कात्तिक १५, २०८०
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
थारु समुदायका अगुवा अहिले ‘धान खेतीमा रोगब्याधि नलागोस् भनी’ हरेरी पूजा गर्नमा व्यस्त छन् ।
रोपिएको धान सप्रियोस् भनेर ती समुदायले हरेक वर्ष सो पूजा गर्ने परम्परागत रही आएको छ । अहिले अधिकांश थारुबस्तीमा हरेरी पूजा गर्न थालिएको छ ।
पूजामा थारु किसानले गाउँको साझा देउता ‘भुइया भवानी’को पूजा गर्ने गर्छन् । हरेरी पूजा असारदेखि भदौ महिनामा सामूहिक रूपमा गर्ने गरिन्छ । विशेषगरी थारु गाउँमा यो पूजा गरेपछि खेतीबारीमा कुनै किसिमका खेतीमा रोग नलाग्ने जनविश्वास रहेकोे टीकापुरको नुक्लीपुरका बर्का गुरुवा फुलराम थारुले बताए ।
‘धान खेती नै मुख्य अन्नबाली रहेकाले हामी उब्जनी बढाउन परम्परागतदेखि आधुनिक प्रविधिको प्रयोग गर्ने गर्दछौं,’ उनले भने, ‘सिँचाइ, मलखाद व्यवस्थापनसँगै रोग किरा, प्राकृतिक प्रकोपबाट बालीलाई जोगाउन परम्परागतदेखि आधुनिक प्रविधि गर्ने गरिन्छ तर थारु गाउँमा धान बालीको सुधार गर्न हरेरी पूजा महत्त्वपूर्ण मानिन्छ । हामी हरेक वर्ष पूजा गर्छौं ।’
धानमा लाग्ने गुभिया, गाँधी, फट्यांग्रा लगायतका सत्रु किरा धपाउनका लागि हरेरी पूजा गर्ने गरेको उनको भनाइ छ । प्रत्येक गाउँमा आफ्नै अनुकूलमा हरेरी पूजा गर्ने गरेका किसान बताउँछन् । ‘हरेरी पूजामा ७ मुखे दियालोमा बत्ती बालेर मुरहा, सुच्चा, ५ पाण्डव, जोगेठ्वा, रक्सा, कालिका, पूर्वेनी भवानी, बघेस्री, राज रजवार र जम्जुट्वा गरी १० देउताको पूजा गरिन्छ,’ किसान राधा चौधरीले भन्छन्, ‘पूजा गरेपछि खेती सप्रन्छ भन्ने विश्वास छ ।’
कुनै–कुनै गाउँमा थारु किसान रातभरि जाग्राम बसेर गीत गाउने तथा नाचगान पनि गर्छन् । यो पूजा नभएसम्म थारु गाउँमा मादल बजाउन नपाइने नाचगान नपाइने प्रचलन समेत रहेको टीकापुर वनगाउँका तेजबहादुर चौधरीले बताए । ‘हरेरी पूजाको दिन थारु समुदायमा हरियो घाँसपात काटे अशुभ मानिने भएकाले यो दिन केही कार्य नगर्ने चलन छ,’ उनले भने ।
यसरी दिउँसो शुरू गरेको पूजा रातभर थारु समुदायका प्रत्येक घरका किसानले भल्मन्सा अथवा बड्घरको घरमा दियो बालेर जाग्राम बस्छन् । दूध संकलन गर्ने र विशेषपूजा गरी खिर भन (खेतको मुहानमा हालिने विषादी) बनाई नुहाएर खेतभरिको पानी हाल्ने गरामा छर्किन्छन् । यसरी पूजा गर्दा धान बालीमा किरा नलाग्ने विश्वास छ । किवदन्तीअनुसार प्राचीनकालमा महादेव र पार्वतीको कथनसँगै टुनामन्तर (पूजाआजा) गरेर खेतीपातीको रोग किरा हटाएको विश्वास थारु समाजमा छ र त्यहीअनुसार यो पूजा थारु किसानले गर्दै आएको बर्का गुरुवा राधेश्याम चौधरीले बताए ।
‘प्रकृति पूजकका रूपमा थारु समुदायमा यस्तै अन्य पर्व संस्कार रहेका छन्,’ उनले भने, ‘वर्षौंदेखिको विश्वास हो । यो पूजामा थारु समुदायका संस्कृति पनि जोडिएका छन् ।’
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...