×

NIC ASIA

‘ऊनको स्वीटर’ फिल्मको निर्माण घोषणा, शीर्ष भूमिकामा विपीन र मिरुना

काठमाडाैं | असार ३१, २०८०

Prabhu Bank
NTC
Premier Steels

केही वर्षयता कथावाचन शैलीका गीतमार्फत स्रोता–दर्शकको मन जितिरहेको आर्टमाण्डू नेपालले फिचर फिल्म निर्माणको औपचारिक घोषणा गरेको छ । 

Muktinath Bank

आइतवार राजधानीमा एक कार्यक्रमकाबीच फिल्मको नाम, कलाकारसँगै टाइटल गीत सार्वजनिक गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नवीन चौहानको लेखन एवं निर्देशन रहने फिल्ममा अभिनेता विपीन कार्की र अभिनेत्री मिरुना मगरको शीर्ष भूमिका रहनेछ । ‘लालपूर्जा’पछि विपीन र मिरुनाको यो दोस्रो सहकार्य हुनेछ । साथमा एलेक्स पारस, परिक्षा लिम्बुसहितका कलाकारहरूको समेत अभिनय रहनेछ । 


Advertisment
Nabil box
Kumari

फिल्मको छायांकन भने आगामी तिहारपछि मात्रै सुरु हुनेछ । कार्यक्रममा बोल्दै निर्देशक चौहानले आफ्नो माटोको सुगन्ध बोल्ने फिल्म निर्माण गर्ने प्रयास रहने बताए । ‘म्युजिकल फिल्म बनाइरहँदा फिचर फिल्मबाट अर्गानिक स्वादको कथा भन्ने सोँच बनाइरहेको थिए’ उनले भने, ‘ आज फिल्म घोषणा गर्दा एकदमै भावुक र रमाइलो पनि महसुस भइरहेको छ । राम्रो र मौलिक फिल्म बनाउने प्रयास रहनेछ ।’

Vianet communication

अभिनेता कार्की​ले यो फिल्म आफ्नो लागि विशेष हुने बताए । ‘नवीन जीसँग पहिले पनि बटौली र घुमीघुमीमा सहकार्य गरिसकेको छु । उहाँको कामप्रति मलाई पूर्ण विश्वास छ’ उनले भने, ‘यो फिल्ममा धेरै कुरा समेटिएको छ । नयाँपनसँगै राम्रो हुनेमा विश्वस्त छु ।’ 

अभिनेत्री मगरले आफू पहिल्यैदेखि आर्टमाण्डूले गरेका कामहरूको प्रशंसक भएकाले सहकार्य गर्न उत्सुक भएको बताइन् ।

‘उहाँहरूको कामलाई म फ्यान भएर हेरिरहेकी थिए । झन् सहकार्य गर्न पाउँदा खुसी छु,’ मिरुनाले भनिन् । क्यारेक्टर सुन्दा नै उत्साहित भएको बताउँदै उनले कहिले सुटिङमा जाने होला भनेर आतुर भइरहेको बताइन् । कार्यक्रममा गायक सुजन चापागाईँले टाइटल गीतको लाइभ प्रस्तुति समेत दिएका थिए । फिल्ममा सुजन र गायिका झुमा लिम्बुको गीत/संगीत निर्देशन रहनेछ । 

‘हाम्रो सपनाको सुरुवात तपाईँहरूलाई अगाडि राखेर गर्दैछौँ । हाम्रो गन्तव्यमा हजुरहरूको साथ सधैं रहन्छ भन्नेमा आशा छ । एउटा सपना बोकेर हिँडेका छौँ । तपाईँहरूलाई माया लाग्ने, मनपर्ने बनाउने कोसिस गर्नेछौँ ’– कार्यक्रममा सुजनले भने । 

फिल्मका लागि टाइटल गीत हर्क साउदले लेखेका हुन् । उनले गीत लेख्दाको अनुभव सुनाए, ‘हामीले गरेको हरेक काम तपाईँहरूले रुचाइ दिनुभएको छ । ऊनको स्वीटरको टाइटल गीतको ५ लाइन लेख्न २० धार्नीको फलामको चिउरा कुटेर एउटा तरबार बनाएजस्तो गाह्रो भएको थियो ।’

फिल्ममा अनिल सुब्बा र सुरज तमू कास्टिङ निर्देशक छन् । चिन्तनराज भण्डारीले यस फिल्मलाई खिच्नेछन् । 

फिल्मको सम्पादन कृष्ण भण्डारीले गर्नेछन् । ब्याकराउण्ड संगीत निर्देशन कोबिद बज्रको रहनेछ भने फिल्मको पब्लिसिटी डिजाइन ट्राइटेण्ड कन्सेप्टका रोयल भिमसेनले गर्नेछन् । 

आर्टमाण्डूमार्फत् ‘के माया लाग्छ र ?’, ‘तीनपाते’, ‘घुमीघुमी’, ‘फूलथुंगे रानी’, ‘चन्द्रमा’, ‘पाहुना हजुर’, ‘सुनाखरी’, ‘बटौली’ जस्ता म्युजिकल फिल्म निर्माण गरिसकेको छ । 

आर्टमाण्डूबाटै अघिल्लो वर्ष मञ्चन भएको नाटक ‘चोरको स्वर’ले थिएटरमा दर्शकहरूको राम्रो साथ पाएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

x