×

NMB BANK
NIC ASIA

अध्यक्ष ओलीलाई महामन्त्री शर्माको जवाफ– बीपीलाई बुझ्न मदन भण्डारीको आँखाबाट पढे पनि पुग्छ

काठमाडाैं | साउन १८, २०८०

NTC
फाइल फोटो
Premier Steels

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई आत्मसमर्पणवादी भनेपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिवाद गरेका छन् ।

Muktinath Bank

बुधवार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित तुल्सीलाल अमात्यको २६औं स्मृति दिवस समारोहलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले बीपीले भारत निर्वासनमा बस्न नसकेपछि नेपाल फर्किएर राजासँग आत्मसमर्पण गरेको टिप्पणी गरेका थिए । राजासँग आत्मसमर्पण गरेको कुरालाई राष्ट्रिय मेलमिलाप नीति भन्ने गरिएको उनको जिकिर थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा एमाले अध्यक्ष ओलीले भनेका थिए, ‘गणेशमानजी ५० वर्ष कांग्रेसमा रहनुभयो, पहिला पनि कांग्रेस हुनुहुन्न्थ्यो, पछि पनि कांग्रेस छाडेर अलग हुनुभयो । गणेशमानजी सधैं कांग्रेससँग कांग्रेसको कमजोर आत्मसमर्पणवादी चरित्र र भन्ने एकथोक गर्ने अर्कोथोक । त्यो खालको देखेर उहाँ सधैं संघर्षरत हुनुहुन्थ्यो । नेपाली कांग्रेसका नेताहरू असाध्यै चतुर हुनुहुन्छ । संघर्ष गर्न, टिक्न नसकिने भयो, भारतमा पनि अडिन गाह्रो भयो, सबैतिर गाह्रो भएपछि अब आत्मसमर्पण गरेर भएपनि नेपाल जानुपर्छ भनेर आउनुभयो तर त्यसलाई के भन्नुभयो भने एकदिन बिहान सबै राता झण्डा नेपालमा गाडिएका देखिने खतरा छ । त्यसकारण अब म जनताको प्रतिनिधि जनशक्ति, राजा राज्यको शक्ति, दुईवटा मिलेर जानुपर्छ, त्यसकारण राजा र मेरो गर्धन जोडिएको छ भन्ने व्याख्या गरेर बीपी कोइरालाले राष्ट्रिय मेलमिलाप भनेर आफ्नो र राजाको मेलमिलापलाई राष्ट्रिय मेलमिलाप भन्नुभयो, कसविरुद्ध भन्दा वामपन्थी परिवर्तनकारी देशभक्त शक्तिहरूका विरुद्ध । उहाँका त्यसबेलाका वक्तव्य हेरे हुन्छ । बोल्न नसक्नु बेग्लै कुरा हो, कसैले बोल्न सक्दैन बेग्लै कुरा तर नीति त्यही हो, वक्तव्यले त्यही कुरा भन्छ ।’ 


Advertisment
Nabil box
Kumari

ओलीको सोही अभिव्यक्तिलाई लिएर महामन्त्री शर्माले आपत्ति जनाए । उनले अध्यक्ष ओलीले बीपी कोइरालाको बारेमा राष्ट्रिय मेलमिलाप नीतिप्रति लक्षित अभिव्यक्ति प्रतिक्रियायोग्य नरहेको बताए । उनले अध्यक्ष ओलीले कुनै पनि सार्वजनिक कार्यक्रममा अरुको बारेमा तिक्तता नपोखी वक्तव्य टुंग्याए नेपाली समाजले अनौठो मान्नुपर्ने स्थिति आइसकेको बताए ।

Vianet communication

महामन्त्री शर्माले अध्यक्ष ओलीका पछिल्ला अभिव्यक्ति सुसंस्कृत हुन नसकेको बताए । बीपी कोइरालाले २०३३ सालमा लिएको राष्ट्रिय मेलमिलापाको नीतिप्रति एमालेको संस्थागत बुझाइ यही हो भन्दै प्रश्न गरे । उनले बीपी कोइरालाले बनाएको बाटोमै अहिले नेपालको कम्युनिस्ट आन्दोलन अघि बढिरहेको दाबी गरे । उनले बीपीले नै कोरिरहेको बाटोमा नेपालको कम्युनिस्ट आन्दोलनलाई बहुदलीय जनवादमार्फत रूपान्तरण गर्दै लिएर आउने तर बीपीमाथि नै औंला उठाउने प्रकारको व्यवहार गलत भएको बताए ।

