×

NMB BANK
NIC ASIA

राष्ट्रपतिको सक्रियताप्रति ओलीको आपत्ति

प्रचण्डसँग ओलीको प्रश्न– राष्ट्रपतिलाई गैरसंवैधानिक बैठक बोलाउन कसले उक्सायो ?

काठमाडाैं | भदौ ५, २०८०

NTC
Premier Steels

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिले संविधानमा नभएको सक्रियता देखाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । ​उनले मंगलवार बिहानका लागि राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकप्रति आपत्ति जनाएका हुन् ।

Muktinath Bank

सोमवार रातिको सर्वदलीय बैठकमा ओलीले प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रपतिलाई गैर संवैधानिक बैठक बोलाउन कसले उक्सायो ? भन्दै प्रश्न गरेका थिए । ‘प्रधानमन्त्रीजीलाई मेरो प्रश्न छ, राष्ट्रपतिलाई गैर संवैधानिक बैठक बोलाउन कसले लगायो ? कसले उक्सायो ?’ ओलीको भनाइ उद्धृत गर्दै एमाले स्रोतले भन्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओलीले राष्ट्रपतिले बोलाएको औचित्यहीन बैठकमा सहभागी नहुनेसमेत चेतावनी दिएका थिए ।


Advertisment
Nabil box
Kumari

संसद् गतिरोध अन्त्यका लागि भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले मंगलवार बिहानका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । ‘प्रधानमन्त्रीको परामर्शबिना राष्ट्रपतिले यस्तो बैठक बोलाउने व्यवस्था कहाँ छ ? प्रधानमन्त्रीजी हामी सहमति जुटाउन सक्दैनौं भनेर बोलाएको हो ?’ ओलीले प्रधानमन्त्रीसँग प्रश्न गरेका थिए । 

Vianet communication

जवाफमा प्रचण्डले सर्वदलीय बैठक बोलाउन आफूले कुनै सल्लाह नदिएको स्पष्टीकरण दिएका थिए । कांग्रेस नेताहरूले भने राष्ट्रपतिको सदासयताप्रति प्रश्न उठाउन नमिल्ने बताएका थिए । प्रधानमन्त्री प्रचण्ड, विपक्षी दलका नेता ओली, सभामुख र राष्ट्रिय सभाका अध्यक्षसमेतसँग छलफल गरेपछि पौडेलले सर्वदलीय बैठक बोलाएका थिए ।

सोमवार अबेर रातिसम्म बसेको बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार बाहिरबाट समातिएको सुन सम्बन्धमा छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नेबारे दलहरू सहमति नजिक पुगेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले गरिरहेको अनुसन्धान टुंग्याएपछि त्यस्तो आयोग गठन गर्न सत्तापक्ष तयार भएको छ ।

बैठकमा सहभागी जसपा नेता राजकिशोर यादवका अनुसार उच्चस्तरीय आयोग सम्बन्धमा गृहकार्य गर्न नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक र माओवादीका हितराज पाण्डे सहितको कार्यदल गठन गरिएको छ । 

कार्यदलको बैठक मगलवार दिउँसो १ बजेका लागि बोलाइएको छ । उच्चस्तरीय आयोग गठनमा सत्तापक्ष लचिलो भएपछि एक महिनादेखिको संसद् अवरोध हटाउन एमाले तयार भएको छ ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x