कात्तिक २१, २०८०
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
काठमाडाैं | साउन १९, २०८०
चक्रपथ सडकअन्तर्गत बालाजु, गोंगबुदेखि महाराजगञ्जसम्मको सडक प्राय: सधैं अस्तव्यस्त हुन्छ । चक्रपथ विस्तारको काममा ढिलाइ हुँदा सडक अस्तव्यस्त भएको लामो समय भयो ।
खण्ड-खण्डमा हिउँदमा धुलो र वर्षामा हिलोले यात्रु र स्थानीयवासीलाई हैरान बनाएको छ । हिउँदमा धुलो र बर्खामा हिलोले सडकमा हिँड्न सकिँदैन । बर्खामै पनि चर्को घाम लागेको दिन सडक धुलाम्मे हुन्छ ।
स्थानीयवासीसँगै सडकको वारिपारि व्यापार गर्नेहरूले यस्तो सास्ती खेप्दै आएको वर्षौं भइसक्यो । सडककै कारण धेरैको व्यापार चौपट भएको छ । कतिपय त विस्थापित समेत भएका छन् ।
गोंगबु चोकमा २२ वर्षदेखि घडी/मोबाइल पसलका सञ्चालन गर्दै आएका रामकृष्ण खड्काले सडकले सास्ती दिएको बताए । सडककै कारण व्यापार सुकेको उनको गुनासो छ । घडी सफा गरिरहेका उनले हिलो र धुलोकै कारण आफूले मोबाइल बेच्न छोडेको बताए । 'प्रत्येक १५ मिनेटमा सबै घडी निकाल्दै पुच्छु । जहिले सडक बनाउने भनेर लथालिङ्ग पारेर छोड्छ,' उनले भने, 'धुलोले मेरो पसलका सबै मोबाइल बिग्र्यो । ग्राहकले खरिद गरेको भोलिपल्टै बिग्र्यो भनेर आउँछन् र पैसा फिर्ता माग्छन् । यसो गर्दा गर्दै घाटामा गइयो । अहिले मोबाइल बेच्नै छोडिदिए ।'
पहिले मोबाइल/घडी बेचेरै छोरालाई इन्जिनियर र छोरीलाई बीबीए पढाएका उनले अहिले वर्षको ३/४ लाख ऋण मात्र बढेको दुखेसो पोखे । 'सडक चाँडै बने भने केही आशा गर्ने ठाउँ छ । नत्र, म विस्थापित हुने अवस्था छ,' उनले भने ।
त्यस्तै चोकको पारिपट्टी मोबाइल पसल गरिरहेका गणेश थापाको दु:ख पनि उस्तै छ । ३० वर्षदेखि गोंगबु चोकमा मोबाइल पसल गरिरहेका उनी पटक-पटक भइरहने सडक विस्तारले हैरान छन् । 'मेरो पसल पहिला ठूलो थियो । २ वटा सटरमा साइकल, स्टोभ र मोबाइल पसल थियो,' उनले भने, 'जब सडक विस्तार हुन्छ, तब घर भत्किँदै भत्किँदै अहिले घुम्तीजस्तोमा सीमित भएको छ ।'
पहिले दैनिक ३० हजारको व्यापार गर्ने उनले अहिले तीन हजार पनि मुस्किलले हुने गरेको सुनाए । पानी पर्दा हिलाम्ये र घाम लाग्दा धुलाम्मे सडक हुने भएकोले पसलमा ग्राहक आउन छोडेको उनले सुनाए ।
सोही स्थानमा रहेको हेल्मेट पसल सञ्चालक पार्वती थपलियाको गुनासो पनि उस्तै छ ।
'धुलोले हेल्मेट पुरानो देखेर ग्राहक नाक खुम्च्याउँछन् । कति हेरेर मात्रै जान्छन्,' उनले भनिन्, 'धुलो लागेको देखेर किन्दैनन् । एक साता अघिसम्म यहाँ माटोको पहाड थियो । अहिले हिलो छ ।'
हेर्नुहोस्, भिडियो :
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...