×

NMB BANK
NIC ASIA

देश दौडाहाको तयारीमा ‘परदेशी २’ टिम, फिल्मको कथामा आधारित नाटक देखाइने

काठमाडाैं | असोज १, २०८०

NTC
Premier Steels

असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ यसै साताबाट देश दौडाहामा निस्किने भएको छ । 

Muktinath Bank

केही दिन काठमाडौंका विभिन्न कलेजहरूमा पुगेर नाटक प्रस्तुत गरेको चलचित्रको यही बिहीवार (असोज ४)बाट देश दौडाहा सुरु हुन लागेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘परदेशी २’कै थिममा आधारित रहेर तयार पारिएको नाटक लिएर काठमाडौं बाहिरका मुख्य शहरमा पुग्न लागिएको निर्माण टिमले जानकारी दिएको छ । नाटकमा चलचित्र बाहिरका प्रोफेसनल कलाकारहरूले प्रस्तुति दिनेछन् । 


Advertisment
Nabil box
Kumari

त्यस्तै, देश दौडाहामा चलचित्रका मुख्य कलाकारहरू अभिनेता प्रकाश सपूत, अभिनेत्रीद्वय केकी अधिकारी र वर्षा शिवाकोटीलगायतको सहभागीता रहनेछ । 

Vianet communication

चलचित्रको टिमले असोज ४ र ५ गते चितवनमा कार्यक्रम गर्ने तय भएको छ । त्यसपछि ७ र ८ गते नेपालगञ्ज पुगेर कार्यक्रम गर्नेछ ।

९ र १० गते बुटवलमा कार्यक्रम हुनेछ भने ११ र १२ गते चलचित्रको टिम पोखरा पुगेर कार्यक्रम गर्नेछ । देशका यी मुख्य शहरका स्कूल/कलेजमा हुने कार्यक्रममा चलचित्रका मुख्य कलाकारहरूले विभिन्न प्रस्तुतिका साथ प्रचारप्रसार गर्दै चलचित्र हेर्न दर्शकलाई आग्रह गर्नेछन् । 

चलचित्र बाहिरका कलाकारहरूले ‘विदाई’ शीर्षकको साङ्गीतिक पक्षलाई समेत समेटिएको नाटक कलेज ड्रेसमै प्रस्तुत गर्नेछन् । ​

रमेश बिजीको कथा लेखन रहेको ‘परदेशी २’ विदेशमा पढ्न जाने विद्यार्थीहरूको कथामा निर्माण भएको हो । विद्यार्थीको कथामा बनेको चलचित्र भएका कारण सोही विषयमा नाटक तयार पारेर प्रस्तुत गरिएको निर्देशक नारायण रायमाझीले बताएका छन् । यसले चलचित्रको प्रचारमा ठूलो भूमिका खेल्ने विश्वास निर्माण टिमको ।

‘परदेशी २’ मा प्रकाश, केकी र वर्षाका साथमा नीर शाह, रमा थपलिया, प्रशान्त तामाङ्ग, दीलिप रायमाझी, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ । लोकदोहोरी गायनमा स्थापित प्रकाशको यो पहिलो चलचित्र हो । 

राजेश बंशल (अग्रवाल) र नारायण रायमाझीले संयुक्त रुपमा चलचित्रको निर्माण गरेका हुन् । यसको अघिल्लो श्रृङ्खला बक्स अफिसमा सुपरहिट भएको थियो । पहिलो चरणको देश दौडाहा सकिएपछि चलचित्रको दोस्रो चरणको देश दौडाहा सुरु हुनेछ । चलचित्रप्रति दर्शकलाई आकर्षित गर्न ‘परदेशी २’ले अपनाएको प्रचार शैलीलाई प्रशंसा गरिएको छ । 

मानकृष्ण महर्जनको छायांकन, बि.बि अनुरागी र नारायण रायमाझीको संगीत, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी रहेको चलचित्रमा अष्ट महर्जनको द्धन्द्ध, श्यामश्वेत रसाईलीको साउण्ड डिजाइन र मिक्सिङ, दीर्घ खड्काको सम्पादन छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x