×

NMB BANK
NIC ASIA

भौगोलिक रूपमा विकट र स्वास्थ्य क्षेत्रको पर्याप्त पहुँच नभएको क्षेत्र जाजरकोट र रुकुम पश्चिम कर्णाली प्रदेशका दुर्गम जिल्ला हुन् । यी दुई जिल्लामा गएराति गएको विनाशकारी भूकम्पले विशेषागरी स्थानीय ​तीन पालिकावासीलाई बिचल्ली र बेहाल बनाएको छ ।

Muktinath Bank

 विशेष गरी जाजरकोटको बारेकोट गाउँपालिकालाई केन्द्रबिन्दु बनाएर शुक्रवार राति ११.४७ बजे ६.४ म्याग्निच्यूटको भूकम्प गए पनि मृत्यु र घाइते भने, नलगाड नगरपालिका, पश्चिम रुकुमको आठबिसकोट नगरपालिका र सानोभेरी गाउँपालिमा बढी धनजनको क्षति भयो । शुक्रवार रातिको भूकम्प पश्चिम नेपालमा वि.स. २०७२ सालको महाभूकम्पपछिको  शक्तिशाली हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बारेकोटको रानीडाँडा केन्द्र बनाएको गएको भूकम्पमा परी अहिलेसम्म दुई जिल्लामा गरी १५७ जनाको मृत्यु भएको छ भने, १७० जना घाइते भएका छन् । जाजरकोटमा १०५ जनाको मृत्यु र ८१ जना घाइते भएका छन्, भने, रुकुम पश्चिममा ५२ जनाको मृत्यु र ७८ जना घाइते भएका छन् । जाजरकोटले हरेक ५÷६ वर्षमा महामारी र विपत्ति भोग्दै आएको छ । 


Advertisment
Nabil box
Kumari

झाडापखाला, हैजादेखि गरिबी, भोकमरी, खडेरीको भोगेका जनताले यो पटक फेरि अर्को विपत् भोग्न बाध्य भएको नलगाड नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष सेते गिरीले बताए । ‘जाजरकोटलाई सधैँ प्राकृतिक विपत्ति आइरह्यो कहिले, खडेरी, कहिले झाडापखाला, कहिले खाद्य संकटदेखि अहिले महाविपत्ति हाम्रै जिल्लामा सोझियो,’ उनले भने, ‘हामीले नगर उपप्रमुख सहित धेरै जनताले गुमायौ,  धेरै गम्भीर घाइते छन् । यहाँको अवस्था बताइसाध्ये छैन । दुःख पनि सधैँ दुखीलाई मात्र आउने रहेछ ।’ द्वन्द्वकालमा पनि जाजरकोटले ठूलो क्षति बेहोरेको थियो । 

Vianet communication

जिल्लाका ७ वटा स्थानीय तहमध्ये शुक्रबारको भूकम्पले नलगाड नगरपालिका र बारेकोट गाउँपालिमा सबैभन्दा धेरै असर गरेको छ । बारेकोट गाउँपालिका– वडा नम्बर– १ हजार भन्दा बढी घर बस्नै नमिल्ने गरी भत्किएको स्थानीयवासी तथा पत्रकार वीरबहादुर गिरीले बताए । ‘हाम्रो पालिकामा १ हजार घर भत्किएका छन् । यहाँको अवस्था बेहाल छ । घरको अवस्था हेर्दा धेरै मानिसको मृत्यु हुनेजस्तो देखिन्छ । तर, संयोगवश, मानवीय क्षति चाहिँ भएन,’ गिरीले भने । 

वि.स. २०६६ सालमा तत्कालीन ३० वटा गाविसमा फैलिएको हैजा र झाडापखालाबाट जाजरकोटमा ३०० जनाको मृत्यु भएको थियो । त्यस्तै वि.स. २०७२ मा महामारीको रूपमा फैलिएको स्वाइन फ्लुबाट जिल्लामा २४ जनाले ज्यान गुमाएका थिए । 

नलगाड नगरपालिका जिल्ला सदरमुकाम खलङगाबाट ३९ किलोमिटर उत्तर पूर्वमा पर्छ । पत्रकार गिरीले भने, ‘धेरै घर बस्नै नमिल्ने भएका छन् नभत्किएका घरहरू पनि बस्न नमिल्ने गरी चर्किएका छन् ।’ नलगाडको बढी क्षति भएका वडा नम्बर १, २, ३ र ४ नम्बर वडामा दलित र जनजाति समुदायको बसोबास बढी छ । त्यस क्षेत्रमा घरहरूको बनावट पनि कच्चा प्रकारका छन् । 

माटो ढुंगाले जोडेर बनेका र ढुंगाले नैं छाएर बनाएका घरहरूमा बढी क्षति गर्छ र अर्कोतर्फ समथर भूभाग नभई भिरालो स्थल रहेको गिरीले बताए । जाजरकोट विकासमा पनि धेरै पछाडि छ । घाइतेहरूलाई जिल्ला अस्पताल जाजरकोट, आधारभूत अस्पताल लिम्चा, नलगाड दुल्ली अस्पताल, सम्बन्धित पालिकाको स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । गम्भीर घाइतेलाई प्रदेश अस्पताल सुर्खेत, भेरी अस्पताल, बाँके र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारको लागि पठाइएको छ । 

जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत नेपालगन्ज पठाइएको बताए । ‘उद्धार, राहत उपचारमा सबै शक्ति लगाएर काम गरेका छौँ’ प्रजिअ सुनारले भने, ‘भौगोलिक रूपमा केही विकट क्षेत्र छ । छिमेकी जिल्लाहरूबाट पनि अन्य प्रदेशहरूबाट पनि जनशक्ति आएका छन् ।’ चार पटक हेलिकप्टर घाइते ३३ जनालाई नेपालगन्ज ल्याएको प्रजिअ सुनारले जानकारी दिए । त्यस क्षेत्रमा स–साना परकम्पका कारण पनि ती घरहरू जोखिममा रहेको उनको भनाइ छ ।  

भेरी अस्पतालका फोकल पर्सन नरेश श्रेष्ठले बाँकेमा आएका घाइतेमध्ये १ जनाको बाटोमै मृत्यु भएको र बाँकी ३३ मध्ये ३१ जना भेरी अस्पताल र १ जना नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको बताए । उनले भने, ‘घाइतेमध्ये २ जना सिरियस छन् । बाँकीको अवस्था सुधारोन्मुख छ ।’ पश्चिम नेपालमा हालैका केही महिनायता भूकम्प गइरहेका छन् । जसअनुसार पछिल्लो समय बझाङ केन्द्रबिन्दु बनाएर गत महिना ५.४ र ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x