×

NMB BANK
NIC ASIA

बुटवल–नारायणगढ सडकको अन्तिम बिन्दुमा नआई किन फर्किए रवि ?

बुटवल | पुस १२, २०८०

NTC
Premier Steels

सडक निर्माणमा दबाब दिने उद्देश्यसहित नारायणगढबाट बुटवल यात्रा गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अन्तिम बिन्दुमा आइनपुगी बुधबार साँझ चितवन फर्किए । 

Muktinath Bank

नारायणगढ–बुटवल सडकको अन्तिम बिन्दु बुटवलको राजमार्ग चौराहालाई लिइन्छ । रवि बुटवल उपमहानगरपालिका र देवदह नगरपालिकाको सीमानामा पर्ने बुटवल धागो कारखानासम्म आएर फर्किएका हुन् । कारखानादेखि बुटवल राजमार्ग चौराहा डेढ किलोमिटरको दूरीमा पर्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रास्वपा कार्यकर्ताहरूले बुधवार दिउँसो बुटवलको राजमार्ग चौराहामा कार्यक्रम गर्ने सार्वजनिक सूचना गरेका थिए । तर, त्यसको केही समयलगत्तै स्थान परिवर्तन गरिएको थियो । 


Advertisment
Nabil box
Kumari

स्रोतका अनुसार रवि तीनदिने पैदल यात्रा गरेर बुटवल आउँदा सुप्रिम वचत तथा ऋण सहकारीमा वचत गरेर रकम अपचलन भएका पीडितबाट अप्ठ्यारो पर्न सक्ने देखेर उनी अन्तिम बिन्दुमा नआएको बताइएको छ । सुप्रिम सहकारी पनि राजमार्ग चौराहानिर नै रहेको छ । 

Vianet communication

सुप्रिम सहकारीबाट समेत तत्कालीन अवस्थामा रवि लामिछाने प्रबन्धक रहेको समयमा ग्यालेक्सी फोरके टेलिभिजनको माउ कम्पनी गोर्खा मिडिया नेटवर्क प्रालिले कानूनविपरीत ९ करोड लगेको छ जसले गर्दा सहकारी अप्ठ्यारोमा परेर कारोबार बन्द छ । 

इलाका प्रहरी कार्यालय, बुटवलका इन्पेक्टर दीपेन्द्र बानियाँले शुरूमा चौराहामा कार्यक्रम गर्ने जानकारी आए पनि पछि धागो कारखानामा कार्यक्रम गरेको बताए । 

‘उहाँहरूले शुरूमा चौराहामा कार्यक्रम गर्ने बताउनुभएको थियो,’ इन्स्पेक्टर बानियाँले लोकान्तरसँग भने, ‘पछि उहाँहरूले बुटवलबाट परै गर्नुभयो । सुरक्षा व्यवस्था मजबुत बनाइएको थियो । किन उता सार्नुभयो हामीलाई जानकारी भएन ।’

बानियाँका अनुसार सभापति लामिछानेसँग भेट्न राजमार्ग चौराहामा जम्मा भएका सहकारी पीडितहरूलाई सामूहिक रूपमा भेट्न अस्वीकार गरेपछि प्रतिनिधिमूलक ढंगले धागो कारखानामा भेट्ने व्यवस्था मिलाइएको थियो । 

यात्राको बिट मार्दै सभापति लामिछानेले यात्रुहरूले पाएको दुःख र पीडालाई आफूहरूले ३ दिनको अवधिमा महसुस गरेको बताउँदै अब यसको खबरदारी निरन्तर हुने बताए ।  उनले यो सडक सम्पन्न नभएसम्म निरन्तर खबरदारीमा जुट्ने बताए । 

जनताले वर्षौंदेखि धूलो खाइरहेकाले त्यसबाट चाँडो उन्मुक्ति दिनका लागि सरकार, निर्माण कम्पनी र अन्य पक्षलाई खबरदारी गर्न दबाब यात्रा गरिएको बताए ।

उनले सम्झौताअनुसार काम नहुँदा जनताले निकै सास्ती पाएको बताउँदै अब सडक निर्माण पूरा नहुँदासम्म निरन्तर दबाब दिने बताए ।

‘यो हाम्रो पुस्ता र युगलाई गरिएको अपराध हो, जनतालाई धूलो खुवाउनेलाई जनताले धुलो चटाउँछन्,’ सभापति लामिछानेले भने, ‘हाम्रो पुस्ता धूलोले हैरान भयो, त्यसैले दबाबका लागि यात्रा थालिएको हो, अब यो यात्रा रोकिन्न ।'

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x