कात्तिक १५, २०८०
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
इलामको देउमाई नगरपालिकाले सुत्केरीलाई पोषण भत्ता र मृतकका परिवारलाई दाहसंस्कार खर्च उपलब्ध गराउँदै आएको छ ।
सुत्केरी शिशु पोषण व्यवस्थापान कार्यक्रमअन्तर्गत गत आव २०७९/८० मा नगरभित्रका तीन सय १२ जना सुत्केरीलाई रू पाँच हजारका दरले रू १५ लाख ६० हजार पोषण भत्ता वितरण गरिएको नगरपालिकाका लेखा अधिकृत गजेन्द्र येक्तेनले जानकारी दिए ।
उनका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा मात्र एक सय १० जना सुत्केरीले पोषण भत्ता लिएका छन् ।
पहिलो त्रैमासिकमा सुत्केरीले पोषण भत्ताबापत रू पाँच लाख ५० हजार खर्च भएको येक्तेनले जानकारी दिए । ‘पोषण भत्ता पाउनका लागि नगरभित्र स्थायी बसोबास भएका, कुनै पनि स्वास्थ्य संस्थामा चारपटक गर्भजाँच गरेका र ३५ दिनभित्र वडा कार्यालयमा जन्मदर्ता गराएको प्रमाण पेस गरेको हुनुपर्ने छ’, उनले भने ।
गर्भवती भएदेखि सुत्केरी भएको ३५ दिनभित्रका आमा र बच्चालाई उत्प्रेरणा र पोषण स्थितिका साथै आमा र बच्चाको स्वास्थ्य सुधार गर्नका लागि कार्यक्रम ल्याइएको नगरप्रमुख सूर्य पोख्रेलले बताए । ‘सुत्केरी आमा र नवजात बच्चालाई गुणस्तरीय स्वास्थ्य सेवासम्बन्धी सकरात्मक सन्देश प्रवाह गर्नका लागि उक्त कार्यक्रम लागू गरिएको हो’, उनले भने ।
सुत्केरी पोषण भत्ता एक महिलालाई दुई वटा बच्चा वा दुई पटक प्रसूति सेवासम्म मात्र उपलब्ध गराइने नगरप्रमुख पोख्रेलले जानकारी दिए । उनका अनुसार नगरपालिकाले चालू आवमा यस कार्यक्रमका लागि रू २० लाख विनियोजन गरेको छ ।
त्यस्तै, पालिकाले कुनै पनि कारणबाट मृत्यु भएका मृतकका परिवारलाई दाहसंस्कार खर्चबापत रू पाँच हजार उपलब्ध गराउँदै आएको छ ।
दाहसंस्कार खर्च वितरणसम्बन्धी कार्यविधि पारित गरी मृतकका परिवारलाई दाहसंस्कार खर्च वितरण गर्दै आएको नगरप्रमुख पोख्रलले बताए । उनका अनुसार गत आवमा नगरभित्रका एक सय ९० जना मृतकका परिवारलाई दाहसंस्कार खर्च उपलब्ध गराइएको छ ।
दाहसंस्कारबापत गत वर्ष रू नौ लाख ५० हजार खर्च भएको लेखा अधिकृत येक्तेनले जानकारी दिए । उनका अनुसार दाहसंस्कार खर्च लिनका लागि मृतक नगरभित्र स्थायी बसोबासी भएको र ३५ दिनभित्र वडा कार्यालयमा मृत्यु दर्ता गरी प्रमाण पेस गर्नुपर्ने प्रावधान रहेको छ ।
चालू आवको पहिलो त्रैमासिकमा ८९ जना मृतकका परिवारले दाहसंस्कार खर्चबापत रू चार लाख ४५ हजार वितरण गरिएको येक्तेनले बताए । उनका अनुसार चालू आवमा दाहसंस्कार खर्चका लागि रू २० लाख विनियोजन गरिएको छ ।
नगरपालिकाले ‘ग’ श्रेणीका अपाङ्गता भएका व्यक्तिलाई मासिक रू पाँच सयका दरले भत्ता उपलब्ध गराउँदै आएको छ । गत आवमा ८१ जना ‘ग’ श्रेणीका अपाङ्गता भएका व्यक्तिलाई रू पाँच हजारका दरले रू चार लाख ४६ हजार वितरण गरिएको नगर कार्यालयले जनाएको छ ।
चालू आवमा भने १० जना थपिएका छन् । नगरपालिकाले चालू आवमा ‘ग’ श्रेणीका अपाङ्गता भएका व्यक्तिलाई भत्ताका लागि रू पाँच लाख विनियोजन गरेको छ ।
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...