कात्तिक १८, २०८०
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
काठमाडाैं | मंसिर ११, २०८०
अबको दुई वर्षभित्रै लुम्बिनी प्रदेश सरकारका झकिझकाऊ संरचना मन्त्रालय र प्रशासनिक कामका लागि तयार हुँदैछन् । प्रदेश सरकारले दाङको राप्ती उपत्यका देउखुरीमा आफ्नै ‘सिंहदरबार’ निर्माण गरिरहेको हो ।
लामो समयदेखि भाडा र संघ/संस्थाका भवनमा बस्दै आइरहेको प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित सबै मन्त्रालय रहने गरी राप्ती गाउँपालिका– ३ लालमटियामा तीन अर्ब रूपैयाँभन्दा बढी लागतमा तीब्रताका साथ मन्त्रालयका भव्य संरचनाहरू बनाइरहेको हो ।
सरकारी सम्झौता अनुसार ३ अर्ब ९ करोड ३८ लाख रूपैयाँ खर्च गरेर आफ्नै सुविधासम्पन्न ‘सिंहदरबार’ निर्माण गरिरहेको खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालयका सूचना अधिकारी तथा इन्जिनीयर विधान अर्यालले जानकारी दिए ।
‘अहिलेसम्मको कामको रफ्तार हेर्दा निर्धारित मितिभन्दा अघि नै निर्माण सम्पन्न होलाजस्तो देखिन्छ,’ अर्यालले लोकान्तरसँग भने, ‘नदी सभ्यतामा आधारित व्यवस्थित संरचना निर्माणको गुरूयोजनाअनुरूप काम भइरहेको छ । ठेकेदारले २०८२ पुसभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ ।’
भवन बनेपछि मन्त्रालयहरू एकत्रित हुनेछन् । ६ तले मुख्यमन्त्री कार्यालयसहित १० वटा मन्त्रालयका भवन बनिरहेका छन् । प्रदेश स्थापना दिवसको अवसर पारेर वि.सं.२०७९ फागुन ३ गते तत्कालीन मुख्यमन्त्री लीला गिरीले प्रदेश राजधानीका स्थायी संरचनाको शिलान्यास गरेका थिए । मन्त्रालय निर्माणको जिम्मेवारी शर्मा/सगुन जेभी, सीतापाइला काठमाडौंले लिएको छ ।
प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन इकाइमार्फत बनिररहेका संरचना मण्डला आकारका हुनेछन् । आयोजनाका डिभिजन इन्जिनियर (डीई) ईश्वरराज जोशीले १० महिनामै ३५ प्रतिशत भौतिक प्रगति भएको बताए ।
‘१० मध्ये ७ वटा भवनको चौथो तला निर्माण भइरहेको छ,’ इन्जिनियर जोशीले भने, ‘दुईवटाको फाउन्डेसनको काम भइरहेको छ । एउटा अब शुरू हुन्छ । सबै भवन पाँच तलाभन्दा कमका हुँदैनन् ।’
निर्माण कम्पनीका प्रबन्धक नारायणबाबु प्रधानले निर्धारित समयअगावै सम्पन्न गरी भवन प्रदेश सरकारलाई हस्तान्तरण गर्ने गरी काम गरिरहेको जानकारी दिए ।
मुख्यमन्त्री कार्यालय ६ तलाको हुनेछ । लिफ्टसहित अपांगमैत्री भवन निर्माण हुने खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालयले जनाएको छ । अन्य मन्त्रालय भवन पाँच तलाको हुनेछ । त्यहाँ पनि अन्डरग्राउण्ड पार्किङ र लिफ्ट जडान गरिने छ ।
मन्त्रालय भवन निर्माण गर्न बजेटको कुनै अभाव नहुने सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेयले जानकारी दिए ।
‘समयमा काम सम्पन्न हुनेछ । बजेटको कुनै अभाव हुने छैन,’ उनले भने, ‘राजधानी कार्यान्वयन नमूनाको रूपमा अघि बढेको छ ।’
निर्माण कम्पनीका प्रतिनिधि सौरभ शर्माले निर्धारित समयभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्रालय भएकै क्षेत्रभित्रको खाली जग्गामा नयाँ प्रशासनिक भवन बनाउने काम अघि बढेको हो ।
१७ विगाहा १९ कट्ठा ४ धुर जग्गामा प्रदेशको प्रशासनिक केन्द्र फैलिएको छ ।
वि.सं. २०७७ असोज २० मा प्रदेशसभाको दुईतिहाइ बहुमतले राजधानी राप्ती उपत्यका देउखुरी र नाम लुम्बिनी तोक्ने निर्णय गरेको थियो भने २०७९ पुसदेखि दाङमा राजधानी कार्यान्वयनमा आएको थियो । राजधानी कार्यान्वयनलाई हालसम्म बनेको तीनवटै सरकारले प्राथमिकता राखेर काम गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भवन बेसमेन्टसहित ६ तलाको बनिरहेको छ । भुइँतला मात्रै करिब १४ सय बर्गमिटरको रहने छ । यहाँ लिफ्टसहितका अपांगमैत्री संरचना बन्नेछन् । यहाँ पर्याप्त पार्किङ र हरियाली जोन रहने छ ।
यस्तै विभिन्न मन्त्रालयका प्रशासनिक भवनहरू १० वटा बन्ने छन् । बेसमेन्टसहित ती सबै मन्त्रालयका भवन ५ तलाका रहनेछन् । यी सबै भवनहरू पनि लिफ्टसहित अपांगमैत्री रहने जोशीको भनाइ छ । प्रदेश राजधानीका संरचना बनाउन सरकारले चालू आर्थिक वर्षमा १ अर्ब रूपैयाँ विनियोजन गरेको थियो ।
अहिले मन्त्रालयहरू तथा सरकारी कार्यालय साँघुरा र एकै ठाउँमा धेरै कोच्चिएर कर्मचारी बस्नुपर्ने बाध्यता रहेको छ । वडा कार्यालयमा समेत मन्त्रालय राखेर काम गर्ने अवस्था रहेको छ । प्रदेशको राजधानी निकै सुविधा सम्पन्न बनाउने गरी गुरुयोजना बनाएको लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणले जनाएको छ ।
राप्ती प्राविधिक शिक्षालयलाई अन्यत्र व्यवस्थापन गरेर उक्त जग्गा प्रदेश सरकारको नाममा आएपछि स्थायी संरचना बनेका हुन् ।
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...