×

NMB BANK
NIC ASIA

डेङ्गीको सङ्क्रमण फैलिन नदिन विज्ञहरूको सुझाव

काठमाडाैं | असार २५, २०८०

NTC
Premier Steels

पछिल्लो चार महिनामा एक हजार एक सय ९२ जना सङ्क्रमित र एक जनाको मृत्यु भएसँगै डेङ्गीको सङ्क्रमणबाट बच्न विज्ञहरूले सुझाव दिएका छन् ।

Muktinath Bank

आज  ‘डेङ्गी रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धमा’ सम्बन्धी अन्तरक्रियामा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले डेङ्गीको सङ्क्रमण बढेको र जतिबेला पनि महामारी फैलन सक्ने भन्दै सचेत गराए । डेङ्गी सङक्रमणको तथ्याङ्क प्रस्तुत गर्दै उनले भने, “असार २३ गतेसम्म एक हजार एक सय ९२ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । महामारी जतिबेला पनि फैलिन सक्छ । महामारी फैलिन नदिन हामी सबैले डेङ्गी नियन्त्रण र रोकथामका लागि प्रयास बढाउनुपर्छ ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार तथ्याङ्कमा समावेश हुन नसकेका सङ्क्रमितको सङ्ख्या धेरै छ । “हाम्रो रेकर्डमा धेरै रिपोर्टिङ भएको छैन । लक्षण नदेखिएका बिरामी बाहेक निजी अस्पताल वा स्वास्थ्य संस्थामा जाने बिरामीको सङ्ख्या तथ्याङ्कमा समावेश हुन सकेको छैन । त्यसकारण पनि सङ्क्रमितको सङ्ख्या तथ्याङ्कमा भन्दा धेरै भएको हाम्रो आकलन हो”, उनले भने ।  


Advertisment
Nabil box
Kumari

स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंहले विभागले तीनै तहको सरकारसँग डेङ्गी नियन्त्रणका लागि सहकार्य गरिरहेको बताए । उनले डेङ्गीको सङ्क्रमण बढ्दै गए पनि सामान्य दैनिकीमा ख्याल गर्दा यसको जोखिम कम हुने बताए । उनले भने, “घर होस् वा कार्यालयमा डेङ्गी सङ्क्रमण फैलाउने लामखुट्टेको फुल पार्न सक्ने ठाउँ नष्ट गर्ने तथा गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने ।” 

Vianet communication

एडिस लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरल सङ्क्रमण, डेङ्गीको सेरोटाइप प्रत्येक वर्ष परिवर्तन हुने गरेको छ । एडिस जातको लामखुट्टेको अण्डा एक वर्षसम्म जीवित रहन्छ । यो लामखुट्टे दिउँसोको समयमा समेत बढी सक्रिय हुने गर्दछ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्थानीय तहका सरकारसँगै सरोकारवाला निकायसँगको सहकार्यमा ‘लामुखट्टेको बासस्थान खोज र नष्ट गर’ अभियान सञ्चालन गर्दै आएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x