×

NMB BANK
NIC ASIA

भूकम्पले दिएको पीडा

ग्राउण्ड जिरोः घरसँगै पुरिए हस्तबहादुरका छोराबुहारी, बिलायो नयाँ घर बनाउने सपना

जाजरकोट | कात्तिक २२, २०८०

NTC
Premier Steels

जाजरकोट नलगाड क्षेत्रलाई इपीसेन्टर बनाएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प भयो । मध्येराति नलगाडका ४५ वर्षीय हस्तबहादुर विक घरको माथिल्लो तलामा सुतेका थिए । भूकम्पले हल्लायो । उनी माथिबाट हाम फालेर तल झरे । कसरी हाम फाले अहिलेसम्म उनले सम्झेका छैनन् । उनकी श्रीमती ४१ वर्षीया पवित्र विक पनि कसरी झरिन् उनलाई सम्झना छैन ।

Muktinath Bank

null


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घर भत्कियो । तल्लो तलामा उनका छोरा २३ वर्षीय भीमसेन विक, बुहारी २१ वर्षीया कमला विक र ३ वर्षीय नाति सन्देश विक सुतेका थिए । उनीहरू घरसँगै पुरिए ।  हस्तबहादुरको होस हवास उड्यो । उनका हातगोडा गले । उनले केही सोच्न र गर्न सकेनन् ।


Advertisment
Nabil box
Kumari

 

Vianet communication

‘तल हाम फालेँ तर तल्लो तलामा भएका छोरा बुहारी सम्झेपछि एक छिन् त मेरा गोडा चलेनन्,’ हस्तबहादुरले भक्कानिँदै लोकान्तरसँग भने । 

null

जताततै धुलोको मुस्लो थियो । हल्लाई राखेको थियो । घरको माटो र ढुङ्गाले पुरिएका छोराबुहारी र नातिलाई भेट्टाउन पनि सकेनन् । करिब ४ घण्टा खोजी गरेपछि यहाँनेर छन् होला भनेर अनुमान लगाएर माटो पन्छाउन थाले । 

null

उनीहरूलाई त भेट्टाए तर, जिउँदो थिएनन् । आखाँअगाडि आफ्ना सन्तान गुमाउँदा उनको आँसु थामिएनन् । श्रीमती पवित्रालाई सम्झाउने त परको कुरा थियो ।  हस्याङफस्याङ गर्दै शव निकाले । 

छोरा भीमबहादुरले भारतको कारगीलमा जोडरको अपरेटरका रूपमा काम गर्दै आएका थिए । त्यही कमाइले आफ्नो परिवार पालेका थिए । उनका अरु ३ वटा छोरा पनि छन् । तर उनीहरू पढ्दै गरेकाले कमाउने मेसो छैन । 

null

भीम दशैं मनाउन भारतबाट नेपाल आएका थिए । भीमबहादुरले यसपालि नयाँ घर बनाएर बस्ने योजना सुनाएका थिए । ‘छोराले एउटा योजना बनाएको थियो । घर पुरानो भयो अब नयाँ घर बनाएर सर्ने हो बुवा भनेको थियो । अहिले छोरा पनि छैन र पुरानो घर पनि छैन,’ हस्तबहादुरले रुँदै आफ्नो बेदना लोकान्तरलाई सुनाए । 

भीमबहादुरले हिउँदसम्म गाउँमै नयाँ बलियो घर बनाउने योजना बनाएका थिए । तर हिउँद नआउँदै उनीहरूको सपना भूकम्पले उडायो । ‘सपनासँगै सबै आशा पनि उड्यो,’ हस्तबहादुरले लोकान्तरसँग भने ।

null

उनकी श्रीमती पवित्रा अहिले पनि अर्धचेत अवस्थामा छिन् । उनी छोरालाई उद्धार गरेको ठाउँमा भत्केको घरको माटो सुम्सुम्याउँदै थिइन् । कहिले यता आफ्ना छोराबुहारी र नाति भएको ठाउँमा आउँथिन् त कहिले घर भत्केको ठाउँमा पुग्थिन् ।

‘यो मेरो छोराको जुत्ता हो नचला,’ बेहोसीमै भूकम्पले भत्काएको घर नजिकै भएको जुत्तालाई देखाउँदै उनी भन्थिन् । कपडा देखेपछि ‘छोराको सर्ट हो नचला’ ‘बुहारीको हो त्यो’ यस्तैयस्तै बेहोसीमा कराई रहन्थिन् । ‘अहिले उ अचेत अवस्था छ । हिजैबाट केके बोल्छे बोल्छे,’ हस्तबहादुरले आफ्नी श्रीमतीको अवस्था देखाउँदै लोकान्तरसँग भने ।

null

आइतबार बिहान करिब ४ घण्टाको बसाइमा उनले आफ्नो भत्केको घरमा करिब १० फन्का लगाए । भत्किएको घर हेरे । आफ्नो कपाल खौरिए । सेतो कपडा लगाए अनि त्यसपछि आफ्नो छोराबुहारी र नातिलाई सद्गद्का लागि त्यहाँबाट व्यवस्था मिलाएर नलगाड खोलातर्फ लागे ।

null

null

गाउँ अहिले शोकमा छ । शुक्रबार पछिका रात उनीहरूले खुला आकाशमुनि बिताएका छन् । भूकम्पले गाउँमा १२ जनाको ज्यान गएको थियो ।

null

 

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x