×

NMB BANK
NIC ASIA

सुन तस्करीको नयाँ काण्ड

एक किलो सुन प्रकरण– कांग्रेसका जिल्ला नेता मुछिए, प्रदेश मन्त्रीले काटेको चेक भेटियो

काठमाडाैं | भदौ २८, २०८०

NTC
Premier Steels

त्रिभुवन विमानस्थलबाट सोमवार बरामद भएको करीब १ किलो सुन तस्करी प्रकरणमा नेपाली कांग्रेसका जिल्ला नेता मुछिएका छन् ।

Muktinath Bank

प्रहरी परिसर काठमाडौंका अनुसार विमानस्थलबाट बरामद उनको सुनको व्यवस्थापक काभ्रे प्रतिनिधिसभा– १ प्रदेश सभा (क) बाट समानुपातिक सांसदका लागि सिफारिश समेत भएका कांग्रेस जिल्ला नेता विकास लामा भन्ने विकास योञ्जन रहेको खुलेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null


Advertisment
Nabil box
Kumari

योञ्जनलाई कांग्रेसले प्रचार समिति संयोजक बनाएको पत्र

Vianet communication

‘विकासको संलग्नता देखिएको छ,’ काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले लोकान्तरसँग भने । ढुंगेलका अनुसार सुनसहित ३ जना पक्राउ गरेपछि विकास गाडी फोडेर फरार भएका थिए । 

पक्राउ परेका ३ जनाले सम्पूर्ण व्यवस्थापन विकास नै हेर्ने गरेको बयान दिएको अनुसन्धानमा संलग्न अर्का एक प्रहरी अधिकारीले जानकारी दिए ।

‘प्रारम्भिक बयानका क्रममा उनीहरूले विकासले काम दिएको बताएका छन्,’ ती अधिकारीले लोकान्तरसँग भने ।

प्रहरीले विकासले छाडेर भागेको बागमती प्रदेश ००१ २७ च ९९६० नम्बरको क्रेटा गाडी समेत बरामद गरेको थियो । 

त्यो गाडीबाट कांग्रेस सांसद एवं बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिञ्चाइ मन्त्री तीर्थ लामाले विकास योञ्जनका नाममा काटेको ६ लाखको चेक समेत भेटिएको प्रहरीले जनाएको छ ।

दुबईबाट सुन ल्याउने कामको व्यवस्थापन विकास र लगानी तीर्थले गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको एक अनुसन्धान अधिकारीले बताए ।

‘व्यवस्थापक योञ्जन भन्ने कुरा बयानमा खुलिसकेको छ, तर तीर्थका विषयमा अनुसन्धान भइरहेको छ,’ अनुसन्धानमा खटिएका ती अधिकारीले लोकान्तरसँग भने । 

स्रोतका अनुसार यो टोलीले काभ्रेको महाभारत, खानीखोला, तेमाल र रोसीका युवाहरूलाई पर्यटक भिसामा दुबई पठाउने र सुन बोकाएर नेपाल फर्काउने गरेको पाइएको छ ।

‘यसरी पर्यटक भिसामा गएका युवा त्यो हैसियतका देखिँदैनन्, तर बेलाबेला गइरहन्छन्,’ उच्च स्रोतले लोकान्तरसँग भन्यो, ‘तिनै युवाको मलद्वारमा सुन लुकाएर दैनिक एक किलोसम्म ल्याउने गरेको पाइएको छ ।’

यसपटक मलद्वारमा सुन फिट गरिदिने समूहसँग कुरा नमिलेकाले सूचना लीक भएको स्रोतको दाबी छ । 

प्रहरीले २५ गते बिहान साढे ९ बजे दुबईबाट हिमालयन एयरलाइन्समार्फत नेपाल आएका काभ्रेको खानीखोला गाउँपालिका– ३ घर भई हाल पनौती नगरपालिका– ५ बस्ने २८ वर्षीय बाबुलाल दोङलाई विमानस्थल बाहिरबाट पक्राउ गरेको थियो ।

अर्को दिन अर्थात २६ गते काभ्रेको रोसी गाउँपालिका– ३ घट्टेखोलाका ३३ वर्षीय जगत लामा र महाभारत गाउँपालिका– ३ का ३६ वर्षीय मिङ्मा दोर्जे स्याङ्न्तानलाई पक्राउ गरिएको थियो ।

उनीहरूको साथबाट प्रहरीले ९६० ग्राम (करीब एक किलो) सुन, मोबाइल र बागमती प्रदेश ०२ ०३० प ८५१७ नम्बरको कालो बुलेट बाइक बरामद गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x