×

NMB BANK
NIC ASIA

लागुऔषध तस्करीमा दोषी कोरियाली नागरिकलाई चीनले दियो मृत्युदण्ड

काठमाडाैं | साउन २०, २०८०

NTC
तस्वीर सौजन्य : भियतनाम पोस्ट ।
Premier Steels

चीनले लागुऔषध ओसारपसारमा दोषी ठहरिएका दक्षिण कोरियाली नागरिकलाई मृत्युदण्ड दिएको छ । चिनियाँ विदेश मन्त्रालयका अनुसार करिब एक दशकमा दक्षिण कोरियाली नागरिकलाई पहिलो पटक मृत्युदण्ड सजाय दिइएको हो ।

Muktinath Bank

चीनको दक्षिणी शहर गुआन्झाउको अदालतले सुनाएको फैसलाबमोजिम दक्षिण कोरियाली प्रतिवादीलाई लागूऔषध तस्करी गरेको दोषमा मृत्युदण्ड दिइएको विदेश मन्त्रालयले एक विज्ञप्ति निकालेर जानकारी दिएको छ। चिनियाँ भूमिमा अपराध गर्ने जुनसुकै देशका नागरिकमाथि चिनियाँ कानूनअनुसार समान रूपमा कारवाही हुने उक्त मन्त्रालयले स्पष्ट गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दक्षिण कोरियाली विदेश मन्त्रालयका एक अधिकारीले चीनमा लागुऔषध बेचेको आरोपमा मृत्युदण्डको सजाय पाएका आफ्ना कोरियाली नागरिकलाई शुक्रवार मृत्युदण्ड दिइएको पुष्टि गर्दै उनले आफ्ना नागरिकलाई मृत्युदण्ड दिइएकामा खेद व्यक्त गरेका छन् । 


Advertisment
Nabil box
Kumari

'कोरिया सरकारले मृत्युदण्डको सजायको घोषणा गरेदेखि नै मानवीय आधारमा मृत्युदण्डमा पुनर्विचार वा स्थगन गर्न विभिन्न माध्यमबाट धेरै अनुरोध गरेको थियो तर त्यो कार्यान्वयन नभएकामा हामी खेद प्रकट गर्दछौ,' ती अधिकारीले भनेका छन् । यद्यपि उनले यो मृत्युदण्ड ‘चीन र दक्षिण कोरियाबीचको सम्बन्धसँग सम्बन्धित नभएको’ बताएका छन् । 

Vianet communication

दक्षिण कोरियाको योनहाप समाचार समितिका अनुसार चीनले नौ वर्षमा लागूऔषध ओसारपसारमा दोषी ठहरिएका दक्षिण कोरियालीलाई मृत्युदण्ड दिएको यो पहिलो घटना हो । 

मृत्युदण्ड पाएका ती व्यक्तिलाई पाँच किलोग्राम मेथाम्फेटामाइनसहित सन् २०१४ मा चीनमा पक्राउ गरिएको थियो । उनलाई २०१९ मा मृत्युदण्डको सजाय सुनाइएको थियो । 

विश्वमा मृत्युदण्ड दिने मुलुकका सूचीको शीर्ष स्थानमा चीन पर्दछ । कठोर कानुनी व्यवस्था भएको चीनमा गम्भीर प्रकृतिका अपराधमा सुईको माध्यमबाट उसले मृत्युदण्डको सजाय कार्यान्वयन गर्दै आएको छ । 

चिनियाँ कानुनी प्रणालीलाई सत्तारूढ कम्युनिस्ट पार्टीले कडा नियन्त्रणमा राखेको छ ।  अदालतमा दायर भएका आपराधिक मुद्दामा लगभग शतप्रतिशत सजाय हुने गरेको छ  । 

पछिल्ला केही वर्षयता धेरै विदेशी नागरिकले लागूऔषध तस्करीमा मृत्युदण्ड पाएका छन् । सन् २०२० मा एक जना अष्ट्रेलियालीलाई लागूऔषध तस्करी गरेको अभियोग प्रमाणित भएपछि मृत्युदण्ड दिइएको थियो । सन् २००९ मा पनि सोही प्रकृतिको अपराधमा दुई जना क्यानाडाली नागरिकलाई मृत्युदण्ड दिइएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x