×

NIC ASIA

परिवारवादको भद्दा नमूना

महन्थका सम्धी-सम्धिनी, महतोका ज्वाइँ-भतिज र भण्डारीकी छोरी लोसपाको पदाधिकारी !

काठमाडाैं | असोज ८, २०८०

Prabhu Bank
NTC
Premier Steels

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका शीर्ष नेताहरूले छोरीज्वाइँदेखि सम्धीसम्धिनीसम्मलाई पदाधिकारी बनाएका छन् ।

Muktinath Bank

लोसपाका अध्यक्ष महन्थ ठाकुरले सम्धी उमाकान्त झालाई वरिष्ठ उपाध्यक्ष, सम्धिनी इन्दिरा झालाई उपाध्यक्ष र छोरी मिनाक्षी ठाकुरलाई केन्द्रीय सदस्य मनोनयन गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसैगरी वरिष्ठ नेता राजेन्द्र महतोले आफ्ना ज्वाइँ अनिल महासेठलाई महासचिव बनाएका छन् भने भतिज उपेन्द्र महतोलाई पनि महासचिवमै मनोनयन गरेका छन् ।


Advertisment
Nabil box
Kumari

त्यसैगरी अर्का  वरिष्ठ नेता शरतसिंह भण्डारीले छोरी सृष्टि सिंह भण्डारीलाई सचिव बनाएका छन् ।

Vianet communication

भण्डारी निकट मानिने निर्जला राउतलाई वरिष्ठ उपाध्यक्ष तथा कोषाध्यक्षको दोहोरो जिम्मेवारी दिइएको छ ।

राष्ट्रिय पार्टी बन्न नसकेको लोकतान्त्रिक समाजवादी पार्टीमा ६३ जना पदाधिकारी चयन गरिएको छ ।

१ अध्यक्ष, ३ वरिष्ठ नेता, १ वरिष्ठ सह-अध्यक्ष , ६ वरिष्ठ उपाध्यक्ष, १५ उपाध्यक्ष, १६ महासचिव, ८ सह-महासचिव, ११ सचिव, १ कोषाध्यक्ष, १ सह-कोषाध्यक्ष र १ प्रवक्ता चयन गरिएको छ ।

१८४ जना केन्द्रीय सदस्य चयन गरिएको छ ।

महन्थ ठाकुर अध्यक्ष, राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिलकुमार झालाई वरिष्ठ नेता तथा सर्वेन्द्र नाथ शुक्ललाई वरिष्ठ सह-अध्यक्ष बनाइएको छ ।

जितेन्द्रप्रसाद सोनार, उमाकान्त झा, लक्ष्मणलाल कर्ण, अकवाल अहमद शाह, निर्जला राउत र प्रदीप नारायण यादवलाई वरिष्ठ उपाध्यक्ष बनाइएको छ ।

निर्जला राउतलाई कोषाध्यक्षको पनि भूमिका दिइएको छ ।

महासचिवमा परमेश्वर साह, अभिराम शर्मा, केशव कुमार झा, डा. सुरेन्द्रकुमार झा, कविन्द्रनाथ ठाकुर, रामप्रवेश बैठा, हरिप्रसाद मण्डल, मुकेश झा, ज्ञानेन्द्रकुमार झा, विनोद सिंह, देवेन्द्र यादव, अभय सिंह, जयनुल राइन, उपेन्द्र महतो, अनिल महासेठ र अमर यादव छन् ।

डा. आभास लाभलाई प्रवक्ता बनाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

x