मंसिर २, २०८०
‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...
दशैंसँग गीतसंगीतको सम्बन्ध पनि घनिष्ट हुन्छ, त्यसैले त यो महान चाड नजिकिँदा दशैं गीतहरू घन्किन्छन् ।
खासमा ती गीतहरूले दशैं आएको आभास गराउँछन् । गीत सुनेर कतिपयले विभिन्न परिवेश सम्झन्छन्, कतिपयले दशैं सेलिब्रेसनलाई विशेष बनाउँछन् ।
दशैं आउँदा बर्सेनि दर्जनौं गीत सार्वजनिक हुन्छन्, तर ती गीतहरू आएको गएको पत्तो हुँदैन । केही यस्ता दशैं गीत छन्, जसलाई नयाँ गीतले कुनै फरक पार्दैनन् । युवापुस्ताले समेत प्रायः ती पुरानै गीतमा टिकटक भिडियो बनाउने गरेका छन् । यसपटक पनि हप्तौं अगाडिदेखि ती दशैं गीतहरू घन्किइरहेका छन् ।
१. दशैं आयो
शिव रेग्मीद्वारा निर्देशित चलचित्र ‘मुग्लान’मा समावेश गीत हो, ‘दशैं आयो...’ । यो गीत घन्किएको सुन्दा लाग्छ, दशैंको सबैभन्दा चर्चित गीत यही हो । लोकनाथ सापकोटाको शब्द रहेको यो गीतले दशैंको परिवेश बोल्छ । परदेशमा भएकाहरू गाउँ फर्किँदा छाएको खुशी, मान्यजनबाट टीका र जमरा लिइएको, पिङ खेलेर रमाएको र उमंग छाएको सन्दर्भ गीत समावेशमा गरिएको छ ।
सुरेश अधिकारीको संगीत रहेको यस गीतमा उदित नारायण झा, दीपा नारायण झासँगै नारायण लामा र जुना प्रसाईंले स्वर दिएका छन् । गीतको भिडियोमा चलचित्र ‘मुग्लान’का कलाकारहरू दिलिप रायमाझी, सुशील क्षेत्री, रमित ढुंगाना, विपना थापा, झरना थापालगायतको अभिनय छ । चलचित्र प्रदर्शनमा आएको झण्डै २ दशक हुँदा पनि ‘दशैं आयो...’ गीतको लोकप्रियता उत्तिकै छ ।
२. नमुछे आमा दहीमा टीका...
दशैं आउनेबित्तिकै धेरैले सम्झने र गुञ्जिने अर्को कालजयी गीत हो, ‘नमुछे आमा दहीमा टीका ।’
वरिष्ठ गायक तथा सर्जक नारायण रायमाझीका दाइ स्वर्गीय लक्ष्मण रायमाझीले यस गीतको शब्द लेखेका हुन् ।
परदेशी छोराले घरमा रहेकी आमालाई दहीमा टीका नमुछ्न र जमरा नछर्न आग्रह गरिएको गीतलाई शुरूमा नारायण रायमाझीले एकसरो लोकभाकामा आफ्नै आवाजमा रेकर्ड गराएका थिए ।
रायमाझीको संगीत रहेको गीतलाई पछि २०५८ सालमा गायक कृष्णभक्त राई र गायिका लक्ष्मी न्यौपानेले गाएपछि चर्चा एकाएक चुलियो ।
यो गीत ३ वर्षअघि नारायण रायमाझी र पछिल्लो समयकी हिट गायिका रचना रिमालको स्वरमा सार्वजनिक भएको छ । उक्त गीतले पनि युट्युबमा राम्रो भ्युज पाएको छ । दशैंका सदाबहार गीतमध्ये यो सबैभन्दा मर्मस्पर्शी लाग्छ ।
३. वर्षमा दिनमा लै लै...
