कात्तिक १५, २०८०
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
घस्रने जातको संरक्षित वन्यजन्तुमा सूचीकृत अजिङ्गर झापाको विभिन्न स्थानमा भेटिन थालेका छन् । गत मङ्सिरको पहिलो साता भद्रपुर नगरपालिका–३ का अनही राजवंशीको खेतमा मोटो र लामो सर्प भेटियो । काउली बारीमा दिउँसो देखापरेको सर्प अजिङ्गर रहेछ । स्थानीयले प्लास्टिकको जालीले बेरेर घिस्याउँदै खेतबाट बाहिर निकालेर प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले नियन्त्रणमा लिएर अजिङ्गर डिभिजन वन कार्यालय झापामा बुझाएको थियो । अजिङ्गर भेटिएको यो स्थान मेची नदी पूर्व नेपालको सीमान्त गाउँ पर्दछ । यति टाढा गाउँमा अजिङ्गर कसरी पुग्यो भनेर बन कर्मचारी पनि अचम्मित छन् ।
त्यसैगरी, भद्रपुर–५ स्थित लक्ष्मण प्रधानको आँगनमा कदमको रूखमा बेरिएर बसेको ठूलो आकारको अजिङ्गर फेला परेपछि गाउँ त्रसित बनेको थियो । दश केजी तौलको अजिङ्गरलाई वन कर्मचारी र प्रहरीले उद्धार गरेर चारआली जङ्गलमा छाडिदिएका थिए । अजिङ्गर दुर्लभ जातको ‘पाइथन’ भएको पत्ता लागेको थियो ।
अर्जुनधारा, हल्दिबारी, कचनकबल, बाह्रदशीलगायत पालिकामा मानिसका खेतबारी र साना खोल्साहरूमा अजिङ्गर भेटिने गरेका छन् । यी क्षेत्र झापाको जलथल जङ्गल वरिपरि पर्दछ । जलथल जङ्गल अजिङ्गरको मुख्य बासस्थान मानिएको छ ।
जिल्लाका विभिन्न पालिकामा भेटिएका अजिङ्गरको उद्धार गरी डिभिजन वन कार्यालय झापाको उद्धार टोलीले प्राकृतिक बासस्थान स्थानीय सामुदायिक वनमा सुरक्षित लगेर छाड्ने गरेको जनाएको छ ।
वनको उद्धार टोलीले चालु आर्थिक वर्षको पाँच महिनामात्र छवटा अजिङ्गरको उद्धार गरेर प्राकृतिक बासस्थानमा छाडेको जनाएको छ । गत आर्थिक वर्ष २०७९/८० मा ११ वटा विभिन्न जातका अजिङ्गर मानिसहरुको घरको आँगन, खेत र सडकबाट उद्धार गरिएको डिभिजन वन कार्यालय झापाका अधिकृत ऋषि पराजुलीले बताए ।
उनका अनुसार उद्धार गरिएका सबै अजिङ्गरलाई प्राकृतिक बासस्थानमा छाडिदिने गरिएको छ । उनले पाँच केजीदेखि १६ केजीसम्मको अजिङ्गर फेला परिरहेको जानकारी दिए । 'यो संरक्षित वन्यजस्तुहरू मध्येको घस्रने जन्तु हो,' उनले भने, 'मानिसहरू सचेत छन् दुर्लभ जन्तु भन्ने ज्ञान छ । फेला पर्ने बित्तिकै खबर गर्छन् । हामी उद्धार गरिरहेका छौँ ।'
जीव वैज्ञानिक तथा हाल प्रतिनिधिसभा सदस्य डा के. आर. खम्बूले जिल्लामा पाइने अजिङ्गरहरू दुर्लभ जातिको रहेको बताए । उनले चिसो मौसममा तातो खोज्दै जङ्गलबाट अजिङ्गरहरू बाहिर निस्कने गरेको जानकारी दिए। 'घस्रने जातका जन्तुहरूको रगत चिसो हुन्छ,' उनले भने, 'हिउँदको समयमा घाम ताप्न बाहिर निस्कने गर्छन् ।' उनका अनुसार अजिङ्गर मांसाहारी हुने हुँदा जङ्गलमा प्रशस्त मात्रमा आहार पाउने गर्छन् । मानिसको अतिक्रमण बढ्दै जाँदा आहारको खोजीमा अजिङ्गरहरू गाउँ बस्ती प्रवेश गर्ने सम्भावनालाई पनि उनले औँल्याए ।
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...