×

NMB BANK
NIC ASIA

रसिलो सुन्तला किसानका अमिलो व्यथा : रोगले बगैंचा नै सखाप, धान र मकै खेती गर्न शुरू

काठमाडाैं | मंसिर १०, २०८०

NTC
फाइल फोटो
Premier Steels

बेँसीशहर नगरपालिका–११ स्याउत गाउँका सुरेशबाबु पाण्डेले करिब २० वर्ष अघिदेखि चार सय रोपनी जमिनमा सुन्तला खेती गर्दै आएका थिए।

Muktinath Bank

उनको बारीमा पाँच सय बोटका  सुन्तलाले बर्सेनि रु तीन लाखदेखि रु पाँच लाखसम्म आम्दानी  हुने गर्दथ्यो । केही वर्षदेखि सुन्तलाका बोट मर्दै जाने क्रममा यतिबेला रोगले सबै सखाप भइसकेको छ । किसान पाण्डेले भने, ‘अहिले त परिवारले खाने सुन्तला पनि छैन ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुन्तला सखाप भएपछि  धान र मकै खेती गर्न थालेको उनको भनाइ थियो । पाण्डेले भने, ‘त्यति बेला सुन्तला बिक्री गरेर परिवारको खर्च टार्न सहज भएको थियो । अचानक रोग लागेर मर्दै जाँदा बगैँचा नै सखाप भयो । पहिला आफैंले बिक्री गरिन्थ्यो तर अहिले आफैले अरुसँग किनेर सुन्तला खानुपरेको छ।’


Advertisment
Nabil box
Kumari

त्यस्तै सोही गाउँकै भगवती पन्तको सुन्तलाबारी पनि अहिले सखाप भएको छ । उनले भने, ‘करिब ५० वर्ष अघि स्याउत गाउँमै पहिलो सुन्तलाखेती हामीले गरेका थियौ। तेह्र रोपनी जग्गामा छ सय वटा सुन्तलाका बोट लगाएका थियौँ, फल राम्रै दिन्थ्यो । बर्सेनि रु छ/सात लाख आम्दानी गर्दै बालबच्चा पढाउन र घर खर्च चलाएर पनि बचत हुने  गर्ने गरेका थियौं ।’

Vianet communication

पहिलो त्यतिका बोटबाट त्यत्रो रकम आम्दानी हुन्थ्यो अहिले त ५०/६० वटा बोट छन् त्यही पनि मसिना मसिना दाना फलेको छ । यस  वर्ष ७०/८० हजारसम्म आइहाल्छ कि पन्तले भने । कति दुःख गरेर लगाइएको सुन्तला खेती नासिँदा दुःख लागेको छ । सुन्तला नभए पनि कागती हुन्छ की भनेर तीन वर्षअघि बीस हजार तिरेर एक सय वटा कागतीको बिरुवा सारेकामा गत वर्ष सबै बिरुवा मरेको उनले सुनाए ।​​

रमेशराज पन्तको पनि उस्तै समस्या छ। विगतमा धेरै वर्षसम्म सुन्तलाबाटै वार्षिक रु चार/पाँच लाखसम्म आम्दानी गरेका थिए । विसं २०३६/३६ मा एक हजार पाँच सय वटा बिरुवाबाट सुन्तला खेती गर्दै विसं २०४० देखि उत्पादन गर्दै बर्सेनि रु पाँच लाखभन्दा बढी आम्दानी  हुने गरेको उनले सुनाए ।

‘विसं २०६० सम्म  लगाइएको सुन्तलाले गाउँ नै ढाक्ने गर्थ्यो, फागुन महिनासम्म पनि सुन्तला टिपेर भ्याउन गाह्रो हुन्थ्यो तर अहिले ३०/४० वटा बोट धेरै स्याहारसुसार र  मलजल गरेर बचाएर राखेको छु, यसवर्ष करिब रु एक डेढ लाखसम्म कमाइ हुने अपेक्षा छ,’ रमेशले भने, ‘विगतमा प्रतिगोटा २५ पैसामासमेत बिक्री गर्नुपर्दा त्यतिबेला गाउँसम्म आउने सहज बाटो  थिएन, भाउ थिएन, आफैले झारेर ढुवानी गर्नुपर्थ्यो, अहिले सुन्तलाको माग छ, बाटो सहज छ तर सुन्तला बगैँचा छैन ।’​​​

लटरम्मै हुने गरी फल दिने सुन्तलाका बोटले फल दिन नसक्दा साविकको जिल्ला कृषि विकास कार्यालयले पकेट क्षेत्रमा सूचीकृत यस गाउँमा केही वर्षदेखि बोट मात्रै हुँदा किसान चिन्तामा छन् ।​

उनीहरूको मात्रै नभई गाउँमा रहेका ८० घरपरिवारले नै लामो समयदेखि सुन्तला लगाउँदै आए पनि बोटमा रोग लागेपछि अधिकांशको सुन्तला मरिसकेको र केहीको मात्रै अलिअलि बाँकी  छन् ।

विगतमा आफूहरूले रु तीन करोडसम्म लिने गरे पनि यति बेला रु पाँच/दश लाख पनि पाउन मुस्किल हुने स्थानीयबासीको भनाइ थियो ।

बीस वर्षको बीचमा ग्रिनिङ भाइरसका कारण सुन्तलाको जरा मर्ने, पात मर्ने, हाँगा सुक्दै जाने, साना दाना लाग्ने, कम फल्नेजस्ता समस्या किसानले झेल्दै आए पनि समाधान गर्न नसक्दा गाउँभरिका सुन्तलाबारी नै सखाप भइसकेको उनीहरूले बताए ।​​​​

यहाँका किसानले उति बेला ठीक यही समयमा सुन्तला बगैँचा हेर्दै खाँदै किसान आ-आफूले लगाएको बारीको सुन्तला यो साल त यति लाखमा बेच्छु र त्यो पैसाले यो काम गर्छु भन्दै योजनासहित खुसी भएर बसेका हुन्थे  तर विगत केही वर्षदेखि सुन्तलाले फल दिन नसक्दा अवस्था फेरिएको छ।​

साविकको जिल्ला कृषि विकास कार्यालयमा पकेट क्षेत्रमा सूचीकृत स्याउत गाउँबाहेक तार्कुको गहते, करापुटारको बेतिनी, भोर्लेटारका लामासोती, उदिपुरको धिमिरे, भोटेओडारलगायत क्षेत्रमा रोग लागेर सुन्तलाका बोट मर्दै गएपछि बगैंचा मासिँदै गएको छ ।

जिल्लामा उत्पादित सुन्तला कम हुँदा बाहिरी जिल्लामा उत्पादित सुन्तलाले बजार ओगटेको छ ।​​​​​​

यतिबेला सुन्तला प्रतिकिलो रु एक सय ४० देखि रु एक सय ५० मा बिक्री हुँदै आएको छ । कत्ले, पतेरोलगायत कीराले बिरुवा तथा बोटमा रोग सार्ने र सिट्रेस डिक्लाइन (उत्पादनमा ह्रास हुने रोग), ग्रिनिङ भाइरसजस्ता रोग लाग्ने तर गोडमेल, स्याहार, सिँचाइको व्यवस्था, बिरुवा छनोटजस्ता काममा किसानले ध्यान नदिएकाले सुन्तला बगैँचा मासिने क्रम बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लामा एक हजार दुई सय हेक्टर क्षेत्रफलभन्दा बढीमा सुन्तला खेती हुने गरे पनि केही वर्षदेखि करिब एक सय ५० हेक्टर जमिनमा मात्र सुन्तला खेती हुने गरेको कार्यालयले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x