मंसिर १६, २०८०
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
काठमाडाैं | भदौ ७, २०८०
गौरा पर्व मनाइने सुदूरपश्चिम प्रदेशका गौरा घर तथा मन्दिरमा बुधवार धार्मिक अनुष्ठानका साथ गौरा भित्र्याइएको छ ।
व्रत बसेका महिलाले सामूहिकरूपमा धान, साउँ, कुस, अपामार्गलगायतका बोटबिरुवाबाट गौरा भगवतीको प्रतिमा तयार पारेर धार्मिक अनुष्ठानका साथ गौरा भित्र्याएका हुन् । सुदूरपश्चिममा गौरा पर्वलाई विशेष महत्त्वका साथ हेरिन्छ । हिन्दू महिलाले सामूहिकरूपमा नजिकैको खेतमा गएर गौराको प्रतिमा तयार पारी माङ्गल गीत र फाग गाउँदै भित्र्याउने गर्छन् ।
भाद्र पञ्चमी तिथिका दिन घरघरमा तामा वा पित्तलको सफा भाँडोमा पाँचथरीका गेडागुडी अर्थात् ‘बिरुडा’ भिजाएर राखिएपछि यो पर्व औपचारिकरूपमा सुरु भएको मानिन्छ । ‘बिरुडा’ भिजाएर राखिने भाद्र पञ्चमीको दिनलाई ‘बिरुडा पञ्चमी’ भनिन्छ । व्रत बसेका महिलाले सामूहिकरूपमा सप्तमी र अष्टमीका दिन गौरी र महेश्वरको पूजा गर्ने गर्छन् ।
पूजा गर्नुअघि घरमा भिजाएर राखिएको बिरुडालाई सामूहिकरूपमा पधेँरो वा जलाशयमा लगेर धार्मिक अनुष्ठानका साथ धोइन्छ । यसलाई ‘नोलाई’ (धारा पधेँरा) गौरा भनिन्छ । पूजा गर्दा अक्षताका रूपमा प्रयोग हुने ‘बिरुडा’ (पाँचथरीका गेडागुडी)को विशेष महत्त्व हुन्छ । ‘बिरुडा’लाई गौरा र महेश्वरको प्रसादका रूपमा ग्रहण गर्ने परम्परा छ । पूजाको काम सकिएपछि छरछिमेकमा प्रसादका रूपमा बाँडिने बिरुडालाई पकाएर खाने चलन रहेको र यसले पेटसम्बन्धी रोग निको हुने जनविश्वास छ ।
पूजाको काम सकिएपछि हरेक दिन माहिला पुरुष छुट्टाछुट्टैरूपमा गोलबन्द भई चैत, धमारी, देउडा र खेल खेलेर रमाउने गर्छन् । चैत र धमारीसम्बन्धी गीतले देवीदेवताको महिमा, पुराना वीरयोद्धा, राजामहाराजाका वीरगाथा, आफ्नो गाउँठाउँका पर्यटकीय, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिरूपमा महत्त्वपूर्ण स्थल, हिन्दू सभ्यता र संस्कृतिको महत्त्व दर्शाउने गरेको जानकार बताउँछन् ।
गौरादेवीको पूजाआजा गर्दा विवाहिता महिलाले आफ्नो पतिको दीर्घायुका साथै घरमा सुख, शान्ति हुन्छ भन्ने पनि जनविश्वास छ । यसै पर्वदेखि विवाहिता हिन्दू महिलाले अर्को वर्षको गौरा पर्व नआउँदासम्म धागोबाट बनाइने ‘दुब–धागो’ आ–आफ्नो घाँटीमा धारणा गर्ने चलन छ । यो दुब–धागो गौरादेवीलाई चढाएपछि मात्र महिलाले आफूले ग्रहण गर्न पाउने परम्परा छ ।
यो पर्व मनाउन एक ठाउँमा भेला हुने अवसर मिल्ने भई आपसी सद्भाव सुदृढ गराउन मद्दत पुग्ने इष्ट कुलदेवता खुसी हुने, सामाजिक विकृति विसङ्गति, कूशासनविरुद्ध देउडा खेलका मध्यमबाट तिखो व्यङ्ग्य गरिने हुँदा यसले समाजलाई सही बाटोमा डो¥याउन मद्दत पु¥याउने विश्वास गरिन्छ । अनुकूल तिथिका दिन यो पर्व विसर्जन गरिन्छ ।
पौराणिककालमा भृगुवंशी एक ब्राह्मणीले आफ्नो सतित्व रक्षाका लागि निराहार बसी गरेको शिव र पार्वतीदेवी (गौरा)को पूजाको फलस्वरूप ब्राह्मणीले तेजिलो पुत्रलाभ गरेकीले गौरालाई सर्वशक्तिमान् भएको विश्वासमा यो पर्व मनाउने गरिएको धनगढीका ज्योतिष मनिराज जोशी बताउनुहुन्छ । सरकारले गौरा पर्वका अवसरमा सार्वजनिक बिदा दिएको छ ।
देउवा निवासमा गौरा
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको धनगढी उपमहानगरपालिका–४ स्थित निजी निवासमा बुधवार विधिपूर्वक गौरा भित्र्याइएको छ । देउवाकी धर्मपत्नी डा आरजु राणा देउवा गौरा पर्व मनाउन केही दिनअघि धनगढीस्थित आफ्नो निवास पुगेकी थिइन् । गौरा मनाउन उनको निवासमा स्थानीय महिला भेला भएका छन् ।
सुदूरपश्चिम प्रदेशमा भाद्र शुक्ल पक्षको अष्टमी अथवा भाद्र कृष्णपक्षको अष्टमीका दिन गौरा भित्र्याउने परम्परा रहे पनि नेपाल पञ्चाङ्ग निर्णायक समितिले गरेको निर्णयअनुसार आज साउन शुक्लपक्ष अष्टमीका दिन गौरा भित्र्याइएको जोशीले बताए । कतिपय ठाउँमा भने भदौ २१ गते गौरा भित्र्याउने तयारी गरिएको उनले बताए । –रासस–
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...