×

NMB BANK
NIC ASIA

बुटवल उपमहानगरमा पाण्डे–भुसाल विवाद

मेयरसँगको टसलपछि प्रमुख प्रशासकीय अधिकृतले ४४ दिनमै छाडे बुटवल, मुख्य कारण कार्यकर्ता भर्ती

बुटवल | कात्तिक २३, २०८०

NTC
Premier Steels

आफूलाई नियमविपरीत काम गर्न दबाब दिएको भन्दै बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसाल ४४ दिनमै काठमाडौं फर्किएका छन् । नगरप्रमुख खेलराज पाण्डेयले आफूलाई ऐन, कानून र कार्यविधिभन्दा बाहिर गएर काम गर्न दबाब दिएको भन्दै उनी आएको ४४ दिनमै उनी काठमाडौं फर्किएका हुन् ।

Muktinath Bank

भुसाल उद्योग मन्त्रालयबाट सरुवा भएर असोज ७ गते उपमहानगरमा हाजिर भएका थिए । उनी कार्तिक २१ गते काम नगर्ने गरी काठमाडौं फर्किएका छन् । तालिममै रहेको बेला सरुवा भएका भुसालको बुटवलमा खास बसाई एक महिनामात्र रह्यो । मेयर पाण्डेयको रोजाइमै बुटवलमा आएका अधिकृत भुसाल अनावश्यक दबाब खेप्न नसकेर मंगलवार एकाएक काठमाडौं फर्किएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि ६ वटा पालिकामा प्रमुख प्रशासकीय अधिकृत भएर काम गरिसकेका भुसाल कम्तीमा एक आर्थिक वर्ष एउटा पालिकामा काम गर्नुपर्ने बताउँदै आएका थिए । ​


Advertisment
Nabil box
Kumari

भुसालले आफूलाई ‘सिस्टम’ र कानूनभन्दा बाहिर गएर काम गर्न अनावश्यक दबाब बढेपछि काठमाडौं फर्किएको बताए । ‘उपमहानगरप्रमुख कानूनले तोकेको प्रक्रियाभन्दा बाहिर जान खोज्नुभयो,’ भुसालले लोकान्तरसँग भने, ‘सिस्टमबाट काम गर्दा सबै प्रक्रिया आफैं रन हुन्छन् । मेयरलाई धेरै छिटो काम गनुपर्ने आवश्यकता रहेछ । धेरै प्रक्रियामा यसरी हुँदैन पनि भनेँ । तर, सुनुवाइ भएन । आफैंले बनाएको कानून आफैंले फलो नगरेपछि काम गर्न म सक्दिनँ काठमाडौं जान्छु भनेर मेयरसापसँग भनेँ । उहाँ (मेयर) ले हुन्छ जानुस् भनेपछि म हिँडेको हुँ ।’ 

Vianet communication

मेयर पाण्डेयले आफूलाई कानूनविपरीत करारमा कर्मचारी राख्न अनावश्यक दबाब दिइएको उनले बताए । ‘मलाई करारमा कर्मचारी राख्न दबाब आयो । कानून बमोजिम राख्न खोज्दा सिधै राख्न खोज्ने । कार्यालय सहयोगी, सवारी चालक र विभिन्न प्राविधिकहरू छनौट प्रतिस्पर्धामा आधारमा राख्नुपर्छभन्दा सिधै राख्नुपर्छ भन्ने कुरा गर्नुभयो,’ भुसालले अगाडि भने, ‘प्रक्रियाभन्दा बाहिर जान खोज्दा मैले मानिँन ।’ 

अनावश्यक दबाबमा काम नगर्ने भन्दै प्रमुख प्रशासकीय अधिकृत काठमाडौं हिँडेपछि बुटवलमा भुसाल र नगरप्रमुख पाण्डेयबीचको ‘टसल’ सतहमा आएको छ । विस. २०१६ सालमा नगरपालिका भएको बुटवल २०७३ सालमा उपमहानगरपालिका बनेको थियो । 

तर, नगर प्रमुख पाण्डेयले भने भुसालसँग आफ्नो कुनै विवाद नभएको दाबी गरे । ‘उहाँ बुटवलबाट सरूवा भएपछि पनि १५ दिन आउनुभएको होइन,’ पाण्डेयले भने, ‘सरुवा भएको मलाई अहिलेसम्म जानकारी छैन । किन काठमाडौं जानुभयो थाहा भएन, यहाँ बस्दा पनि एक महिनामा ३/४ पटक काठमाडौं जानुहुन्थ्यो ।’ 

बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले मेयरको दबाबले गर्दा अन्य कर्मचारीले पनि काम गर्न गाह्रो भएको आफूलाई गुनासो गर्ने गरेको बताइन् । ‘मेयरले केही कर्मचारीलाई राजनीतिक आँखाको नजरले हेरेर आत्म सम्मानमा ठेस पुर्‍याएपछि केही कर्मचारी समय नपुग्दै जागिर छोडिरहेका छन्,’ उपप्रमुख अर्यालले भनिन, ‘मैले मेयरको काममा सहयोग गर्न सकिँन भनेपछि मेयरले जानुस् भनेर आफू काठमाडौं गएको भुसालले मलाई भन्नुभएको थियो । अरू विषय बुझन पाएकी छैन । धेरै कुरा मलाई जानकारी पनि दिँदैनन् ।’ 

भुसाल बुटवल आउनुअघि टेकराज पन्थी प्रमुख प्रमुख प्रशासकीय अधिकृत थिए । उनी २०७९ साउनमा हाजिर भएर २०८० असोज ४ गते काठमाडौंको गोकणेश्वर नगरपालिकामा सरुवा भएका थिए । बुटवलमा १६ महिना बिताएका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले पनि कानूनले गर्न नमिल्ने काममा कर्मचारीलाई काम गर्न ठूलो दबाब दिने गरिएको बताए ।  

‘नीति र कानूनबाहिर गएर कर्मचारीले काम गर्न सक्दैनन्,’ पन्थीले लोकान्तरसँग भने, ‘म त्यहाँ हुँदा त्यस्ता निर्णयहरू कार्यान्वयनमा नलगेको अवस्था थियो । मेयर पाण्डेयले सधैं हाकिमी पारा देखाउँथे । म रूपन्देहीको मान्छे किन काठमाडौं आउँथे ? मैले आफैं सरुवा मागेर काठमाडौंको गोकर्णेश्वर नगरपालिका आएको छुँ ।’ 

नेकपा एमाले बुटवलले विज्ञप्ति निकाल्दै मेयर एकलौटी रूपमा अघि बढ्न खोजेको भन्दै आपत्ति जनाएको छ । मेयर पाण्डेय नेपाली कांग्रेसबाट र उपप्रमुख अर्याल नेकपा एमालेबाट निर्वाचित हुन् । बुटवलमा यसअघि पनि जनप्रतिनिधि र कर्मचारीबीच विवाद भएका कुरा बाहिर आएका थिए । भुसाल काठमाडौं गएपछि बुधबार बुटवल उप-महानगरपालिका कार्यपालिकाको बैठक निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालसहित बसेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x