×

NMB BANK
NIC ASIA

सर्पदंशको त्रास

तराईमा सर्पको बिगबिगी : उपचार केन्द्र बने, तर बिरामीले पर्याप्त उपचार पाएनन्

बुटवल | साउन २४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

तराईमा सर्पको बिगबिगी भइरहेका बेला पश्चिम नवलपरासीको सुनवल जर्गाहास्थित प्रहरी युक्ति तालिम महाविद्यालयमा रहेको सर्पदंश केन्द्रको उपचार सेवा बन्द छ ।

Muktinath Bank

तीन वर्षअघि निर्माण भएको केन्द्रमा आवश्यक पर्ने औषधि नभएपछि सेवा दिन नसकिएको महाविद्यालयले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सर्पदंशको उपचार केन्द्र नहुँदा स्थानीयको ज्यान जोखिममा परेको भन्दै तत्कालीन नगर प्रमुख भीमबहादुर थापाको पहलमा नगरपालिकाले २५ लाखको लागतमा सर्पदंश उपचार केन्द्र निर्माण गरेको थियो । 


Advertisment
Nabil box
Kumari

आवश्यक पर्ने औषधि नगरपालिकाले उपलब्ध गराउने सहमतिअनुसार महाविद्यालयले डाक्टर र एम्बुलेन्सको व्यवस्था गरेको छ । तर, अहिले डाक्टर भए पनि औषधि नभएका कारण उपचार सेवा दिन नसकिएको महाविद्यालयका एसपी भोलाबहादुर रावलले बताए । गत वर्ष सर्पले डसेका ५७ जना बिरामीको उक्त केन्द्रमा उपचार गरिएको थियो । 

Vianet communication
Laxmi Bank

यस्तै तीन वर्षअघि प्यूठानमा स्थापना भएको सर्पदंश उपचार केन्द्र सञ्चालन नहुँदा बिरामीहरूले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था बढ्दै गएको छ ।

जलवायु परिवर्तन तथा विभिन्न कारणले तराईका विषालु सर्पहरू पहाडतर्फ उक्लिन थालेपछि स्वर्गद्वारी नगरपालिका– ९ मा उपचार केन्द्र स्थापना भएको थियो । उपचार नपाएर गएको असारमा प्युठान नगरपालिका वडा नम्बर–४ का १३ वर्षीय बालकको सर्पको टोकाइबाट मृत्यु भएको छ । असार अन्तिम साता प्यूठान– १ का दुईजना बालबालिकाकालाई नेपालगञ्ज पुर्‍याएर बचाउन सफल भएको स्वास्थ्य कार्यालय प्युठानकी निमित्त प्रमुख डा. प्रमिला खनालले बताइन् ।  

यसै साता कपिलवस्तुको गोरूसिंगे सर्पदंश अस्पतालमा उपचार हुन नसकेपछि जिल्लाको मायादेवी गाउँपालिका– ३ का २ वर्षीय बालक सूर्य बरईको ज्यान गयो ।

असारमा पनि कपिलवस्तुमा दुई बालकसहित एकैदिन सर्पले टोकेर ४ जनाको ज्यान गएको थियो । गोरूसिंगेमा पर्याप्त सेवा नहुँदा उनीहरूलाई बुटवल ल्याउँदै गर्दा मृत्यु भएको हो । वर्षायामसँगै तराई/मधेशमा विषालु सर्पको बिगबिगी छ । तर, धेरै ठाउँमा उपचार केन्द्र छैन भने भएको ठाउँमा पनि औषधि र उपकरण नभएपछि टाढाको अस्पताल पुर्‍याउनु पर्दा ज्यान गइरहेका छन् । 

स्वास्थ्य निर्देशनालय, लुम्बिनी प्रदेशका अनुसार आर्थिक वर्ष २०७९/०८० मा लुम्बिनी प्रदेशमा सर्पदंशबाट ३० जनाको मृत्यु भएको छ ।

यो अवधिमा ५६२ जनालाई सर्पले डसेको स्वास्थ्य निर्देशनालयका प्राविधिक खिमलाल पाण्डेले जानकारी दिए । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये रुपन्देही, बाँके, दाङ, कपिलवस्तु र पाल्पामा सर्पको टोकाइ उच्च छ । 

रूपन्देहीमा ३४६ जनालाई सर्पले टोकेकोमा १२ जनाको मृत्यु भएको छ । बाँकेमा ९९ जनालाई सर्पले टोकेकोमा ८ जनाको मृत्यु भएको छ । यस्तै, दाङमा सर्पले टोकेर १ जनाको मृत्यु भएको छ । कपिलवस्तुमा १५ जनालाई सर्पले टोकेकोमा ५ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस्तैगरी, बर्दियामा ५ जनालाई टोकेकोमा १ जनाको मृत्यु भएको छ । प्यूठानमा ३ जनालाई टोकेकोमा १ जनाको मृत्यु भएको छ ।

त्यस्तै नवलपरासी पश्चिममा ४ जनालाई सर्पले टोकेकोमा १ जनाको मृत्यु भएको छ । पाल्पामा ३३ जना, गुल्मीमा ३ जना, रोल्पामा ८ जनालाई सर्पले टोकेकोमा उपचारपछि निको भएका छन् । 

अस्पताल नपुग्दै धेरैको मृत्यु 

लुम्बिनी प्रदेशमा १४ वटा सर्पदंश उपचार केन्द्र रहेका छन् । जसमध्ये ३ वटा नेपाली सेना र एउटा स्थानीय तहले नेतृत्व गरेका छन् । 

