कात्तिक २८, २०८०
अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् । यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...
काठमाडाैं | भदौ ९, २०८०
शुक्रवारबाट प्रदर्शनमा आएको नेपाली फिल्म ‘जय हो’को कथा सरल छ । प्रेमी अशोकसँग ब्रेकअप भएकी सजिना घरमा बुवाआमाको दिनँहु हुने झगडाका कारण थप आजित छिन् । उनको मानसिक अवस्था नै बिथोलिएको छ ।
बुवाआमाको झगडाकै कारण घर छाडेर निस्किएकी उनको भेट मुस्ताङका लागि हिँडेका जय, दोर्जे र मायासँग हुन्छ । यीमध्ये जय फोटोग्राफर हुन्छन् । विवाहको तयारीमा रहेका दोर्जे र माया उनै फोटोग्राफरलाई लिएर फर्किँदै गरेका हुन्छन् ।
पात्रको काठमाडौंदेखि मुस्ताङसम्मको यात्रा, उनीहरूबीचको सम्बन्ध, मुस्ताङ पुगेपछि त्यहाँको माहोल, त्यसैको वरीपरी फिल्मले २ घण्टा १५ मिनेट फन्को लगाउँछ ।
०००
केकी अधिकारी ‘सजिना’को भूमिकामा छिन् । सलोन बस्नेतले ‘जय’ नामक फोटोग्राफरको भूमिका निर्वाह गरेका छन् । माओत्से गुरुङले ‘दोर्जे’ र निशा अधिकारीले ‘माया’ नामक पात्रको भूमिका निर्वाह गरेका छन् । अर्पण थापाले अशोक नामक पात्रको भूमिका निर्वाह गरेका छन् ।
फिल्ममा कलाकारहरूको अभिनयमा खोट लगाउने ठाउँ पाइँदैन । केकी धेरैपछि फिल्ममा ‘रोमान्टिक अभिनेत्री’का रुपमा देखिएकी छिन् । अभिनेता सलोनले पनि विगतभन्दा केही फरक काम गर्ने प्रयास गरेका छन् । माओत्से र निशा रोमान्टिक जोडीका रुपमा सुहाएकै छन् । अर्पणको अभिनयको त सधै प्रशंसा नै हुँदै आएको छ ।
शोभित बस्नेतको ३५ औं फिल्म हो, ‘जय हो’ । यद्यपि, यस फिल्मका उनी निर्देशक नभएर प्रस्तुतकर्ता हुन् ।
संख्याका हिसाबले धेरै फिल्म बनाएका शोभितको यसपटकको फिल्मलाई लिएर एक किसिमको अपेक्षा थियो ।
किनकि, उनले अहिलेका दर्शकको मनोभाव बुझेर फिल्म निर्माण गरेको बारम्बार बताउँदै आएका थिए । तर, यो फिल्म पनि उनका विगतका फिल्मभन्दा उपल्लो कोटीको भने देखिँएको छैन ।
सरल कथा र स्टारकास्ट कलाकार भएर पनि कमजोर पटकथा र संवाद, क्लिसे दृश्य, पुरानै ढर्रामा दर्शक हसाउन प्रयोग गरिएको कमेडीको परिणाम बनेको छ फिल्म, जय हो ।
अन्तिमतिर एउटा दृश्य छ– जय, सजिना र अशोकको । उक्त दृृश्यले दर्शकलाई भावुक बनाइरहेको हुन्छ । तर, त्यो माहोलमा उपस्थित गाउँलेबाट आएको अनावश्यक संवादले भावुक सिनमा पनि दर्शक हाँस्न बाध्य हुन्छन् । फिल्मभित्रको सबैभन्दा ‘क्लिसे’ दृश्य नै दर्शकलाई यही लाग्न सक्छ । फिल्मभित्र यस्ता अरु पनि दृश्यहरू छन् । फिल्मको गीत–संगीत पक्ष औसत छन् ।
केही समयअगाडि नेपालमा कथा, पटकथामा भन्दा सुन्दर दृश्यमा फिल्म खिच्न मेहनत गर्ने परिपाटी बढेको थियो । यसपटक ‘जय हो’मा त्यस्तै देखिएको छ । पटकथा र संवादमा मेहनत नगरिए पनि लोकेसन र छायांकनमा मेहनत देखिन्छ ।
फिल्मको लोकशन र छायांकन पक्षले भने दर्शकको आँखालाई शितलता प्रदान गर्छ । मुस्ताङको सुन्दर लोकेशनले दर्शकलाई लोभ्याउन सक्छ ।
समग्रमा भन्नुपर्दा थुप्रै कमी–कमजोरीकाबीच प्रेम, रोमान्स, बिछोड र द्धन्द्धको प्याकेज फिल्ममा पाइन्छ । नेपाली फिल्मलाई माया गरौं भन्ने दर्शकलाई ‘जय हो’ले बाँधेरै राख्ने आशा गर्न सकिन्छ ।
फिल्म : जय हो
कलाकारहरू : केकी अधिकारी, सलोन बस्नेत, अर्पण थापा, निशा अधिकारी, माओत्से गुरुङ आदि ।
प्रस्तुतकर्ता : शोभित बस्नेत
निर्देशक : टेक पौरखी राई
अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् । यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...
अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...
यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...
कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...
नेपाली चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा मङ्गलबार एक कार्यक्रमबीच ४ मिनेट १५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हाे । आगामी जेठ १० गते विश्वव्यापी रुपमा एकसा...
निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...