असार ४, २०८०
वर्षायाम शुरू नहुँदै असार २ गते शनिवार मध्यरातमा आएको बाढीका कारण पूर्वी पहाडी जिल्लामा धनजनको ठूलो क्षति पुगेको छ । ताप्लेजुङ, पाँचथर र संखुवासभा जिल्ला बाढीका कारण बढी प्रभावित भएका छन् । मध्यरातमा आ...
लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ ।
स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधारण उपभोक्ताले केही हदसम्म भए पनि राहत पाएका छन् ।
इन्धनको मूल्य घटबढले जनताको दैनिक जनजीवनमा प्रभाव पार्छ । इन्धनको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा घटेको छ । ढुवानी भाडा घट्दा खाद्यान्नदेखि निर्माण सामग्रीको लागत घट्छ ।
पूर्ण सरकारी स्वामित्वको निगमले इन्धनमा ‘घाटाको व्यापार’ गर्दै आएको थियो ।
पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यविधि, २०८० आइतवारदेखि कार्यान्वयनमा आउनु स्वागतयोग्य कुरा हो । अब निगमले घाटाको व्यापार गर्नुपर्ने छैन भने उपभोक्ताले पनि पारदर्शी मूल्यमा इन्धन किन्न पाउने छन् ।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेपनि त्यसको तुलनामा नेपालमा कहिल्यै मूल्य घटेन भन्ने जनगुनासो अब सम्बोधन हुनेछ । स्वचालित मूल्य प्रणालीको प्रभावकारी कार्यान्वयनबाट इन्धनको मूल्य तय हुँदा इन्धनको मूल्यलाई लिएर हुने राजनीतिक आन्दोलन कम हुनेछ ।
स्वचालित मूल्य प्रणाली लागू भएपछि इन्डियन आयल कर्पोरेसनबाट प्रत्येक अंग्रेजी महिनाको १ र १६ तारिकमा प्राप्त हुने नयाँ मूल्यसूचीका आधारमा निगमले सोही दिन मूल्य निर्धारण गर्नेछ ।
निगमले तिर्नुपर्ने ऋण, निगमको पूर्वाधार विकास, डिपो तथा अग्नि सुरक्षा संरचनाको मर्मत र आधुनिकीकरणका नाममा डिजेलमा २ प्रतिशत, पेट्रोलमा २ दशमलव ५ प्रतिशत नाफा राखिएको निगमले बताएको छ । खाना पकाउने ग्यासमा कुनै मुनाफा नलिइएको निगमको भनाइ छ ।
घाटामा गएको सरकारी संस्थालाई स्वचालित मूल्य प्रणालीमार्फत चलायमान बनाउनु राम्रो कुरा हो, तर निगमभित्र गर्नुपर्ने सुधारका काम धेरै छन् ।
पछिल्ला वर्षमा निगमले केही सकारात्मक काम पनि गरेको छ । देशको आर्थिक अवस्था कमजोर भई श्रीलंकाकै हालतमा पुग्ने प्रचारबाजीका बावजुद् निगमले इन्धन आपूर्तिलाई नियमित गर्न सक्नु ठूलो कुरा हो ।
उपभोक्ताले पैसा तिरेर पनि इन्धन किन्न नपाई घण्टौं लाइनमा बसेको धेरै भएको छैन । त्यो कहालिलाग्दो अवस्था अन्त्य भएको छ ।
अहिले लागू भएको स्वचालित प्रणालीलाई प्रभावकारी बनाएर लागू गर्दा उपभोक्ताले अन्याय महसूस गर्नुपर्ने छैन भने निगम पनि सिस्टममा चल्नेछ ।
वर्षायाम शुरू नहुँदै असार २ गते शनिवार मध्यरातमा आएको बाढीका कारण पूर्वी पहाडी जिल्लामा धनजनको ठूलो क्षति पुगेको छ । ताप्लेजुङ, पाँचथर र संखुवासभा जिल्ला बाढीका कारण बढी प्रभावित भएका छन् । मध्यरातमा आ...
संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...
लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ । नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...
काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...