दशैंमा निकै घन्किने अर्को गीत हो, वर्षमा दिनमा लै लै... । सुगम पोखरेलको स्वर एवं संगीतबद्ध यो गीत दशैंसँगै तिहारमा समेत अधिक बज्ने गीतमा पर्छ । रवि श्रेष्ठको शब्द रहेको यो गीतले दशैंको भाइब्स सिर्जना गर्छ । यो गीत सबै उमेर समूहका दर्शकको प्रिय गीत बन्न सफल छ । झण्डै ५ वर्ष अगाडि भिडियोसहित युट्युबमा सार्वजनिक गरिएको गीतले भ्युज पनि राम्रो पाएको छ । २ करोड ८० लाख पटक हेरिएको भिडियोमा सुगम स्वयं देखिएका छन् ।
४. रातो टीका निधारमा टलक्क टल्कियो
दशैंमा बढी सुनिने गीतमध्येमै पर्छ, रातो टीका निधारमा टलक्क टल्कियो... । यो गीत अशोक शर्मा निर्देशित चलचित्र ‘अल्लारे’मा समावेश छ ।
दुई दशकअघि रिलिज भएको यो गीतमा चलचित्रका कलाकारहरू राजेश हमाल र करिश्मा मानन्धरले अभिनय गरेका छन् ।
सहदेव ढुंगानाको शब्द, सम्भुजित बास्कोटाको संगीत रहेको गीतमा उमेश श्रेष्ठ र रमना श्रेष्ठको स्वर छ ।
निर्देशक अशोक शर्माले आफ्नो नयाँ चलचित्र ‘रातो टीका निधारमा’मा यो गीतलाई रिमेक गरेर राखेका छन् ।
नयाँ भर्सनमा प्रमोद खरेल र मेलिना राईले स्वर दिएका छन् । नयाँ भर्सनको भिडियोले पनि युट्युबमा ५ करोड १७ लाख बढी भ्युज पाएको छ ।
५. दशैं नै हो कि यो मेरो दशा...
योगेश्वर अमात्यको स्वर रहेको ‘दशैं नै हो कि यो मेरो दशा...’ दशैंको अर्को चर्चित गीत हो ।
विपन्न परिवारले दशैं मनाउँदा भोग्नुपरेको पीडा प्रस्तुत गरेको गीत फरक शैलीमा गाइएको छ । वर्षौंदेखि चर्चामा रहेको गीतलाई बालबच्चा र वृद्धवृद्धाले पनि रुचाउने गरेका छन् । गीतको बीचबीचमा केही संवाद समेत राखिएका छन् ।
निम्न आयस्रोत भएका परिवारलाई दशैं उत्सवभन्दा पनि दशा बनेर आउने गरेको तीतो यथार्थ गीतले बोलेको छ ।
६. बिछोडको पीडा नसकी खप्न
नारायण गोपाल र दिलमाया खातीको स्वर रहेको ‘बिछोडको पीडा नसकी खप्न’बोलको गीत दशैंमा सधैं गुञ्जिन्छ । यो गीतमा रत्नशम्शेर थापाको शब्द तथा नारायण गोपाल स्वयंको संगीत छ ।
३० को दशकमा रेकर्ड भएको यो गीतमा दशैंमा परदेशीको घर फर्किने चाहनालाई समेटिएको छ । यो सधैं र हरेक दशैंमा खोजी खोजी सुनिनेमध्येको कालजयी गीत हो ।
७. फौजीलाई कुन हो दशैं, कुन हो चाड तिहार...
फौजमा रहेकाहरूको दशैं र तिहारलाई समेटेर तयार पारिएको ‘फौजीलाई कुन हो दशैं कुन हो चाड तिहार’ निकै चर्चित गीत हो । फौजीको दुःख, पीडा र बाध्यतालाई यो गीतले प्रतिविम्बित गर्छ । दशैं तिहारमा पनि घर जान नपाउने कर्तव्यमा बाँधिएका फौजीको कथा गीतले बोल्छ । दीपक कोइरालाको शब्द एवं कन्सेप्ट रहेको यो गीतमा जगदीश समालले स्वर दिएका छन् । यसमा गैरे सुरेशको संगीत छ । यो गीत दशैं तिहारमा वर्षौंदेखि गुञ्जिँदै आएको छ ।
८. यसपालि दशैंमा...
