×

NMB BANK
NIC ASIA

रुपन्देहीमा बसको ठक्करबाट एकै घरका २ जनाको मृत्यु

मदरसा नपुग्दै अस्ताए दाजुबहिनी, भदैनी गम्भीर घाइते

बुटवल | मंसिर १६, २०८०

NTC
Premier Steels

लुम्बिनीमा शनिबार बिहान स्कूल बसले मोटरसाइकललाई ठक्कर दिँदा एकै घरका दुई जनाको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते भएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका–४ महुबारीस्थित लुम्बिनी–ककरहवा सडक खण्डमा आज बिहान ९ बजे दुर्घटना भएको हो ।

Muktinath Bank

रूपन्देहीको लुम्बिनीबाट कालीदहतर्फ जाँदै गएको लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई लु १ क १७७८ नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर–४ का २१ वर्षका महम्मद इसाद र १६ वर्षकै रूपसना खातुनको घटनास्थलमै मृत्यु भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुईघटनामा मोटरसाइकलमै सवार १२ वर्षकै अप्सना खानुत घाइते भएकी छन् । घाइते अप्सनाको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको छ । घाइते खातुनको अवस्था गम्भीर छ ।


Advertisment
Nabil box
Kumari

रूपन्देहीका प्रहरी प्रवक्ता डीएसपी मनोहर भट्टले उनीहरू एकै परिवारको रहेको बताइए पनि पुष्टि हुन बाँकी रहेको बताए ।

Vianet communication

महम्मदले बहिनी रूपसना र अप्सरा (भदैनी)लाई मदरसा लैजाँदै थिए । तर, मदरसा नपुग्दै दाजुबहिनीको दुर्घटनामा मृत्यु भएको छ । भदैनी गम्भीर घाइते छिन् । मोटरसाइकलमा तीन जना सवार थिए । 

दुर्घटनापछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन् । अहिले मृतकका आफन्त र स्थानीयले शवलाई सडकमै राखेर प्रदर्शन गरिरहेका छन् ।

डीएसपी भट्टका अनुसार शनिबार स्कुल बस कहाँ जाँदै थियो भन्ने खुलेको छैन । बस चालक फरार रहेको र उनको खोजी भैरहेको उनले बताए । 

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष विनोदकुमार श्रीवास्तवले मदरसा जाने क्रममा गाडीले ठक्कर दिएको बताए । ‘वडा नम्बर ४ अमारी गाउँका छेदी मुसलमानका इसाद र रुपसना छोराछोरी हुन्,’ वडाध्यक्ष श्रीवास्तवले लोकान्तरसँग भने, ‘लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १३ कालीदहस्थित बहिनी र भदैनी (दाइको छोरी)लाई मदरसा छोड्न जाँदै थिए । बाटोमा गाडीको ठक्करबाट इसाद र रुपसनमा मृत्यु भयो । नातिनी घाइते छन् ।’ 

मदरसा मुस्लिस समुदायका बालबालिका पढ्ने शैक्षिक संस्था हो । मदरसा शनिबार पनि खुल्ने गर्छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x