×

NMB BANK
NIC ASIA

शरीरमा जमरा उमार्न नौ दिनलाई सुते कृष्ण !

कात्तिक २०, २०७४

NTC
Premier Steels

काठमाडौं, ५ असोज – घटस्थापनाको दिन ३६ बर्षीय कृष्ण शाहीले शरीरमा जमरा उमार्ने कठीन कार्य शुरु गरेका छन् । उनले काठमाडौंको शोभाभगवती मन्दिर परिसरमा दशैंको पहिलोदिन आफ्नो शरीरमा जमरा प्रतिस्थापन गरेका छन् ।


यसअघि तीनपटकसम्म जमरा उमार्ने काम पूरा गरिसकेका उनको यो चौथोपटक हो । उनले सातपटकसम्म  पानीसमेत नखाई शरीरमा जमरा उमार्ने संकल्प लिएका छन् ।
मन्दिर परिसरमा पाल टाँगेर सुत्ने एउटा विस्तारा राखिएको छ जहाँ उनले शरीरमाथि जमरा राखेर ब्रत शुरु गरेका छन् ।


उनी एक तान्त्रिक वैदिक गुरु पनि हुन् । उनी यसलाई पूर्खाको देन बताउँछन् । शरीरमा जमरा उमार्ने कार्य उनका बुबा चौथी शाहीले पनि सातपटकसम्म पूरा गरिसकेका छन् । यसैलाई कृष्णले निरन्तरता दिएका हुन् ।  

नौदिनसम्म निर्जल ब्रत

उनले शोभा भगवती मन्दिरमा अन्नपानी केही पनि नखाई शरीरमा जमरा उमारेको देख्ने सबैजना आश्चर्यमा पर्छन् । मन्दिरमा उनलाई हेर्न आउनेको घुइँचो लागेका छन् ।


नौंदिनसम्म पानी समेत नखाई बस्नु सामान्य व्यक्तिको कल्पनाभन्दा बाहिर छ । अर्को आश्चर्यलाग्दो कुरा नौं दिनसम्म उनको शरीरको मलमुत्र प्रकिया समेत बन्द रहने गर्छ  ।  



नौ दिनसम्म अन्नपानी केही नखाई कसरी बस्नुहुन्छ ? भन्ने जिज्ञासामा उनले यस कार्य दैवी शक्ति र ब्रत बस्ने संकल्पका कारण सम्भव हुने बताए ।

उनले भने ‘ब्रत बस्नुअघि नौदिनसम्म कसरी बसुँला भन्ने मनमा आउँछ तर जब म आशनमा बसेर संकल्पसहित ब्रत पूरा गर्ने अठोट गर्छु त्यतिबेला मेरो शरीरमा शक्ति उर्जाशील हुन्छ ।’

उनको ब्रतस्थलमा श्रीमद्भागवतको कथा वाचन समेत हुनेछ । र, नौंदिनसम्म भजनकीर्तन हुने कार्यक्रम छ ।

भक्तजनबाट संकलित रकम समाजसेवामा

उनको कठीन ब्रत हेर्न आउने भक्तजनले स्वविवेकले दिने भेटी रकम उनले असहायलाई प्रदान गर्ने बताएका छन् ।  
भक्तजनले दिएको चन्दा रकम मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुको सहयोगको लागि राखिने उनले बताए ।
उनले भने ‘यस धार्मिक काममा समाजसेवा पनि सँगसँगै जोडिएको छ । धार्मिक अनुष्ठानबाट संकलन भएको चन्दा रकम असाह्य व्यक्तिलाई दिनेछौं ।’

मानसिक सन्तुलन गुमाएका १८ व्यक्तिहरु अहिले नेपाल स्नेही काखमा संरक्षणरमा रहेका छन् ।
नौदिनपछि उनको ब्रत पूरा हुने तथा दशमीका दिन दर्शनार्थीहरुलाई जमरा र टिका लगाइदिने उनले बताए ।


Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x