स्वर्गीय कुल पोखरेलको स्वर रहेको ‘यसपालि दशैंमा’ दशैंको अर्को कालजयी गीत हो । रोजगारीका लागि विदेशिएका दाजु दशैंमा घर आउँदा ल्याइदिने उपहारले छाउने खुशीलाई चित्रण गरिएको छ । गीतमा दशैंमा परिवारका सदस्यले गर्ने अपेक्षालाई उतारिएको छ । गीतको शब्द एवं संगीत पोखरेलकै हो । वर्षौं पुरानो यो गीत हरेक दशैंमा निकै बज्ने गरेको छ । दश वर्षअघि बादल प्रसाईंको स्वरमा यो गीतको नयाँ भर्सन समेत सार्वजनिक भइसकेको छ ।
९. यसपालि त यस्तै भो आमा...
जनगायक जीवन शर्माको ‘यसपालि त यस्तै भो आमा, अर्को साल आउने छु दशैंमा’बोलको गीत दशैंको अर्को कालजयी सिर्जना हो । यो गीतमा जीवनकै शब्द, संगीत र स्वर छ । दशैंमा घर फर्किन नपाएको छोराले आमालाई सम्झेर पोखेको वेदना यस गीतमा समाविष्ट छ ।
१०. दाइ त मेरो लाहुर जाने...
युक्त गुरुङ र सावित्री शाहको स्वरमा दाजु र बहिनीबीचको सम्बन्धलाई दशैं र तिहारसँग जोडेर तयार पारिएको गीत हो ‘दाइ त मेरो लाहुर जाने’ ।
दैवज्ञराज न्यौपानेको शब्द रहेको यो गीतमा युक्त गुरुङको संगीत छ । दिदीभाइको सम्बन्धसँगै परदेशीको कथा यस गीतमा समेटिएको छ ।
यो गीत दशैंसँगै तिहारमा पनि उत्तिकै बज्ने गरेको छ । यो गीतको केही वर्षअघि नयाँ भर्सन समेत सार्वजनिक भएको छ ।
चर्चित अरू केही गीत
दशैंको समयमा सबैभन्दा धेरै गुञ्जिने संगीत चाहिँ मालश्री धुन हो । त्यस्तै, अरू केही दशैं गीतहरू समेत दशैंको समयमा निकै गुञ्जिने गरेका छन् ।
‘दशैं आयो, खाउँला पिउँला’ बोलको बालगीत पनि निकै लोकप्रिय छ । बच्चाले गाउने यो गीतमा चोरेर भए पनि दशैं मनाउँछु भन्नेलाई चोर्नु हुँदैन भन्ने सन्देश दिन खोजिएको छ ।
सशस्त्र प्रहरी बलले निर्माण गरेको ‘धानकै बाला झुलाउँला...’ पनि दशैंको चर्चित गीत हो । यसमा स्वर्गीय जयनन्द लामाको स्वर छ ।
बद्री पंगेनीको ‘आमा घरमा आउँदिनँ...’ बोलको गीत दशैंको मर्मस्पर्शी सिर्जनामा पर्छ । परदेशमा रहेको छोराले दशैंमा घरमा आउने बिदा नपाएको सन्दर्भलाई गीतमा प्रस्तुत गरिएको छ ।
रेशम सापकोटाको दशैं गीत ‘बाटो हेरे हुन्छ है घरमा...’ पनि दशैंको लोकप्रिय गीत हो । प्रकाश सपूतको ‘चरर बरर...’ बोलको गीतले पनि दशैंमा घर फर्किन नपाउने परदेशीको पीडा बोल्छ ।
‘गाँवै रमाइलो..’ बोलको गीत दशैंको अर्को चर्चित सिर्जना हो । विमल परियार र सविता परियारको स्वर रहेको यो गीतमा शिव हमालको शब्द एवं संगीत छ । यीबाहेक अरू केही दशैं गीतहरू समेत स्रोता–दर्शकमाझ चर्चित छन् ।
‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...
ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि । ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...
अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् । शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...
हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...
‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । ...
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...