×

NIC ASIA

ताप्लेजुङमा प्रहरीमाथि लाग्यो गम्भीर आरोप, मादक पदार्थ सेवन गरेर जे गरे....

काठमाडाैं | भदौ २२, २०८०

Prabhu Bank
NTC
Premier Steels

ताप्लेजुङमा एक प्रहरी टोलीमाथि गम्भीर आरोप लागेको छ ।  भाद्र २१ गते लाखेजात्रा समापनको राति  कोशी प्रदेश सभा सदस्य खगेनसिं हाङ्गामको निवास नजिक मादक पदार्थ सेवन गरेका प्रहरी टोलीले उपद्रो मच्चाएको आरोप लागेको हो । 

खगेनसिं हाङ्गामको निवासबाट करिव २५ मिटर टाढा संचालन भएको मिनिमेलामा मादक पदार्थ सेवन गरेका प्रहरीहरुले  कांग्रेसका नेता तथा सर्वसाधारण व्यक्तिलाई समेत कुटपिट र हातपात गर्नुका साथै दुव्र्यवहार गरेको नेपाली कांग्रेस ताप्लेजुङ र स्थानीयवासी समेतलाई उदृत गर्दै कांग्रेस पार्टी कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 यस घटनाको पार्टीले घोर निन्दा र भत्सर्ना गर्ने पार्टी कार्यालयका मुख्यसचिव कृष प्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 


Advertisment
Rupse Holidays
Nabil box

‘मेलामा सहभागी भएका पेमा लामा तामाङ सुकेटार घुमफिर गरी फर्कने क्रममा यो घटनाका बारेमा आवाज उठाउँदा प्रहरीले उहाँमाथि मुक्का प्रहार गर्नुका साथै सेटले समेत हिर्काएका छन् । उहाँको आँखामा गम्भीर चोट लागेको छ र चस्मा फुटेको छ’, कांग्रेसको विज्ञप्तिमा भनिएको छ । 

Vianet communication

घटनाका बारेमा बुझ्न खोज्दा कोशी प्रदेश सभाका सदस्य हाङ्गाममाथि समेत वर्दी र सादा पोशाकमा रहेका प्रहरीले गालीगलौज गर्दै दुव्र्यवहार गर्नुका साथै उनको निवासमा ढुंगामुडा गरेको कांग्रेसले जनाएको छ । 

‘जनताको सेवक जनप्रतिनिधिलाई सुरक्षा दिनको अलावा निवासमै गएर गुण्डागर्दी शैलिमा आक्रमण गर्नु गराउनु प्रहरी प्रशासनको नियोजित र गैर जिम्मेवार कार्य हो’, कांग्रेसले भनेको छ, ‘मेलामा सर्वसाधारण व्यक्तिलाई सुरक्षा दिनु प्रहरी प्रशासनको कर्तव्य हो । यसबाट विमुख भएर प्रहरी प्रशासनले देखाएको अमर्यादित क्रियाकलाप खेदजनक छ ।’

 उक्त घटनाको छानविन गरी संलग्न दोषी प्रहरीलाई निलम्वन गर्नुका साथै कडा भन्दा कडा कार्वाही गर्न कांग्रेसले सरकारसँग जोडदार माग गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x