×

NMB BANK
NIC ASIA

चलचित्र ‘हिटम्यान’को पोस्टर र टिजर रिलिज

काठमाडाैं | मंसिर १८, २०८०

NTC
Premier Steels

नेपाली चलचित्रलाई विश्वव्यापी रिलिज गर्ने उद्देश्यसहित बनाइएको इण्डो–नेपाली चलचित्र ‘हिटम्यान’को मोशन पोस्टर र टिजर रिलिज गरिएको छ । नेपालको काठमाडौं, पोखरासँगै भारत र फ्रान्समा समेत चलचित्र खिचिएको छ । 

Muktinath Bank

आगामी फागुन अर्थात् फेब्रुअरीमा रिलिज गरिने चलचित्रको अफिसियल प्रदर्शन मिति केही समयमा सार्वजनिक गरिने निर्माता तथा निर्देशक विष्णु अधिकारीले बताए । चलचित्र नेपालीसँगै हिन्दी, तेलुगू, तमिल, कन्नड, मलायलम, अरबी र चिनियाँ भाषामा रिलिज गरिने बताइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सञ्चारकर्मीहरूमाझ चलचित्रको टिजर सार्वजनिक गरिएको हो ।


Advertisment
Nabil box
Kumari

चलचित्रमा निर्माता एवं निर्देशक अधिकारी नै शीर्ष भूमिकामा छन् । टिजरमा पनि उनी स्वयंमलाई प्रस्तुत गरिएको छ । अभिनेत्री आँचल शर्माको भने कुनै पनि दृश्य टिजरमा समावेश छैन । ​

Vianet communication
Laxmi Bank

पत्रकार सम्मेलनमा उपस्थित आँचलले टिजरमा आफू नदेखिएको बताइन् । चलचित्रको ट्रेलरमा भने भारतसँगै नेपाली दृश्य र कलाकार समेत देखिने कलाकार विष्णु अधिकारीले बताए । 

यो चलचित्रमा प्रशान्त ताम्राकार र मिलन सिजापतिको पनि मुख्य भूमिका छ । केही अभिनेत्रीहरूसँग आफूहरूले कुरा गरेपनि अन्तिममा आँचल शर्मा भूमिकामा फिट भएको विष्णुले बताए । चलचित्रले नेपालको सुन्दरता प्रस्तुत गर्ने उनको भनाइ छ । 

आँचलले तेलुगू चलचित्र भएपनि आफूले नेपाली भाषा नै बोलेको बताइन् । तर, आफूले तेलुगू भाषा भने केही सिकेको उनले बताइन् । चलचित्रमा दीपक अधिकारी निर्माता र सन्नी लावती सह–निर्माताको रुपमा रहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x