इतिहासलाई बंग्याउनेभन्दा इतिहासप्रति समर्पित हुने शिक्षा पछिल्लो पुस्तालाई दिन जरुरी रहेको उनले बताए । महामन्त्री शर्माले इतिहासलाई गाली गरेर सुन्दर भविष्य बनाउन नसकिने बताए ।

उनले भने, ‘एमाले पार्टी अध्यक्ष, यो देशका पूर्व प्रधानमन्त्री सम्माननीय कमरेड केपी ओलीले तुल्सीलाल अमात्यको स्मृति दिवसको दिन बोल्दै गर्दा बीपी कोइरालाको बारेमा, बीपी कोइरालाले २०३३ सालमा लिनुभएको मेलमिलापको नीतिको बारेमा जे बोल्नुभयो, वास्तवमा त्यो कुनै प्रतिक्रियायोग्य, टिप्पणीयोग्य नै छैन । बिहानै घरबाट हिँड्ने बेलामा आदरणीय राधिका भाउजुसँग ठाकठुक परेर हिँड्नुहुन्छ कि बेलाबेला, सालिन व्यक्तित्व हुनुहुन्छ उहाँ, राधिका शाक्य । त्यस्तो त पक्कै हुँदैन होला । खगेन्द्र संग्रौलाले कसैको प्रशंसा गरेर लेख्नुभयो, अनि कमरेड केपी ओलीले आफ्नो समग्र मन्तव्यभित्र कसैका बारेमा तिक्तता व्यक्त नगरी टुंग्याउनुभयो भने नेपाली समाजले अनौठो मान्नुपर्ने अवस्था बनिसकेको छ । जीवित व्यक्तिको बारेमा तीतो टिप्पणी गर्दा जवाफ दिनका लागि उहाँहरू नै हुनुहुन्छ । शुरूमा सँगै एउटै पार्टी बनाउनुभयो, कमरेड प्रचण्ड समेतसँग । माधव नेपालहरू र प्रचण्ड छुट्टिएपछि फर्सीको कुहिएको भेट्ना झरेर गए भनेर बोलिदिनुभयो । २ वटा नट बोल्ट नै खुस्केपछि गाडी राम्रोसँग कुद्यो भन्न थाल्नुभयो । एउटा सभामा कसैको मृत्यु भएको भए श्रद्धाञ्जलि भन्न हुन्थ्यो पनि भन्नुभयो । यो सुसंस्कृत प्रस्तुति सम्माननीय केपी कमरेडबाट भइरहेको छैन । बीपी कोइरालाले संघर्ष गर्न नसकेर ३३ सालको मेलमिलापाको नीति लिनुभएको हो ? बीपी कोइरालाको बारेमा यो बुझाइ नेकपा एमालेको संस्थागत बुझाइ हो ? म सार्वजनिक रूपमा प्रश्न सोध्न चाहन्छु – बीपी कोइरालाले संघर्ष देशमा भित्र्याएको होइन र ? यो देशमा राणासँग लड्न बन्दुक नै बोकेर काँधमा उभिएर जानुपर्छ भनेर बीपीकै प्रेरणा र विचारको नेतृत्वमा २००७ सालको क्रान्ति भएको होइन र ? बीपी कोईराललाई संघर्ष अब अहिले आएर सिकाउने हो ? बीपी कोइराला संघर्ष, सिद्धान्त, संयम, समुन्नतिको मार्गचित्र स्पष्ट बोकेको राजनेता हुनुहुन्थ्यो । आजको समयमा बीपी कोइरालालाई बुझ्नलाई मदन भण्डारीको आँखाबाट पढे पनि पुग्छ । के मदन भण्डारी गलत हुनुहुन्थ्यो ? जसले जनताको बहुदलीय जनवाद नाम गरेको विचार दर्शन लेख्दै गर्दा २०४९ सालको महाधिवेशनमा पेश गर्नुभन्दा अलि अघि दिनुभएको अन्तर्वार्तामा भन्नुभएको थियो, मन पर्ने खाजा मःम हो, मन पर्ने नेता बीपी कोइराला हो । मदन भण्डारीले बीपी कोइरालालाई आत्मसमर्पणवादी मान्नुभएको हो ? त्यो बेलाको शक्ति सन्तुलन, बंगलादेश पूर्वी पाकिस्तानबाट टुक्रिएको बेला, सिक्कीमा भारतमा विलय भएको बेला, लोकतन्त्रका लागि घरभित्रै बसेर संघर्ष गरौं, एक