×

NMB BANK
NIC ASIA

ढोरपाटनमा लोप हुँदै मगर भाषा : बुढापाकाले बोल्छन्, युवापुस्ताले बुझ्दैनन्

बाग्लुङ | भदौ ३०, २०८०

NTC
Premier Steels
  • डम्मर बुढा मगर

दशक अगाडिसम्म बागलुङको पश्चिम भुजीखोला क्षेत्रमा अधिकांशले मगर भाषा बोल्ने गदर्थे । पछिल्लो समय यहाँ मगर भाषा बोल्न छोडिएको छ । बुढापाकाले कहीँकतै बोल्ने गरेको सुनिए पनि युवापुस्तामा भाषाको ज्ञान नभएकाले भाषा नै लोप हुने अवस्थामा पुगेको स्थानीय बताउँछन् । 

Muktinath Bank

पुर्खौंदेखि बोल्दै आएको भाषा हराउँदै गएपछि स्थानीयले संरक्षण गर्न सरकारसँग माग गरेका छन् । अहिले बागलुङको निसीखोला गाउँपालिका–५ र ६ मा मात्रै ‘मगर खाम भाषा’ बोल्ने गरिन्छ । त्यसबाहेक अन्य क्षेत्रमा मगर भाषा बोलेको पाइँदैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भुजीखोलामा मगर भाषा बोल्न छोडेपछि परम्परागत मौलिक संस्कृति पनि हराउने जोखिम बढेको छ । ढोरपाटन नगरपालिका–९ का ८० वर्षीय भैरम बुढामगरले आफूहरूको भाषा हराउने अवस्थामा पुगेको भन्दै यसको संरक्षणमा स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए । बालबालिका विद्यालयमा जान थालेपछि भुजीखोला क्षेत्रमा बोलिने गर भाषा हराउँदै गएको उनको  बुझाइ थियो । 


Advertisment
Nabil box
Kumari

“हाम्रो पालामा स्कूल जाने, पढ्ने, लेख्ने जमाना थिएन, हामीहरू सानैदेखि गाई गोरु पाल्ने, गोठमा बस्ने र आफ्नै भाषामा बोल्ने गरियो, केही वर्षअघिसम्म गाउँमा धेरै जनाले मगर भाषा बोल्थ्यौं, यहीँ भाषामा गीत गाउँथ्यौं, अहिले मगर बोल्ने कोही पनि छैनन्, नयाँ पुस्ताले त झन सिक्दै सिकेनन्”, बुढामगरले भने, “१२/१५ वर्षअघिसम्म धैरै मानिसले मगर भाषा बोल्थे तर अहिले धेरैले बुझ्दैनन् । केटाकेटी विद्यालय जान थालेपछि भाषा पनि हराउँदै गयो, सरकारले भाषा संरक्षण गर्नतर्फ ध्यान दिन जरुरी छ ।”

Vianet communication

ढोरपाटन नगरपालिका–४ देखि ९ सम्म बाक्लो मगर बस्ती छ । आधुनिक प्रविधिको विकास र अरूको देखासिकीका कारण आफ्नो मौलिक भाषा हराउँदै गएको बुढामगरको भनाइ छ । उनका अनुसार यस क्षेत्रमा बोलिने मगर भाषालाई स्थानीयले ‘भुजेल भाषा’ भन्ने गर्दथे । 

ढोरपाटन नगरपालिका–६ कि खिमकुमारी बुढामगरले भाषासँगै यहाँ मगर संस्कृति पनि हराउँदै गएकामा चिन्ता व्यक्ति गरिन् । मगर जातिको भाषा र संस्कृति संरक्षणका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने उनको भनाइ थियो । 

अघिल्लो पुस्ताबाट अब नयाँ पुस्तालाई भाषा सिकाउनका लागि नगरपालिका र अन्य सरोकारवाला निकायले ध्यान दिनुपर्ने खिमकुमारीले बताइन् । भाषा एउटा समुदायको पहिचान भएकाले यसको संरक्षणमा सबैको पहल आवश्यक पर्नेमा उनले जोड दिइन् ।

“पहिला सानोमा अरूले बोलेको सुनेर हामीले पनि मगर बोल्थयौं । अहिले कहीँकतै अरूले बोलेको सुनिँदैन, हामीले बोल्ने भाषा हराउँदै गएको छ, बुढापाका बाहेक अरूले बुझ्दैनन्, केटाकेटीलाई सिकाउन पाए भाषा संरक्षण हुने थियो”, खिमकुमारीले भनिन्, “भाषा सिक्नका लागि नगरपालिकाले सहयोग गर्नुपर्छ, विदेश जान भाषा सिक्न हुने आफ्नै भाषा सिक्न नहुने भन्ने हुन्छ र ?”

पश्चिम बागलुङको निसीखोला, तमानखोला र भुजीखोलामा दुई दशकअघिसम्म मगर भाषा बोलिने गरिए पनि पछिल्लो समय तमानखोला र भुजीखोलामा यो भाष लोप भइसकेको छ । यस क्षेत्रमा बोलिने भाषालाई निसेल, भुजेल र भल्कोटे भाषा भनिन्छ । 

निसीखोला गाउँपालिकाले भाषा संरक्षणका लागि ‘मगर खाम भाषा’को पाठ्यक्रम बनाएर पठनपाठन शुरू गरेकाले यहाँ भने लोप हुने अवस्था नआएको स्थानीयको भनाइ थियो । ढोरपाटनमा पनि विद्यालय तहदेखि नै पाठ्यक्रम बनाउनुपर्ने स्थानीयको माग छ ।

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले मगर भाषासँगै अन्य मौलिक संस्कृति पनि हराउँदै गएको भन्दै यसको संरक्षणका लागि पालिकाले योजना बनाएर अघि बढ्ने बताए । 

अहिले गाउँमा बुढापाकाले मौलिक भाषा बोल्ने गरे पनि युवापुस्ताले नबुझ्ने उनको भनाइ छ। 

भाषा जान्नेहरूबाट युवा र बालबालिकालाई सिकाउने वातावरण तयार गरिने उपप्रमुख कायतले बताए । “अहिलेका नयाँ पुस्ता कसैले पनि मगर भाषा बुझ्दैनन्, हामीले यो भाषाको संरक्षण गर्न जरुरी छ”, उनले भने, “यसको संरक्षणका लागि विभिन्न समुदायसँग छलफल गरेर नयाँपुस्तालाई पनि मगर भाषा सिकाउने गरी योजना बनाएका छौं, भाषा संरक्षणसँगै हराउन थालेका अन्य संस्कार तथा संस्कृतिको पनि जगेर्ना गर्ने तयारीमा छौं ।”

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x