×

NMB BANK
NIC ASIA

मोफसलबाट उदाएकी कलाकार

मोडल बन्न हिँडेकी शिलु तीज गीतकी ‘हिट’ गायिका

बुटवल | साउन २७, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

सिर्जनामा यथासम्भव गाउँले आवाज टिपेर गीत/संगीतमा पस्किने विशेषता भएकी गायिका हुन् शिलु भट्टराई । मोफसलबाटै संगीतमा उदाएर सफलता चुमेकी कलाकार शिलुले ल्याउने लोकदोहोरी होस् वा तीज गीतमा गाउँको मौलिकता गाँसिएका शब्द र भाव प्रस्तुत हुन्छन् ।

Muktinath Bank

सांगीतिक क्षेत्रमा १ दशक बिताइसकेकी शिलुका आवाजमा १०० भन्दा बढी गीत आइसकेका छन् । गीत–संगीतलाई कर्मक्षेत्र बनाएकी उनले ल्याउने हरेक तीज गीतले बेग्लै रौनक छाडेका छन् । ८ वर्षअघि पहिलो ‘घुम पाकुम घुम’ तीज गीतले चर्चित भएपछि नै उनलाई चिनाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसपछि ठाउँको ठाउँ ढले, ठोक्न मादल ठोक, भगेरी चरीसम्मले उनलाई ‘हिट’ सँगै गीतसंगीतमा स्थापित समेत गराए । ‘मैले सबै प्रकारका गीत गाएर बजारमा ल्याएँ,’ शिलु भन्छिन्, ‘मैले ल्याएका संगीतहरूमध्ये तीज गीत सबैले रूचाउनुभयो । त्यसैले मलाई धेरैले तीज गीत गायिका पनि भन्छन् ।’


Advertisment
Nabil box
Kumari

तीज गीतमा उनी कहिल्यै पछाडि फर्किनुपर्ने अवस्था आएको छैन । बुन्न नजानेर डोको भयो कोक्रोझै, सरर बतास, धुलो उडाउँछु, टेबुलमा ऐना छ, टक्क बरिलै, पोइ कमाउने स्वास्नीले उडाउने, ठूली दिदी लगायत दर्जन बढी प्रस्तुति उनका सफल गीतमा पर्छन् । 

Vianet communication
Laxmi Bank

हरेक वर्ष तीजका कोसेली पस्किँदै आएकी उनले यो वर्ष पनि ‘भुइँपत्र हल्लाउँदै’ बजारमा आइसकेको छ, जुन रोजाइमा पर्नुका साथै यूट्युबमा राम्रो भ्यूज पनि पाएको छ । भड्किलो गीत कहिल्यै प्रोत्साहन नगर्ने उनको स्वर यस वर्ष ५ वटा तीज गीतमा दर्शकले सुन्न पाउनेछन् । उनले बितेको १ दशक गीतसंगीतबाटै उचाइ हाँसिल गरेकी छन् । यसैकारण शिलुलाई ‘स्टेज क्वीन’ पनि भनिन्छ ।

जसरी शिलु सहज रूपमा दर्शक र स्रोतका मन जित्दै नाम र दाम दुवै कमाइरहेकी छन्, उनको यो आजको सफलता त्यति सजिलै गरी प्राप्त भएको होइन । धेरै सपनासँग विद्रोह गरेर अघि बढेकाले यो क्षेत्रले उनलाई थाक्न दिएन । यसको पछाडि उनको लामो संघर्षको कथा पनि छ । 

गुल्मीको रेसुङ्गा नगरपालिका–१० सिमिचौरको सामान्य परिवारमा जन्मिएकी शिलुको सानैदेखि नशा–नशामा संगीत थियो । गाउँमै आधारभूत तह पढ्दा विद्यालयमै गीत गाएर प्रथम भएको उनलाई अझै पनि ताजा सम्झना छ । स्कूलबाटै गायनको राम्रो छाप बोकेर हिँडेकी उनलाई बिस्तारै गीतसँगै मोडल बन्ने रुचि थियो । मोडल बन्ने भनेर उनी काठमाडौं पुगिन् । १–२ वटा गीतमा मोडलिङ पनि गरिन् तर धेरैले उनलाई मोडलभन्दा गीत गाउन सुझाए ।

‘मोडल बन्न भनेर काठमाडौं गएकी थिएँ,’ शिलु भन्छिन्, ‘अग्रज कलाकार तथा साथीभाइले गीत गाउन सुझाए । त्यहीँअनुसार कलाकार गायिका बनेर आएँ ।’

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीकी अध्यक्ष समेत रहेकी भट्टराईले रोइला, पञ्चेबाजा, दशैं, तिहारका गीत पनि धेरै गाएकी छन । उनले अहिलेसम्म कौडा गीत भने गाएकी छैनन् । तीजलगत्तै झ्याउरे गीत बजारमा ल्याउने तयारीमा छिन् उनी ।

