यिनमा उनको पूर्खा र बुवाको चिनारीदेखि जन्म र शिक्षा, आर्थिक अवस्था, दुःखद् र विपद्को पारिवारिक जीवन, कविता गौतमसँगको सहयात्रा, छोराबुहारीको रोचक कथा, राजनीतिक जीवन, पुष्पलालप्रतिको श्रद्धा, मदन भण्डारीसँग सम्बन्ध, शान्ता मानवीको प्रसङ्ग, मन्त्रित्व, देशभक्ति र पृथ्वीनारायण शाह, उनले गरेका विद्रोह, उनको सीप र कला, साहित्यिक यात्राको बीऊ, क्रान्तिकारी सांस्कृतिक यात्रा, साहित्यिक पत्रकारिता, कलाकारिता, नेपाल प्रज्ञा प्रतिष्ठानसँगको नाता, उनको नेतृत्वमा भएको देवकोटा शतवार्षिकी, उनले गरेका देशविदेश भ्रमण, उनले पाएका पुरस्कारहरू र उनका कृतिहरू शीर्षकका प्रकरणहरू रहेका छन् ।
विक्रम संवत् १९९९ सालमा जन्मेर २०१५ सालदेखि लेखन तथा प्रकाशन क्षेत्रमा लागेका प्रश्रितका ५९ वटा (प्रायः कविता, आख्यान, गैह्रआख्यान, दर्शन, संस्कृति आदि प्रायः सबै साहित्यिक विधाका) पुस्तक प्रकाशित छन् । यिनमा नवीन नेपाली हितोपदेश, आमाको आँसु, बुवा खै ?, मानव, पचास रुपियाँको तमसुक, नयाँ जनवादी संस्कृति, देवासुर संग्राम, देशभक्त लक्ष्मीबाई, जीवाणुदेखि मानवसम्म, आमाको काँखमा, नारी बन्धन र मुक्ति, देवकोटाको वैचारिक विकास, शहीदको रगत, गोलघरको सन्देश, मिल्काउनुपर्ने पुराना सांस्कृतिक अवशेषहरू, भूतप्रेतको कथा, अतीतका पाइला, प्रश्रितका एक जोडा लेख, नानीहरूलाई कसरी असल बनाउने, चोर, आस्था र प्रथा (प्रश्नोत्तर), जातपात र छुवाछुतको संक्षिप्त इतिहास, केही सांस्कृतिक निबन्धहरू, नेपालको एकीकरण र पृथ्वीनारायण शाह, जनसंस्कृतिको नयाँ दिशा, केही ठट्टा केही मर्का, जनसंस्कृतिको नयाँ दिशा दस्तावेज, जीवनको बाटोमा, जब चल्छ हुरी, सपनाहरूः उपहार देशलाई, मानस्पटका तस्वीरहरू, अचम्मको नेपालः विचित्रको संसार, नेपाली इतिहासको छोटो विवेचना, गुटफुटविरुद्ध कम्युनिस्ट आन्दोलन र पार्टी एकताको पक्षमा, नेपालः गणयुगदेखि राष्ट्रयुगसम्म, मानवताको कलंक जातपात र छुवाछुत प्रथा, बुद्ध र चाण्डाल युवती, कला, साहित्य, सौन्दर्य समीक्षा, वनौषधि चिकित्सा, मोदनाथ प्रश्रितका संकलित रचनाहरू खण्ड १–७, बहुमुखी प्रतिभा टीकाराम धनञ्जय, आदर्श गुरु पण्डित घनश्याम पौडेलको शताब्दी स्मृतिग्रन्थ, विचार र अन्तर्सम्बन्ध, बज्रसूची उपनिषद् (अनुवाद), पहिले लेखिएका र अहिले देखिएका कुरा, शहीदका रगत, उहिलेका कुरा अहिले, आदर्श गुरु पण्डित घनश्याम पौडेलको जीवन, जनसंस्कृतिको नयाँ दिशा, दर्शन र दृष्टिकोण, अचम्मको नेपालः विचित्रको संसार, आम्रपाली, लेनिको कविताको नेपाली अनुवाद आदि रहेका छन् ।
उम्दा छन् सबै प्रकरण । जुन हेर्यो त्यस्तै पढौंपढौं लाग्ने । केही न केही नयाँ शिक्षा र सन्देश पाइने । हेरौं केही उदाहरण– कृतिको एउटा प्रकरणमा जीवनी लेखकले भनेका छन्, ‘मोदनाथ प्रश्रितले राजनीतिक बाटामा आफूलाई उभ्याएकाले उनी आफ्नो गृहस्थी जीवनमा राम्ररी लाग्न पाएनन् । भनौं यिनले जीवनको महत्त्वपूर्ण भाग पारिवारिक जीवनलाई छाडेर एक्लो जीवन भोग्न बाध्य भएका थिए ।’
अर्को एक प्रकरणमा लेखक बोलेका छन्, ‘धेरै कुटाइ खाएपछि मोदनाथ प्रश्रित बाँच्दैनन् भन्ने स्थानीय प्रशासनले अड्कल काटेपछि उनलाई भैरहवाको जेलखानाबाट काठमाडौंको गोलघरमा पुर्याइएको थियो । त्यहाँ पनि उनलाई कठोरभन्दा कठोर बन्देज गरिएको थियो । त्यहाँ दिसा बगेर जाने नालीमाथि उनको सुत्ने र खाने ठाउँ बनाइएको थियो । त्यस नारकीय ठाउँमा उनलाई ७ महिनासम्म नेलकडी र हतकडी बाँधेर राखिएको थियो ।’
