×

NMB BANK
NIC ASIA

दैनिक २ हजार ७०० जनालाई बहिरङ्ग सेवा दिँदै त्रिवि शिक्षण अस्पताल

काठमाडाैं | साउन १, २०८०

NTC
Premier Steels

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा दैनिक करीब २ हजार ७०० बिरामीले सेवा लिँदै आएका छन् ।
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको ५१औं वार्षिकोत्सवका अवसरमा अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. दिनेश काफ्लेले विभिन्न विधामा दैनिक २ हजार बढी बिरामीले बहिरङ्ग सेवा प्राप्त गरिरहेको जानकारी दिए ।

Muktinath Bank

उनका अनुसार बिरामीले अनावश्यक दुःख झेल्न नपरोस् र अस्पतालको सेवालाई थप व्यवस्थित गर्न सकियोस् भनी धेरै भीडभाड हुने नाक, कान, घाँटी, बाथरोग, हाडजोर्नी उपचारसँग सम्बन्धित विभागमा टोकन प्रणाली लागू गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्रिवि शिक्षण अस्पतालमा विभिन्न विधाका ३६ वटा विभागमा करीब २ हजार २०० जनशक्ति कार्यरत रहेको जानकारी दिँदै उनले त्रिवि शिक्षण अस्पताल हाताभित्र रहेका बीपी कोइराला आँखा उपचार केन्द्र र मनमोहन कार्डियो भास्कुलर ट्रास्प्लान्ट सेन्टर भने अलग्गै रहेको स्पष्ट गरे ।


Advertisment
Nabil box
Kumari

कार्यकारी निर्देशक काफ्लेका अनुसार स्थापनाकालमा ३०१ शय्या रहेको अस्पतालमा अहिले ८०१ शय्या छन् । काफ्लेले छोटो समयका लागि थप २०० शय्या समेत गरी एकैपटक १ हजार बिरामी अस्पतालमा भर्ना गरी उपचार गर्न सकिने व्यवस्था रहेको छ । त्रिवि शिक्षण अस्पतालका बिरामी खचाखच हुने गरेकाले अधिक चाप परेको समयमा अस्पतालमा वैकल्पिक व्यवस्था गरी बिरामीको उपचार व्यवस्था मिलाउने गरेको उनले जानकारी दिए ।

Vianet communication

कार्यकारी निर्देशक काफ्लेले अस्पतालमा करीब २०० फ्याकल्टी डाक्टर र ९०० नर्सिङ स्टाफसहित अन्य आवश्यकीय जनशक्ति विभिन्न सिफ्टमा खटिएर अहोरात्र सेवा प्रदान गरिहेको जानकारी दिए । उनले सर्वसुलभ एवं गुणस्तरीय सेवा प्रदान गरी आमजनतालाई विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्ने एकमात्र लक्ष्य रहेको अस्पताललाई समाजका सबै क्षेत्रबाट साथ, सहयोग आवश्यक रहेको बताए ।

विभिन्न तह र पदका गरी करीब ६०० दरबन्दीको आर्थिक दायित्व सरकारले व्यहोर्ने भएकाले बाँकी जनशक्तिका सेवासुविधा भने अस्पताल आफैंले व्यवस्था गर्नुपर्ने समेत उनले जानकारी दिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x