असोज ३०, २०८०
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
काठमाडाैं | साउन २३, २०८०
नेपाली कांग्रेसलाई यथास्थितिबाट मुक्त गरी समयसापेक्ष, गतिशील र अपार जनविश्वास भएको पार्टीमा रूपान्तरण गर्ने पवित्र र निस्वार्थ उद्देश्यले जेठ महिनाभर सञ्चालित नेपाली कांग्रेस रूपान्तरण अभियान अर्को चरणको कार्यक्रमको तयारीमा छ। यसका निम्ति चरणबद्ध आन्तरिक बैठकहरू सम्पन्न भइरहेका छन्।
अभियानले गत साउन २ गते मुख्यसचिवमार्फत पार्टी सभापतिलाई बुझाएको सुझावपत्रका सम्बन्धमा सामान्य सकारात्मक चासो समेत नराखी केन्द्रीय समितिले बेवारिसे बनाउन खोजेपछि अर्को चरणमा प्रवेश गर्नुपर्ने बाध्यता र आवश्यकता महसूस गरी नयाँ कार्यक्रम घोषणाको तयारी अघि बढेको हो।
स्थापनाको झण्डै ७७ वर्षको इतिहासमा कांग्रेस पार्टी यति संवेदनहीन भएको थाहा थिएन । पार्टीका जिम्मेवार साथीहरूले चलाएको अभियानलाई नजरअन्दाज गरी अवमूल्यन समेत गर्ने कार्यले भोलि कस्तो नतिजा देला, पर्खनु र हेर्नुको विकल्प रहेन । तर, कांग्रेसको जिम्मेवार सदस्यको नाताले पार्टीलाई सुधार्न केही न केही प्रयत्न गर्नैपर्ने दायित्व र कर्तव्यबोध गरी रूपान्तरण अभियानको परिकल्पना गरिएको थियो । र, सञ्चालनको केही समयभित्रै साथीहरूको घायल मनलाई थुम्थुम्याउने र चर्को औडाहालाई मत्थर पार्ने वा घटाउने सफलता अभियानले प्राप्त गरेको छ । साथै भोलि इतिहासले सोध्ने केही तीखा प्रश्नहरूको जवाफ दिन सकिने आधारभूमि पनि तयार भएको छ । जुन कार्य संस्था (पार्टी) स्वयंले गर्नुपर्ने थियो ।
अर्को कुरा, केन्द्रीय समितिमा अपवादबाहेक कसैले पनि अभियानलाई सकारात्मक रूपमा चित्रण गरेको पाइएन । जे जति चर्चा गरियो, पूर्वाग्रह र नकारात्मक दृष्टिले भरिपूर्ण थियो। यो निकै दुःखद् पक्ष हो । यसबाट के बुझिन्छ भने पार्टीभित्र विवेक, दुरदर्शिता र सुझबुझको ठूलो खडेरी छ तथा सहकार्य र सह-अस्तित्वको कुनै गुञ्जायस छैन।
आसन्न संकट र निकट भविष्यको भयावह चित्रको कुनै अनुमान र आभास छैन । राजनीतिप्रति युवा पुस्ताको चरम वितृष्णा र आक्रोशलाई सम्बोधन गर्ने जाँगर छैन । त्यसैले पनि अहिलेलाई जिल्ला, क्षेत्र र नगर/गाउँपालिकासम्म पुगेर पार्टीका साथीहरू र मतदातासँग प्रत्यक्ष सार्थक संवाद चलाउनुपर्ने आवश्यकता बोध गरी तयारी अघि बढेको हो । यसलाई दशैंभित्र नतिजामा पुर्याउने लक्ष्य अभियानले लिएको छ ।
