×

NMB BANK
NIC ASIA

‘हिरो बन्ने सपना त्यागेर गायनतर्फ लागेको थिएँ’

काठमाडाैं | मंसिर १८, २०८०

NTC
Premier Steels

चलचित्रको हिरो बन्ने प्रकाश सपूतको बाल्यकालदेखिकै सपना थियो । उनी बाल्यकालमा आफूलाई मन परेका हिरोहरूको नक्कल गर्ने गर्थे । ​

Muktinath Bank

यतिबेला भने उनलाई दर्शकहरूले चलचित्रमा हिरोको भूमिकामा हेरिसकेका छन् । उनको पहिलो चलचित्र ‘परदेशी २’ले हलमा ५१ दिनको यात्रा पूरा गरिसकेको छ । यद्यपि, बाल्यकालदेखि देखेको सपना प्रकाशले एकसमय त्यागेका रहेछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चलचित्रले ५१ दिन पूरा गरेको अवसरमा खुशी साट्न आयोजित कार्यक्रममा प्रकाशले ‘प्लस टु’ पढेपछि आफूले हिरो बन्ने सपना त्यागेको स्मरण गरे । कार्यक्रममा उनले भने, ‘गाउँको मान्छे हिरो बन्न सकिँदैन होला ! कहिले काठमाडौं जाने, चिनजान केही छैन भन्ने लागेपछि त्यो सपना त्यागेर गीत गाउनतर्फ लागेको थिएँ ।’ 


Advertisment
Nabil box
Kumari

काठमाडौं आएपछि उनी एकदिन चलचित्र हेर्न गोपीकृष्ण हल पुगेका रहेछन् । त्यहाँ दर्शकको खचाखच भीडभाड रहेछ । माथिबाट एकजना चलेका अभिनेताले दर्शकलाई हात हल्लाइरहेका थिए ।

Vianet communication

‘त्यतिबेला मैले फेरि के सपना देखेको थिएँ भने त्यसरी उभिएर हात हल्लाउनकै लागि पनि एउटा चलचित्र खेल्छु’ उनले भने, ‘तर, हाम्रो चलचित्र निर्माण हुँदासम्म गोपीकृष्ण नयाँ बन्यो । यद्यपि, संयोग के पर्यो भने त्यही गोपीकृष्णमा ५१ दिनसम्म मेरो चलचित्र चलिरहेको छ ।’ यो कुरा आफूलाई मिराकल लागिरहेको प्रकाशले बताएका थिए । 

उनले पहिलो चलचित्रले नै ५१ दिन मनाउनु आफ्नो लागि अविश्वसनीय सफलता रहेको बताए । ‘बच्चैदेखि चलचित्र खेल्ने सपना देखेको थिएँ । त्यो सपना पूरा भयो र त्यसले सफलताको इतिहास पनि लेख्यो’ उनले भने, ‘यो मेरो लागि अविश्वसनीय सफलता हो । दर्शकबाट पाएको अपार प्रेमको हद हो । सबैप्रति कृतज्ञ छु ।’ 

नारायण रायमाझीको निर्देशनमा बनेको चलचित्रमा प्रकाशले दुई अभिनेत्री केकी अधिकारी र वर्षा शिवाकोटीसँग स्क्रिन शेयर गरेका छन् । नेपालमा सफल भएसँगै चलचित्र विभिन्न देशमा प्रदर्शनमा आइसकेको छ । साङ्गीतिक क्षेत्रमा लोभलाग्दो ख्याति कमाएका प्रकाशले चलचित्र निर्माण एवं निर्देशनको समेत तयारी गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x