ठाउँमा उभिऔं भनेर बीपी कोइरालाले भन्नु गलत हो ? बीपी कोइरालाले पञ्चायतमा प्रवेश गर्नुभएको हो र ? संघर्ष गर्न नसकेर । बीपी कोइराला २०३३ सालमा नेपाल भित्रिसकेपछि २०३६ सालको जनमत संग्रहको लागि एउटा वातावरण बनेको होइन र ? ०३६ सालको जनमत संग्रहलाई धोका हो भन्दै गरेका दलहरू अहिले पनि अस्तित्वमा हामी कहाँ छैनन् र ? कमरेड केपी ओलीकै दलले त्यो बेलामा बहिष्कार गरौं भनेका होइनन् र ? यो ढंगले बीपीको नीतिलाई आत्मसमर्पण गरेको भन्ने सन्दर्भमा जाँदै गर्दा बीपी कोइराला हुनुहुन्न होला तर बीपी कोइरालाको विचार बोक्ने मानिसहरू जिउँदै छन्, बीपीले भनेको त्यही विचारको बाटोमा नेपालको कम्युनिस्ट आन्दोलनलाई पनि रूपान्तरण गर्नतर्फ कमरेड मदन भण्डारी लाग्नुभयो । मदन भण्डारीलाई श्रद्धा गर्ने मान्छे मध्ये हुँ म । अब कस्तो समाज बनाउन चाहन्छौ कमरेड केपी ओलीलाई म सार्वजनिक रूपमा सोध्न चाहन्छु । अब बीपी कोइरालालाई, पुष्पलाल, मनमोहन, गणेशमान सिंह, गिरिजाप्रसाद कोइरालालाई, सुशील कोइराला, मदन भण्डारीलाई, कृष्णप्रसाद भट्टराईलाई गाली गरेर उहाँहरूलाई गलत हो भन्ने व्याख्या गरेर, उहाँहरूले छाडेर गएका उपलब्धीलाई आशंकाको घेरामा पार्ने ? आज सम्माननीय पूर्व प्रधानमन्त्री केपी ओलीले जे बोल्नुभएको छ, यो अभिव्यक्तिप्रति मेरो सिंगो असहमति छ, सिंगो कांग्रेस पार्टीकै तर्फबाट म उहाँले यो प्रकारको राख्नुभएको अभिव्यक्ति सार्वजनिक रूपमा नगर्नका लागि म विनम्र अनुरोध गर्दछु । बीपी कोइरालाले परिकल्पना गर्नुभएको संसदीय लोकतान्त्रिक परिपाटीमा नेपालको कम्युनिस्ट आन्दोलन चलिरहेको छ । झापामा मुभमेण्ट गर्दैगर्दा बल प्रयोगबाट राज्य सत्ता लिने भनेर गरेको होइन ? पछि मात्रै आएर संसदीय प्रणालीमा आवद्ध हुनतर्फ विचार अंगीकार गर्न लागेको होइन ? अनि बीपीले नै कोरिरहेको बाटोमा नेपालको कम्युनिष्ट आन्दोलनलाई बहुदलीय जनवादमार्फत रुपान्तरण गर्दै लिएर आउने अनि बीपीमाथि औंला उठाउने यो प्रकारको व्यवहार गलत छ । बीपी कोइरालाको सबै कुरा राम्रैराम्रो थियो भनेर नभनौंला तर बीपीको साहित्यलाई पनि कुण्ठा कुण्ठा थियो भन्दिने । बीपी र पुष्पलालको आफ््नै दृष्टिकोण छ । इतिहासकाप्रति समर्पित हुने शिक्षा पछिल्लो पुस्तालाई दिउँ । इतिहासबाट सही ढंगले अभिप्रेरित होऔं । त्यसलाई वस्तुगत रूपमा समीक्षा गरौं । बीपीको मेलमिलाप सही छ, आवश्यक अहिले पनि छ भनेर व्याख्या गर्नुपरे पनि सँगै कुनै टेबलमा बसेर गरौंला । इतिहासलाई गाली गरेर सुन्दर भविष्य बनाउन सकिँदैन ।’

महामन्त्री शर्माले बीपीको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि त्यत्तिकै सान्दर्भिक रहेको विषयमा आफू टेबल टक गर्न तयार रहेको बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x