केन्द्रीय समितिले आगामी मंसिरमा महासमितिको बैठक गर्ने निर्णय गरिसकेको परिप्रेक्ष्यमा अभियानले रणनीतिक तयारी अघि बढाएको छ । यसको 'लिटरेचर' र कार्यक्रम विवरण समयक्रममा सार्वजनिक हुने नै छ ।
विनाशंकोच भन्न सकिन्छ कि करीब एक हप्ता चलेको नेपाली कांग्रेसको बैठकले कांग्रेसका तमाम सदस्य, शुभेच्छुकहरू तथा आम मतदाताहरूमा उत्साहको सन्देश दिन सकेन । एकप्रकारले बैठक सनातनी र कर्मकाण्डी प्रमाणित भयो । पार्टी सभापति शेरबहादुर देउवाको प्रचण्ड बहुमत रहेको बैठकमा देखिएका झाँकीहरू पट्यारलाग्दा, नीरस र उदेकलाग्दा थिए । जम्बो केन्द्रीय कार्यसमितिका सदस्यहरूको प्रस्तुति नितान्त परम्परागत, समस्याबाट टाढा र वर्तमान चुनौतीबाट बेखबर झैं प्रतीत हुन्थ्यो ।
सबैभन्दा उदेकलाग्दो त के थियो भने केन्द्रीय समितिमा उल्लेख्य मात्रामा रहेका युवा केन्द्रीय सदस्यहरूको प्रस्तुति अपवादबाहेक विल्कुलै शास्त्रीय र यथास्थितिवादी थियो । प्रस्तुतिमा न गम्भीर तयारी झल्किन्थ्यो, न त दिशानिर्देश । पुराना नेताबाट त खास अपेक्षा थिएन नै, नयाँ भनिएका साथीहरू समेत नेतृत्वबाट ठूलो आस र गम्भीर त्रासको मनोविज्ञानले थिचिएर बाटो हराएको बटुवा झैं भएका थिए । कतिपय साथीहरूमा त औपचारिक बैठकमा अभियानका विरुद्ध अभिव्यक्ति दिने र बाहिर अभियान ठीक हो भन्ने दोधारे प्रवृत्ति समेत देखिएको छ । गर्ने एउटा र स्पष्टीकरण अर्कै दिनुले उनीहरूको वास्तविकता उदांगिएको छ । शायद यो कलियुग हो । हाम्रा शास्त्रहरूले कलियुगको द्वैध चेहरा र चरित्रको राम्रो वर्णन गरेका छन् । यस सन्दर्भमा तलको प्रसंग निकै घतलाग्दो छ ।
महाभारतमा भगवान् श्रीकृष्णले कलियुगको अवस्था र आधारभूत चरित्रका बारेमा विशद चर्चा गरेका छन्। मूलतः पाण्डवहरू बनवास जाने बेलामा उनीहरूले कलियुगको बारेमा राखेको जिज्ञासा र कृष्णले दिएको जवाफ निकै चाखलाग्दो छ । वनमा दिनभरी देखेका कुरा आफूलाई सुनाउन र तत्पश्चात् आफूले कलियुगका बारेमा बताउने भनेर कृष्णले भनेपछि पाण्डवहरू बनवास लागे ।
द्वापर युग सिद्धिएर कलियुग लाग्नेबेलामा हस्तिनापुर राज्यमा कौरव र पाण्डवका बीचमा ठूलो लडाईं भयो जसको पृष्ठभूमिमा १२ वर्षको वनवास र १ वर्षको गुप्तवासको घटना थियो । पाण्डवहरू वनमा पुगेर पाँचै भाइले आ-आफ्नो दिशा समाते र दिनभरी देखेका विभिन्न दृष्यहरूमध्ये अनौठा दृष्यलाई स्मृतिमा राखेर फर्किए । सबैले पालैपालो आफूले देखेका घटना भगवान् कृष्णलाई सुनाए ।
