×

NMB BANK
NIC ASIA

कीर्तिपुरसँगै काठमाडौंका दक्षिणी क्षेत्र इन्द्रायणी जात्रामय [तस्वीरहरू]

काठमाडाैं | पुस ६, २०८०

NTC
Premier Steels

यतिबेला काठमाडौंको दक्षिण भेगका सबै गाउँ जात्रामय छन् । दक्षिण भेगमा धेरै गाउँहरू छन्, त्यसमध्ये सातवटा गाउँ यतिबेला जात्रामा डुबेका छन् । ती गाउँहरू हुन् कीर्तिपुर, पाँगा, नगाउँ, सतुंगल, बोसिगाउँ, ल्होंखा र मच्छेगाउँ ।

Muktinath Bank

null


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यी सात गाउँ मिलेर गरिने जात्रा भएकोले यसलाई ‘सात गाउँ जात्रा’ अर्थात ‘न्हयगां जात्रा’ पनि भनिन्छ ।


Advertisment
Nabil box
Kumari

null

Vianet communication

यी सात गाउँका जात्राहरूमध्ये शुक्रवार चाहिँ कीर्तिपुरमा जात्रा चलिरहेको छ । सात गाउँको जात्रा मूलतः अष्टमातृका देवीहरूको जात्रा हो । हरेक गाउँमा जात्रा चलाइने आ–आफ्नै देवीहरू छन् । कतै विष्णुदेवी, कतै महालक्ष्मी । कीर्तिपुरमा चाहिँ इन्द्रायणी देवीको जात्रा चलाइन्छ ।

null

काठमाडौं उपत्यकाका यी सातै गाउँ रहेको क्षेत्र कुनै बेला काठमाडौंको नगर सभ्यता रहिसकेका स्थान हुन् । यो क्षेत्रमा नेपालका धेरै लिच्छविकालीन अभिलेखहरू प्राप्त भएका छन् । नेपालको प्राचीन इतिहास निर्माणमा यी गाउँहरूको ठूलो योगदान रहेको पाइन्छ ।

null

यसमध्ये पनि कीर्तिपुर प्राचीनकालदेखि नै केन्द्रमा रहँदै आएको पाइन्छ । मध्यकालमा एक समय तत्कालीन पाटन राज्यको राजधानीसमेत कीर्तिपुरमा रहन पुगेको थियो । त्यतिबेला निर्माण भएको दरबारको अवशेष कीर्तिपुरमा अझै पाइन्छ ।

null

कीर्तिपुरमा बाघभैरवको मन्दिर प्रसिद्ध छ । इन्द्रायणी देवीको द्यःछेँ पनि यही बाघभैरव मन्दिर परिसरमा रहेको छ ।

null

आजकल सोही मन्दिर परिसरबाट जात्रा शुरू हुन्छ । यसमा इन्द्रायणी देवीलाई खटमा राखी कीर्तिपुर नगर परिक्रमा गराइन्छ । धुमधामसाथ मनाइने यो जात्रा हेर्न अन्य स्थानका मानिसहरू पनि कीर्तिपुर पुगेका हुन्छन् ।

थप तस्वीरहरूः 

nullnullnullnullnull


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x