×

NMB BANK
NIC ASIA

लुम्बिनी प्रदेशमा सरकार विस्तार

लुम्बिनीकी एक्ली महिला मन्त्री कृष्णाः जो हुन् प्रत्यक्ष निर्वाचनकी ‘नमूना’

बुटवल | पुस ८, २०८०

NTC
Premier Steels

लुम्बिनी प्रदेश सरकारले महिला मन्त्री पाएको छ । आइतवार विस्तार भएको मन्त्रिपरिषद्मा बाँकेबाट निर्वाचित नेकपा (माओवादी केन्द्र)की प्रदेशसभा सदस्य कृष्णा केसीलाई डिल्लीबहादुर चौधरी नेतृत्वको लुम्बिनी सरकारमा सहरी विकासमन्त्री बनाएको हो । 

Muktinath Bank

सरकारमा सत्तारुढ दल माओवादी केन्द्रले मात्रै महिलालाई मन्त्री सिफारिस गरेको थियो । लुम्बिनीमा ९ सदस्यीय मन्त्रिमण्डल बने पनि पूर्णता भने पाएको छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘समावेशी संघीयता’ अभ्यास गरिरहेका प्रदेश सरकारका मन्त्रिपरिषद् समावेशी देखिएका छैनन् । उनी लुम्बिनी प्रदेशका ५२ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्ष निर्वाचित एकमात्र महिला सांसद पनि हुन् । बाँके निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (१) बाट दोस्रो कार्यकालका लागि नमूना निर्वाचित भएकी थिइन् । नेकपा (एमाले)का लीला गिरी नेतृत्वको सरकारमा पनि मन्त्री बने पनि मन्त्रालय चित्त नबुझेपछि कृष्णाले राजीनामा दिएकी थिइन् । उनी तीन दशकदेखि माओवादी केन्द्रको राजनीति गर्दै आएकी थिइन् ।


Advertisment
Nabil box
Kumari

null 

Vianet communication

‘नमूना’ उपनामले परिचित कृष्णा प्रदेशसभा संसदीय राजनीतिमा माओवादीभित्र परिपक्व सांसदको रूपमा चिनिन्छिन् । प्रदेशसभाका ५२ क्षेत्रमध्ये माओवादी ५ क्षेत्रमा खुम्चिँदा उनको जीतलाई फरक तस्वीरको रूपमा हेरिएको थियो । निर्वाचित भएपछि आफूजस्ता महिलाले पुरुषको तुलनामा ठूलो संघर्ष गर्नुपर्ने उनको अनुभव सुनाउँछिन् । मन्त्री बनेसँगै उनले थप जिम्मेवार रहेर काम गर्ने बताउँछिन् । 

कृष्णा अहिले माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा बाँके जिल्ला सह–इन्चार्ज हुन् । पार्टी अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पहिलो कार्यकालमा प्रधानमन्त्री हुँदा १ वर्ष सचिवालयमा बसेर काम गरेकी उनलाई प्रचण्डको विश्वासपत्रको रूपमा पनि हेरिन्छ । राज्यका हरेक क्षेत्रमा ३३ प्रतिशत महिलाको अनिवार्य प्रतिनिधित्व गरिए पनि प्रत्यक्ष निर्वाचित हुने नगन्य महिलामध्ये उनी पर्छिन् । 

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संविधासभाका पूर्वउपाध्यक्ष पूर्णाकुमारी सुवेदीले कृष्णालाई मन्त्री बनाएर पार्टीले न्याय गरेको बताइन् । ‘उहाँ सशक्त, जझारु, निडर र साहसी महिला नेतृ हो’ सुवेदीले लोकान्तरसँग भनिन्, ‘जनयुद्धकालदेखि हिमाल, पहाड र तराईमा राजनीति गरेको उहाँलाई सफल महिला नेतृत्वको रूपमा चिनिनुहुन्छ ।’ राज्यका हरेक तहमा कम्तीमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने नेता सुवेदीको भनाइ छ । 

null

बाँकेको राप्ती सोनारी गाउँपालिका–९ की ४४ वर्षीया कृष्णा विसं २०४९ सालदेखि नै माओवादी राजनीतिमा लागेकी हुन् । उनको परिवार ४० को दशकतिर साविक रुकुम (हाल रुकुम पश्चिम)बाट बसाइँसराइँ गरी बाँके झरेको थियो । माओवादीको शहरकेन्द्रित राजनीतिमा नेतृत्वदायी भूमिका खेलेकी साहसी नेत्रीको रूपमा परिचित थिइन् कृष्णा । प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन पूरा गरेकी उनी अविवाहित छिन् ।

मन्त्री बनेसँगै कृष्णाले प्रदेशलाई गतिशील देखिने गरी आफूले काम गर्ने बताइन् । ‘लुम्बिनी देखिने गरी काम गर्ने योजना बनाएकी छु । त्यहीँ अनुसार अघि बढछु । पछाडि परेको क्षेत्रलाई उकास्ने गरी काम गर्ने मेरो योजना छ,’ उनले लोकान्तरसँग भनिन् । 

लुम्बिनीमा कृष्णासँगै आइतवार नेपाली कांग्रेसबाट सरोज थापा पनि उद्योग तथा यातायात व्यवस्थामन्त्री बनेका छन् । थापा रोज राणाको नामले परिचित छन् । उनी ‘डन’ पृष्ठभूमिका चलचित्रकर्मीसमेत हुन् । 

 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x