तीमध्ये सबै घटना र कृष्णले दिएको जवाफ महत्त्वपूर्ण छ । तर, त्यसमध्ये युधिष्ठिरले देखेको दृष्य र त्यस विषयमा कृष्णबाट प्राप्त जवाफको मात्र चर्चा गरौं।
त्यसदिन युधिष्ठिरले जंगलमा दुईवटा सुँढ भएको हात्ती देखेका रहेछन् । वास्तवमा यस्तो दृष्यको कल्पना समेत कसैले गर्दैन । उनले कृष्णलाई त्यही आश्चर्यजनक दृष्यको बेलिविस्तार लगाएछन् ।
त्यसपछि कृष्णले मुस्कुराउँदै भनेछन्, धर्मराज यो कलियुगको लक्षण हो । कलियुगमा मानिसका दुईवटा रूप हुन्छन्, एउटा देखाउने र अर्को वास्तविक । मानिसको बोली र व्यवहार एकदमै फरक र विपरीत हुनेछ । बोल्ने एउटा र गर्ने अर्कै । झट्ट देखिँदा एक स्वरूप, तर वास्तविक चरित्र फरक ।
सन्त देखिनेहरूको पाखण्डीपन र भद्र देखिनेहरूको अपराध कर्म त अकल्पनीय हुनेछ । मानिसहरू आफ्नो स्वार्थको अधीनमा रहनेछन् । राज्य, संस्था र सामूहिकताको केही अर्थ रहने छैन । मानवता, करुणा, परोपकार र धर्मको कुनै स्थान हुने छैन ।
यो पौराणिक प्रसंग किन उद्धृत गरिएको हो भने यतिबेला हामी कलियुग भोगिरहेका छौं । मानिसहरू के बोल्छन् र के गर्छन्, अनुमान गर्नै सकिँदैन । अर्थात्, मानिसहरू एकथोक बोल्छन् र अर्कैथोक गर्छन् । राज्यको उच्च जिम्मेवारीमा रहेका व्यक्तिहरूको समेत बोली र व्यवहार मिल्दैन । सत्तामा पुग्नका लागि जनसमक्ष अनेकथरी कलाकारिता प्रदर्शन गर्ने र उद्देश्य प्राप्तिपछि माखो नमार्ने प्रवृत्ति विद्यमान छ । यस्तो चरित्र समकालीन समाजमा छ्याप्छ्याप्ति पाइन्छ ।
कांग्रेस बैठकको सबैभन्दा दुःखद् कुरा त राजनीतिमा रहने लामो समय भएका युवा साथीहरूको प्रस्तुति हो । उनीहरूको प्रस्तुति पटक्कै सन्तोषजनक थिएन । रूपान्तरण अभियान कुनै व्यक्ति विशेष वा समूह विशेषको अभियान थिएन र होइन ।
यसप्रति कसैले पनि पूर्वाग्रह राख्नुपर्ने कुनै आवश्यकता थिएन र छैन पनि । यसका विरुद्ध शक्ति खर्च गर्नुपर्ने वा चुँसम्म नबोल्नुपर्ने कुनै तर्क थिएन । युवा साथीहरूले त रूपान्तरण अभियानको स्वामित्व लिँदै पार्टीलाई चुनौतीमुक्त तुल्याएर नेपाल, नेपाली र प्रजातन्त्रको भविष्यलाई सुरक्षित बनाउँछौं भन्नुपर्ने थिएन र ?
