कात्तिक २८, २०८०
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...
आर्थिक वर्ष २०७९/८० मा पुष्प व्यवसायमा रु तीन अर्ब सात करोडको वार्षिक कारोबार भएको छ । उक्त कारोबार आर्थिक वर्ष २०७८/८९ भन्दा रु ७७ करोडले बढी हो ।
कोरोना महामारीको त्रास कायमै रहेकाले आव २०७८/८९ मा रु दुई अर्ब ३० करोडको वार्षिक फूलको कारोबार भएको थियो ।
अघिल्लो आर्थिक वर्षको भन्दा ३३ दशमलव ६३ प्रतिशतले बढेर आव २०७९/८० मा रु तीन अर्ब सात करोडको कारोबार भएको फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए ।
गत आर्थिक वर्षका लागि एशोसिएसनले रु तीन अर्बको कारोबार हुने अनुमान गरेको भए पनि लामो समय कोरोना महामारीको कारण थला परेको यस व्यवसायले पुरानै लय लिएसँगै कारोबार रकम बढेको हो ।
विशेषगरी विवाह, व्रतबन्ध, सभा सम्मेलन, सेमिनारमा बढी प्रयोग हुने फूल पाँच वर्षअघि विश्वभर फैलिएको कोरोना महामारीको समयमा अत्यन्तै कम कारोबार भएको थियो । उक्त समयमा कारोबार मात्र कम नभई लाखौँ फूलहरू नष्ट भएको थियो ।
कोरोनाअघि हरेक वर्ष यस व्यवसायले वार्षिक रु तीन अर्ब ३० करोडसम्मको कारोबार गर्ने गरेको थियो । यसमा वार्षिक रु १८ करोडको रातो गुलाफ फूलको मात्रै कारोबार हुने गरेको थियो ।
विशेषगरी तिहारमा प्रयोग हुने मखमली र गोदावरी फूल स्वदेशी उत्पादनले नै पुग्ने गरेको भए पनि तिहारमा नै प्रयोग हुने सयपत्री र अन्य समयमा प्रयोग हुने रातो गुलाफ भने छिमेकी मुलुक भारतबाट ल्याउनुपर्ने बाध्यता टरेको छैन ।
कोरोना महामारीअघि गुलाफको आन्तरिक उत्पादन राम्रो रहे पनि पछिल्लो सयय यसको उत्पादन घढ्दै गएका कारण पनि हरेक वर्ष आयात गर्ने गुलाफको मात्रा र मूल्य बढ्दै गइरहेको बताइएको छ ।
नेपालमा विसं २००७ देखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको भए पनि बजार मागअनुसार स्वदेशी उत्पादनले नै धान्न सक्ने अवस्था नभएको एशोसिएसनले बताएको छ ।
रातो गुलाफ विशेषगरी काठमाडौँ उपत्यकाको तीन जिल्ला र काभ्रेपलाञ्चोकमा व्यावसायिकरूपमा लगाउने गरिएको छ । फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४८ जिल्लामा लगभग पाँच सय पाँच नर्सरी विस्तार भएका छन् ।
व्यावसायिकरूपमा चार सय ५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४४ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लाभ लिएका छन । नेपालमा लगभग दुई सय २१ हेक्टर क्षेत्रफलमा एक हजार एक सय १६ व्यवसायीले यसको खेती गर्दै आएका छन । यस व्यवसायमा लगभग रु सात अर्ब बढीको लगानी रहेको बताइएको छ ।
अहिले महामारीको त्रास छैन । मठमन्दिर, पार्टी प्यालेस पूर्ववत्रूपमा नै सञ्चालनमा छन । विभिन्न किसिमका सभा–सम्मेलन र पर्यटन व्यवसाय पनि सञ्चालमा आउँदा फूलको व्यापार पूर्ववत्नै हुन थालेको छ । गत आर्थिक वर्षको वैशाखमा स्थानीय तहको निर्वाचन तथा मङ्सिरमा भएको आम निर्वाचनका कारण पनि उल्लेख्य मात्रामा फूलको कारोबार भएको अध्यक्ष तामाङले बताए ।
रमाइलो र उत्सवमा बढी प्रयोग हुने फूल कोरोना महामारीका कारण बारीमै खेर फल्न परेपछि महामारीको समयमा यस व्यवसायमा आबद्ध जनशक्ति अन्य पेशामा समेत पलायन भएको बताइएको छ । विगत चार वर्षदेखि निकै नोक्सानीको सामना गरिरहेको यस व्यवसायले गत आवमा भने अनुमानित लक्ष्यभन्दा बढी आर्थिक कारोबार गरेको छ ।
यसैबीच काठमाडौँ महानगरपालिकाले गत साउन १ गतेदेखि प्लास्टिकबाट निर्मित फूल र सजावटका सामग्री बिक्री वितरणमा रोक लगाएसँगै फूलको कारोबार बढ्ने अनुमान गरिएको छ । रासस
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...
बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ । यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ । ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...