×

NMB BANK
NIC ASIA

पर्यटक बढाउन पदमार्ग निर्माण

बाग्लुङ | कात्तिक ६, २०८०

NTC
फाइल तस्वीर
Premier Steels

बागलुङका अधिकांश धार्मिक तथा पर्यटकीय गन्तव्य त्यहाँ पुग्ने पूर्वाधारको अभावमा ओझेलमा पर्ने गरेका छन् । 

Muktinath Bank

मोटरबाटो तथा पदमार्ग निर्माण नहुँदा जिल्लाका यी पर्यटकीयस्थल छायाँमा परेका हुन् । कतिपय सडकले जोडिएका ठाउँमा पनि स्तरोन्नति गर्न नसक्दा पर्यटकलाई समस्या हुने गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्लाको काठेखोला गाउँपालिकाले भने पालिकाभित्र रहेका सबै धार्मिक तथा पर्यटकीयस्थललाई मोटरबाटो तथा पदमार्गले जोड्ने योजना बनाएको छ । पर्यटक बढाउन गाउँपालिकाले यस वर्षदेखि पर्यटकीयस्थल वसन्तापखोरलाई जोड्न पदमार्ग निर्माण गर्न थालेको छ ।


Advertisment
Nabil box
Kumari

पालिकाको वडा नम्बर ४ स्थित चापोट जनजाति सङ्ग्रहालयदेखि वसन्तापखोरसम्म पुर्याउने गरी पदमार्ग निर्माण सुरु गरेको हो । गाउँपालिकाले चालु आर्थिक वर्षबाट पर्यटन प्रवद्र्धनका लागि सडक तथा पदमार्ग निर्माण गर्न थालेको काठेखोला गाउँपालिकाका प्रवक्ता टीका सङ्गम विकले जानकारी दिए ।

Vianet communication

उनले धेरै सम्भावना भएको ठाउँ भए पनि वर्षौंदेखि ओझेलमा परेको हुँदा पालिकाले यस वर्ष थोरै बजेट व्यवस्थापन गरेर पदमार्ग निर्माण गर्न थालेको बताए ।

“वसन्तापखोर निकै चर्चित र रमणीय ठाउँ हो, उच्च पहाडमा रहेको यो क्षेत्र निकै सुन्दर छ, यसले धेरैलाई आकर्षत गर्ने गरेको छ, तर अहिलेसम्म पूर्वाधारले जोडिन नसक्दा ओझेलमा परेको थियो, हामीहरुले यस वर्षदेखि पूर्वाधार विकासले जोड्नुका साथै प्रचारप्रसारलाई जोड दिएका छौँ”, उनले भने, “अहिले यहाँ बनाउन थालिएको पदमार्गले दुई वटा गन्तव्यलाई जोड्ने छ, तल जनजाति सङ्ग्रहालय र माथि वसन्तापखोर ।''

गाउँपालिकाले विनियोजन गरेको दुई लाखबाट पदमार्ग निर्माण गरेको काठेखोला गाउँपालिकाका उपाध्यक्ष तिलक थापाले बताए । थापाले यस वर्ष करिब दुई समय मिटर ढलानसहितको पदमार्ग निर्माण गरेको जानकारी दिए । जनजाति सङ्ग्रहालयदेखि करिब एक हजार दुई सय मिटरको दूरीमा रहेको बसन्तापखोरसम्म पदमार्ग निर्माणका लागि थोरै बजेट विनियोजन गरेर केही वर्षमै यसले पूर्णता पाउने उपाध्यक्ष थापाले बताए।

वसन्तापखोर उच्च पहाडमा भएको हुँदा यहाँबाट दर्जनौँ हिमहृङ्खला अवलोकन गर्न सकिन्छ भने बागलुङलगायतका धेरै ठाउँ देख्न सकिन्छ ।

उपाध्यक्ष थापाले भने, “पर्यटक भित्र्याउन मुख्य त पूर्वाधारको विकास हुनुपर्छ । जहाँ पूर्वाधारले पर्यटकीय ठाउँ जोडिएका छन् त्यहाँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।” रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x