पार्टीको सम्पूर्ण आन्तरिक एकताको आवाज उठाउनु पर्दैनथ्यो ? खै युवापन ? खै तारुण्यता ? अर्को कुरा, पार्टी संस्थापन पक्ष योजनाबद्ध रूपमा बैठकमा प्रस्तुत हुँदा प्रतिस्पर्धी समूहको कुनै तयारी देखिएन । सबैको प्रस्तुति वैयक्तिक थियो । अर्कातिर ठूलो संख्यामा रहेका संस्थापन पक्षीय नेताहरूको आक्रमणको तारो महामन्त्रीहरू बनेका थिए । यसको कारण उनीहरूले गरेको नेतृत्वको स्पष्ट आलोचना थियो ।
महाधिवेशनपश्चात पार्टीमा बढेको नीतिविहीनता, विधिविहीनता, अव्यवस्था र एकाधिकारले संस्थालाई कता लाँदैछ भन्ने प्रश्न उठाउन नपाइने हो ? नेतृत्वको जिम्मेवारी, दायित्व र कर्तव्य सम्झाउन नपाइने हो ? हामीले आफूलाई सुधारेर हिँड्नु आजको प्राथमिक आवश्यकता हो भन्न पनि नपाइने हो ? त्यसो भए भन्न पाइने चाहिँ के-के हो त ? चौधौं महाधिवेशनमा वर्तमान सभापतिले गरेको वाचा बन्धन के थियो ? के त्यो पूरा भयो ? वा पार्टी त्यस दिशामा अग्रसर छ त ? यी विषयहरूमा आफ्नो राय सुझाव दिन नपाइने हो ? महामन्त्री भनेको कारिन्दा हो कि नेता ? पार्टीका साथीहरूले देशव्यापी छलफल चलाउनुपर्ने भएको छ ।
चौधौं महाधिवेशनका सभापतिका प्रत्यासी नेता शेखर कोइरालाले अलि चर्को स्वरमा नेतृत्वको आलोचना गर्नुहोस् भन्ने संस्थापन इतर पक्षको अपेक्षा थियो। किनभने उहाँले नेतृत्वको कडा आलोचना गरेरै राजनीतिको वर्तमान उचाइ हासिल गर्नुभएको हो । तथापि कार्यशैली आ-आफ्नै हुन्छन् । यसपटक उहाँले शालीनता पूर्वक आफ्नो धारणा राख्नुभयो । केन्द्रको बैठकअघि समूहको बैठक राख्नुभएन । तर, पनि उहाँको 'कन्टेन्ट' ले समसामयिक राजनीतिका लगभग सबै क्षेत्र समेटेको थियो। भ्रष्टाचार, सुशासन, गठबन्धनका घटकहरू, विदेश सम्बन्ध, जनतासँग कांग्रेसको सम्बन्ध, सत्ताको प्राथमिकता लगायतका विषयलाई समेटेको थियो ।
यी विषयहरू जल्दाबल्दा नै हुन् । हामी सबैलाई थाहा छ, त्यही कुरालाई कडा शैलीमा प्रस्तुत गर्दा प्राप्त हुने प्रतिक्रिया र शालीनतापूर्वक व्यक्त गर्दा आउने प्रतिक्रियामा धेरै अन्तर हुन्छ । थप कुरा, उहाँले बैठकमा आफ्नो तयार लिखित धारणाका अतिरिक्त त्यहाँ तत्काल उठेका विषयहरूलाई पनि थोरै सम्बोधन गरेको भए उपयुक्त हुन्थ्यो । हामीलाई थाहा छ, नेपाली कांग्रेस र नेपालको राजनीतिमा भद्रता र शालीनतालाई अयोग्यता मानिन्छ । तथापि एउटा सत्य के हो भने दलभित्रको प्रतिपक्षी नेता थोरै आक्रामक भने हुनैपर्छ । यहाँ शालीन आग्रह र विनम्रतालाई कमजोरी एवं लाचारी ठान्ने र लत्याउने अपसंस्कृति स्थापित छ ।
तसर्थ रूपान्तरण अभियानको विनम्र, आक्रामक र निर्णायक गरी तीन चरणहरूमध्ये अबको चरण आक्रामक चरण हो। तथापि यसले शालीनता गुमाउने छैन । तर्कसंगत रूपमा भद्रतापूर्वक आफ्ना विषयहरू राख्नेछ ।
रूपान्तरण अभियानले हजारौंको संख्याबाट लाखौंको संख्याबीच आफ्नो पहुँच विस्तार गर्नेछ । यसले कांग्रेसका साथीहरू र आमजनतामा फैलिएको निराशालाई अन्त्य गरी नयाँ आशा र थप आत्मविश्वास पैदा गर्नेछ । र, पार्टी रूपान्तरणका निम्ति अग्रसर हजारौं अभियन्ताहरूमार्फत पार्टीलाई रूपान्तरण गरी ऐतिहासिक कीर्तिमान कायम गर्नेछ ।
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...