बाँकी भने अस्पताललाई नै सर्पदंश उपचार केन्द्रका रूपमा विकास गरेर सञ्चालन गरिएको छ । सर्पदंश उपचार केन्द्रहरू सञ्चालनमा भए पनि घरमै वा उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु हुने संख्या धेरै देखिएको छ । 

पाण्डेका अनुसार एक वर्षमा सर्पदंशबाट मृत्यु भएका २८ जनामध्ये १५ जनाको अस्पताल नपुग्दै बाटोमै मृत्यु भएको छ । रूपन्देहीमा सर्पले टोकेर मृत्यु भएका १२ जनामध्ये ४ जनाको अस्पताल ल्याउन नपाउँदै मृत्यु भयो ।

बाँकेमा ८ जनामध्ये ५ जनाको, कपिलवस्तुमा ५ जनामध्ये ४ जनाको, नवलपरासी पश्चिम र बर्दियामा एक/एक जनाको बाटोमै मृत्यु भएको छ ।  

छिटो अस्पताल पुर्‍याए जोगाउन सकिन्छ ज्यान 

सर्पले डसेपछि अस्पताल पुर्‍याउन ढिलाइ हुँदा विष शरीरमा फैलिएर धेरैजसो  बिरामीको मृत्यु हुने गरेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा. नेत्र राना बताउँछन् । 

‘समुदायमा सर्पले डसेमा प्राथमिक उपचार कसरी गर्ने भन्ने जनचेतनाको अभाव छ । अस्पताल आउँदा उहाँहरू विष चढिसकेको अवस्थामा आइपुग्नुहुन्छ । बिरामीको अवस्था नाजुक भएको हुन्छ,’ उनले भने, ‘सर्पले डस्नेबित्तिकै होसियारी अपनाउने र समयमै नजिकको अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्‍याउन सकियो भने बिरामीको ज्यान बचाउन सकिन्छ ।’ 

भेरी अस्पताल नेपालगञ्जका वरिष्ठ कन्सल्टेन्ट डा. कृष्णप्रसाद आचार्यले मनसुन सक्रिय भएपछि सर्पदंशका बिरामी बढेको बताए । 

जेठदेखि कात्तिकसम्म सर्पदंशको जोखिम बढी हुने र विगतको भन्दा अहिले उपचारको सुविधा पनि बढ्दै गएको उनले बताए ।

डा.आचार्यका अनुसार विषरहित सर्पले टोकेमा १० देखि १२ घन्टासम्म बिरामीलाई निगरानीमा राखिन्छ । विषालु सर्पले टोकेमा तत्काल उपचार आवश्यक हुन्छ ।

कपिलवस्तु सर्पदंश उपचार केन्द्र गोरुसिंगेका व्यवस्थापक नवीन भण्डारीका अनुसार पछिल्लो समय सर्पले टोकेको भन्ने थाहा नहुँदा पनि मृत्यु हुने क्रम बढेको छ ।

पहाड चढ्दै विषालु सर्प 

तराई क्षेत्रमा मात्र पाइने विषालु सर्पहरू पछिल्लो समय पहाडी जिल्लाहरूमा पनि देखिन थालेका छन् । विषालु सर्प पहाडी भेगमा पनि देखिन थाल्दा उपचार केन्द्रको थप विस्तार आवश्यक देखिएको लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले बताए ।

सर्पदंशबाट हुने मृत्यु रोक्न प्रदेशमा रहेका अस्पताल तथा सर्पदंश उपचार केन्द्रमा भ्याक्सिन, दक्ष जनशक्ति लगायतको व्यवस्था गरिएको उनले बताए । लुम्बिनी प्रदेशमा सर्पदंशमा प्रयोग हुने एन्टीस्नेक भेनम प्रशस्त रहेको डा. पौडेलले जानकारी दिए ।

उनले सर्पको टोकाइबाट बच्नका लागि विद्यालय र समुदायस्तरमा सचेतनामूलक कार्यक्रम पनि गरिएको जनाए । सर्पले टोकेका बिरामी अझै पनि अस्पताल गएर उपचार गराउनुभन्दा झारफुक गर्ने प्रवृत्ति कायमै रहेकाले बिरामीको ज्यान जोखिममा पर्ने गरेको छ । गाउँघरतिर सर्पले टोकेपछि अस्पताल पुर्‍याउनुको साटो झारफुक गर्न धामीझाँक्री खोज्ने चलन हट्न सकेको छैन ।

अझै पनि करीब ५ देखि १० प्रतिशत बिरामी पहिला धामीझाँक्रीकोमा र त्यसपछि अन्तिम स्थितिमा मात्रै उपचारका लागि अस्पताल पुग्ने गरेको चिकित्सकहरू बताउँछन् ।

यही प्रवृत्तिका कारण सर्पदंशका कतिपय घटनामा बिरामीले अकालमा ज्यान गुमाउनु परेको छ ।

सर्पले डसेपछि डसेको भागमा रबर तथा डोरीले रगत सञ्चालन नै नहुने किसिमले धेरै दिनसम्म बाँधिराख्ने र लामो समयसम्म उपचार नगरी बस्ने गरेका कारण कतिपय अंगभंग नै हुने गरेको चिकित्सकहरू बताउँछन् ।

चिकित्सकहरूका अनुसार रक्तनलीलाई धेरै बाधा नपुर्‍याई सामान्य पट्टी बाँधेर बिरामीलाई जतिसक्दो चाँडो अस्पताल पुर्‍याउनुपर्छ । नेपालमा हालसम्म पाइएका ८९ प्रजातिका सर्पमध्ये २१ प्रजातिका सर्प विषालु छन् ।

यसमा गोमन, करेत, रसेल भाइपरलगायत पर्छन् । नेपालमा सबैभन्दा बढी गोमन र करेतले डस्ने गरेको तथ्यांक छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x