×

NIC ASIA

अस्थायी आवास निर्माण अनुदान कार्यविधि

अस्थायी आवास निर्माणस्थल छनोटको २ मापदण्ड तय

काठमाडाैं | मंसिर २, २०८०

Prabhu Bank
NTC
Premier Steels

सरकारले जाजरकोट भूकम्पबाट प्रभावितहरूको अस्थायी आवास निर्माण स्थल छनोटसम्बन्धी दुई वटा मापदण्ड तय गरेको छ । 

Muktinath Bank

भूकम्प प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८० मा सरकारले अस्थायी आवास निर्माण स्थलको छनोट गर्दा बाढी, पहिरो लगायत विपद्को जोखिमबाट समेत सुरक्षित हुने स्थान हुनुपर्ने गरी मापदण्ड तय गरेको हो ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै  अस्थायी आवास निर्माण गर्दा पछि स्थायी आवासका लागि सुरक्षित जग्गा छुट्याएर निर्माण स्थलको छनोट गर्नु गर्नुपर्ने उल्लेख गरिएको छ । 


Advertisment
Nabil box
Kumari

यस्तै लाभग्राहीले आफूसँग उपलब्ध जमिनको आकार प्रकार तथा परिवारको संख्याका आधारमा तोकिएको ढाँचा र निर्माण सामग्रीलाई आधार मानी स्थानीय स्रोत सामग्रीको प्रयोग गरी उपयुक्त आवास निर्माण गर्न सक्ने कार्यविधिमा उल्लेख छ । 

Vianet communication

यस्तै सम्भव भएसम्म पछि निर्माण गरिने स्थायी आवासको लागि सतह विस्तार गरेर जोड्न मिल्ने गरी (रूपान्तरण योग्य) बनाउनुपर्नेछ । 

यसैगरी अस्थायी आवास निर्माण गर्दा तत्काल भूकम्पले क्षति गरेको घरका उपयोगी सामान प्रयोग गर्न सकिने कार्यविधिमा उल्लेख छ । यसबाहेक अस्थायी आवासमा प्रयोग भएका जस्तापाता लगायतका सामग्रीहरू पुनः उपयोग गर्न मिल्ने गरी बनाउनु पर्ने कार्यविधिमा उल्लेख छ । 

यदि त्यस्तो सम्भव नभए भविष्यमा भान्सा घर, गोदाम, गोठ, मतान आदिमा उपयोग हुने गरी बनाउन सकिने कार्यविधिबाट छुट दिइएको छ । 

अस्थायी आवास निर्माणका लागि सम्बन्धित स्थानीय तहलाई सहरी विकास मन्त्रालयले प्राविधिक सहयोग उपलब्ध गराउनेछ भने  अस्थायी आवास निर्माणको सूचना प्रणालीको लागि स्थानीय तह र प्रदेश सरकारलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तालिम लगायत प्राविधिक सहयोग उपलब्ध गराउनेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x