अर्को एउटा प्रकरणमा लेखकले भनेका छन्, ‘मोदनाथ प्रश्रित पार्टीको नीतिमा रहेकै बेला उनको पुष्पलालसँग मत–मतान्तर बढ्न थाल्यो । त्यसपछि अर्थात् २०३५ सालमा उनी समेत भएर नेपाल कम्युनिस्ट पार्टी (माले) को स्थापना भएको थियो । त्यस पार्टीका संस्थापक मध्येका उनी पनि एक बलिया सदस्य थिए । अनि २०४७ सालमा नेकपा एमालेको उदय भयो । त्यस पार्टी जन्माउने काममा पनि उनको सशक्त भूमिका थियो ।’
अर्को प्रकरणमा लेखकले भनेका छन्, ‘आफ्नो मन्त्रित्वको जिम्मेवारी इमानपूर्वक सम्पन्न गर्ने मोदनाथ प्रश्रितले सग्लो प्रमाण प्रस्तुत गरिदिए । अरूहरू धेरै, धेरै र धेरै मन्त्रीले जिन्दगीमा गर्न नसकेका अनेकन् कामहरू ९ महिनामा नै गरेर प्रश्रितले देखाइदिएका थिए ।’
अर्को एक प्रकरणमा लेखक बोलेका छन्, ‘पृथ्वीनारायण शाहउपर नेपाल कम्युनिस्ट पार्टीले जेजस्तो धारणा राखे पनि र पृथ्वीनारायण शाहलाई आत्मसात् गरेबापत प्रश्रितलाई जेजस्तो कारवाही गरे तापनि उनले नेपालका राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई शिरमा बोक्न छाडेनन् । जब पृथ्वीनारायण शाहमाथि वादविवादको शुरूआत भयो, तबदेखि नै उनी चाहिँ पृथ्वीनारायण शाहको योगदानको प्रचारप्रसारमा अति सक्रिय भएर लागे ।’
अर्को एक प्रकरणमा लेखकले भनेका छन्, ‘मोदनाथ प्रश्रितले नेपाली संस्कृतिमा चल्दै आएको रुढीवादी प्रथा र अन्धविश्वासलाई चिर्न धेरै साहस गरेका थिए । उनले कहिले लेखेर, कहिले बोलेर र कहिले काम गरेर यसबारेको भ्रम निवारणमा आफ्नो यात्रा चलाएका थिए ।’
उनले अर्को एक प्रकरणमा लेखेका छन्, ‘मोदनाथ प्रश्रितको मन्त्रित्वकालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानलाई अझ बृहत् स्वरूप प्रदान गरिएको थियो । जसअनुसार नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, नेपाल राजकीय संगीत नाट्य प्रज्ञा प्रतिष्ठान र नेपाल राजकीय कला प्रज्ञा प्रतिष्ठानको स्थापना लागि प्रश्रितले खाका गरे । साथै उनैको योजनाअनुसार प्रज्ञा प्रतिष्ठानहरू पनि स्थापना भए ।’
अर्को एक प्रकरणमा लेखक भन्छन्, ‘महाकवि देवकोटा शताब्दी महोत्सव नेपाली भाषा–साहित्यको फाँटमा एउटा बिर्सी नसक्नुको आयोजना थियो । अनेक व्यवधान उपस्थित भए तापनि मोदनाथ प्रश्रितजस्ता विशिष्ट स्रष्टाको नेतृत्वले यो कार्य सजिलै ढंगबाट साकार भएको थियो ।’
यी केही उदाहरण हुन् । वास्तवमा सबै प्रकरणमा मोदनाथ प्रश्रितबारे यस्तै–यस्तै जानकारी पाउन सकिन्छ, जसले उनको व्यक्तित्व र कार्यकुशलता दिग्दर्शन गरेका मात्र छैनन्, उनको व्यक्तित्वलाई थप चिनाउने काम समेत गरेका छन् । समग्रमा भन्नुपर्दा कृति मोदनाथ प्रश्रितको राजनीति, भाषासाहित्य तथा कला संस्कृतिका क्षेत्रमा रहेको योगदानलाई प्रस्ट्याउने सिंगो दस्तावेज बन्न पुगेको छ भन्नु मनासिव हुनेछ सायद । यस्तो कृति लेखेर नरेन्द्रराज प्रसाईंले नेपाली साहित्याकासलाई जति चम्काएका छन्, त्यसलाई प्रकाशित गर्ने नइ प्रकाशनको देन पनि त्योभन्दा कम छ जस्तो लाग्दैन । यस अर्थमा लेखक र प्रकाशक दुवै धन्यवादका पात्र भएका छन् ।
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...