×

NMB BANK
NIC ASIA

बिरामी र डाक्टरबीचको दूरी घटाउन लुम्बिनी अस्पतालमा अन्तरवैयक्तिक सञ्चार विभाग

बुटवल | मंसिर २८, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले सेवाग्राहीमैत्री स्वास्थ्य उपचार तथा सकारात्मक सन्देश दिनेगरी नयाँ अभ्यासको सुरुवात गरेको छ । अस्पतालमा आउने सेवाग्राहीलाई चिकित्सक, स्वास्थ्यकर्मी, स्टाफनर्स तथा कर्मचारीहरूबाट सकारात्मक र रचनात्मक व्यवहारसहित स्वागत गर्ने संस्कारको विकासका लागि अन्तरव्यैक्तिक सञ्चार विभाग (डिपार्टमेन्टल अफ इन्टरपर्सनल कम्युनिकेसन सेन्टर) स्थापना गरिएको छ । 

Muktinath Bank

मुलुकका सरकारी तथा निजी अस्पतालहरूमै नयाँ अभ्यासका रुपमा रहेको यो विभागमा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, स्टाफनर्स तथा कर्मचारीहरूबीच आन्तरिक समस्याहरूको सञ्चार तथा समन्वय गर्नुका साथै सेवाग्राहीप्रति प्रेमपूर्ण व्यवहारको बिकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विभागको बिहीवार औपचारिक उद्घाटन गर्दै अस्पतालका स्टाफनर्स विभागकी प्रमुख ज्योति पौडेलले अस्पताल परिवारमा नयाँ उत्साह प्राप्त भएको उल्लेख गरिन् । अब यो विभागमाफर्त अस्पतालमा कार्यरत परिवारको आन्तरिक समस्याको समाधान, सेवाग्राहीसँग गरिने व्यवहारमा सुधार तथा अस्पतालमा सेवा लिन आउनेहरूको गुनासोलाई उपयुक्त ढङ्गले समाधान गर्न सकिने उनले उल्लेख गरिन् । 


Advertisment
Nabil box
Kumari

अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा सुदर्शन थापाले नयाँ अभ्यासको रुपमा शुरू गरिएको विभागले सेवालाई प्रभावकारी बनाउनुका साथै द्वन्द्व व्यवस्थापनमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । कतिपय अवस्थामा सही उपचार गराउँदागराउँदै पनि सेवाग्राही र अस्पताल परिवारबीच सही सञ्चार हुन नसक्दा द्वन्द्व उत्पन्न हुने गरेका उदाहरणहरू सुनाउँदै उनले प्रादेशिक अस्पतालमा अब त्यस्तो अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको उल्लेख गरे । 

Vianet communication
Laxmi Bank

‘उपचारमा आउने सेवाग्राहीले सबै स्वास्थ्य सुविधा प्राप्त गरेर पनि उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, स्टाफनर्स, कर्मचारी वा कुनै एक जनाले गर्ने गलत व्यवहार वा बोलीका कारण उनीहरूको आत्मसम्मानमा ठेस पुग्न सक्छ,’ डा थापाले भने, ‘अब त्यस्तो परिस्थिति सिर्जना हुन नदिनका लागि अहिले शुरू गरिएको विभागबाट सम्पूर्ण अस्पताल परिवारलाई प्रशिक्षित गरिने छ । कसैको पनि आत्मसम्मानमा ठेस पुग्ने खालका बोली र व्यवहार अस्पतालभित्र हुने छैन ।’ विभागबाट प्रदान गरिने प्रशिक्षण तथा कार्यशालालाई आन्तरिक कार्यसम्पादन मूल्याङ्कनमा समेत समावेश गरिने बताउँदै उनले अस्पतालका सबै तह र विभागमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीले प्रशिक्षण लिनै पर्ने व्यवस्था गरिएको उनले बताए ।

null

अस्पतालको पहिलो गेटमा सेवाका लागि खटिएका सुरक्षाकर्मीदेखि उपचारमा संलग्न चिकित्सक तथा विभिन्न तह र विभागका स्वास्थ्यकर्मी वा कर्मचारीलाई बिरामीप्रति गरिने व्यवहारबारे प्रशिक्षित गरिने छ,’ मेसु डा थापाले भने, ‘अब लुम्बिनी प्रादेशिक अस्पतालबाट सेवा लिएर बाहिरिने कुनै पनि सेवाग्राहीले यहाँबाट गलत सन्देश बोकेर जानु पर्ने छैन ।’ 

डिपार्टमेन्ट अफ इन्तरपर्सनल कम्युनिकेसनकी प्रमुख माधुरी ज्ञवालीले सेवाग्राहीको गुनासोलाई सुनेर सही ढङ्गले व्यवस्थापन सहयोग पुग्ने उल्लेख गरिन् । विभाग शुभारम्भको अवसरमा बोल्दै वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा श्रीधर आचार्यले मुलुकमै नयाँ सोचकासाथ ल्याइएको यो अवधारणाले स्वास्थ्य सेवाको क्षेत्रमा नयाँ सन्देश प्रभाह गर्ने विश्वा व्यक्त गरे । 

यसैगरी नेपाल पत्रकार महासंघ, रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले पछिल्लो समय लुम्बिनी प्रादेशिक अस्पतालले सेवा प्रदान गर्ने विषयमा सकारात्मक परिवर्तन गर्दै आएको उल्लेख गर्दै अहिले शुरू गरिएको नयाँ प्रयास मुलुकमै नमूना बन्नसक्ने दाबी गरे । कार्यक्रम अस्पतालका प्रशासकीय प्रमुख राजन केसीको सञ्चालनमा भएको थियो । 

दैनिक २ हजार ५०० भन्दा बढी बिरामी उपचारका लागि आउने अस्पतालमा ७०० स्वास्थ्यकर्मीले सेवा प्रदान गर्दै आएका छन् । पछिल्लो आर्थिक वर्ष अस्पतालमा ३ लाख २ हजार ६९६ जनाले बहिरंग स्वास्थ्य सेवा लिएका थिए भने आकस्मिक कक्षतर्फ ६७ हजार ५६१ जनाले सेवा लिएको पाइएको छ ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x