गीतसंगीतले साथीभाइ, इष्टमित्र र दर्शक कमाएको उनी बताउँछिन् । दर्शकको अपार मायाका कारण आफू लोकदोहारी र तीजगीतमा सफल भएको बताउँदै उनले दर्शकहरूका लागि हरेक वर्ष तीज गीत नछुटाई ल्याउने गरेको बताइन् ।

उनी भन्छिन्, ‘स्टेज चढ्दा होस् वा गीत बजारमा ल्याउँदा दर्शकले जुन माया देखाउनुभयो, त्यो माया निरन्तर जारी छ । उहाँहरूको माया पाउनु नै मेरो सबैभन्दा ठूलो उपलब्धि हो ।’ आफूले गाएका गीतहरू दर्शकले रुचाइरहेकाले हौसला बढेको उनले बताइन् । अझै राम्रा गीतहरू गाएर दर्शकलाई खुशी बनाउनका लागि मेहनत गरिरहेको शिलुको भनाइ छ । शिलुले भनिन्, ‘दर्शकले जुन अपेक्षाले रूचाउनुभएको छ । त्यो अपेक्षा मर्न नदिन हरसम्भव प्रयास गरिरहेको छु ।’

गीतसँगै उनले अतिरिक्त पेशाको रूपमा साबुन उद्योग सञ्चालन गरेकी छन् । ३ वर्षअघिदेखि भैरहवामा उनको शिलु सोप इन्डस्ट्रिज सञ्चालनमा छ । उद्योगमा उनले ७ जनालाई रोजगारी समेत दिएकी छन् । पछिल्ला वर्ष लोकदोहोरी गीतमा विकृति मौलाउँदै गएको छ तर त्यसप्रति शिलु सचेत छिन् । हरेक कलाकारले आफ्नो संगीत फोहोर नहोस् भनेर सचेत बनेमा गीतसंगीतमा कसैले प्रश्न गर्ने ठाउँ नआउने शिलु बताउँछिन् ।

‘समयानुसार गीतका प्रारूप परिवर्तन हुन्छन्,’ शिलु भन्छिन्, ‘तर मौलिक धार भने छोडिनु हुँदैन । विकृति, विसंगति हुनुहुँदैन । घरपरिवारमा सँगै बसेर हेर्न/सुन्न सकिने हुनुपर्छ ।’

गीत–संगीत मानव जीवनमा प्राण हो । गीतमा रचना र आधुनिकता बढ्दै गएको छ । नयाँ–नयाँ कलाकार सफलता पाउँदै जमेका छन । नेपाली लोकदोहोरी गीतले अहिले अन्तर्राष्ट्रिय पहिचान समेत बनाउँदै गएकोमा विकृतिमा जानबाट रोक्न सबैको दायित्व र कर्तव्य हुने उनको बुझाइ छ ।

उनी गीत–संगीतका कार्यक्रमका लागि देशका ६० भन्दा बढी जिल्लामा पुगेकी छन् भने कतारदेखि भारतका विभिन्न १५ वटा शहरमा गएर आफ्ना प्रस्तुति नेपालीमाझ प्रस्तुत गरेकी छन् । सबैसँग मिठो बोल्ने, विभिन्न स्टेज कार्यक्रम सञ्चालक टीमसँग सुमधुर सम्बन्ध राख्ने र स्टेजको प्रस्तुतिले दर्शक तान्न सक्ने भएकाले एकपछि अर्को गर्दै उनलाई सांगीतिक कार्यक्रमबाट ‘अफर’ आउँछन् । 

पछिल्लो समय धेरै कलाकारहरू विदेश गएर उतै बस्ने गरेका छन् तर त्यसपछि शिलु देशलाई छाडेर जान नहुने मान्यता राख्छिन् । ‘कार्यक्रमका लागि विदेश जाने कुरा छुट्टै रह्यो,’ उनी भन्छिन्, ‘जति दुःख परे पनि देशमै काम गर्नुपर्छ, देशलाई साँचो माया गर्नेले देश छाडेर हिँडनु हुँदैन । गीत चलून्, नचलून् देशमै केही गरेर देखाउनुपर्छ भन्ने मलाई व्यक्तिगत रूपमा लाग्छ ।’

शिलुलाई गीत–संगीत जीवन हो भन्ने लाग्छ, यहीँ क्षेत्रमा टिकेर सबैको माया पाइराखुँ भन्ने छ । उनको अहिलको बसाइँ रूपन्देहीको तिलोत्तमा नगरमा छ ।

नेपाली कला संस्कृतिलाई जगेर्ना गर्नुपर्छ, लोकप्रियताका नाममा समाजमा विकृति फैलाउने गीतहरूलाई प्रोत्साहन गर्न नहुने शिलुले बताइन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x