×

NIC ASIA

पूर्व-पश्चिम राजमार्गमा दुर्घटना

'रिजर्भ बस' ट्रकसँग ठोक्कियो, ज्यान गुमाउने सातमध्ये पाँचजना एकै वडाका

बुटवल | भदौ २३, २०८०

Prabhu Bank
NTC
Premier Steels

बाँकेको शम्सेरगन्जमा भएको बस दुर्घटनामा ज्यान गुमाउने सातमध्ये ६ जनाको सनाखत भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार दुर्घटनामा एउटै वडाका ५ जनासहित ७ जनाको मृत्यु भएको छ । 

Muktinath Bank

दाङको भ्रमण सकेर बर्दियातर्फ जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बसले गएराति सडकमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकलाई राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ स्थित शम्सेरगञ्जमा ठक्कर दिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुर्घटनामा ज्यान गुमाउनेमा बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर–९ का ५० वर्षीय काशिराम थारू, सोही वडाकै ५५ वर्षीया कस्तुरी थापा, सोही ठाउँकै ५० वर्षीया रूपा परियार, ४० वर्षीया जयन्ती थारु र ६५ वर्षीय साधुराम थारू रहेका छन् । 


Advertisment
Nabil box
Kumari

यसैगरी दुर्घटनामा ठाकुरबाबा नगरपालिका–८ का बस चालक ४५ वर्षीय जुगबहादुर चन्द र नाम खुल्न बाँकी सहचालक ३५ वर्षीय युवकको ज्यान गएको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी सुन्दर तिवारीले लोकान्तरलाई जानकारी दिए । 

Vianet communication

बर्दियाको बेतनी सामुदायिक वन उपभोक्ता समितिका सदस्यहरू बस रिजर्भ गरेर दाङको चखौरास्थित थारू संग्रहालयको भ्रमण गरी फर्किने क्रममा दुर्घटनामा भएको हो । 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ट्रक बाटोमा बिग्रिएर राखिएको थियो,’ डीएसपी तिवारीले भने, ‘तीव्र गतिका गाडी त्यही ट्रकमा ठोक्किएर दुर्घटना भएको छ । गाडीभित्र धेरै नाचगान गर्दै रमाइलो गरेका थिए । दुर्घटना कसरी हुन पुग्यो भनेर घाइतेलाई सोध्दा पनि एक्कासि ट्रकमा ठोकिन पुगेको बताएका छन् ।’ 

गाडीमा ४१ जना सवार थिए । जसमा ९ जना सामान्य घाइते भएका छन् । जसमध्ये २ जना अस्पतालबाट डिस्चार्ज भइसकेको उनले बताए । अन्य ४ जनाको टाउकोमा चोट लागेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x